इटहरीमा हात हातमा कलम टोल टोलमा नेकपा एसको अभियान

इटहरी । नेकपा एकिकृत समाजवादीले पुर्वक्षेत्रको हवका रुपमा रहेको इटहरी उपमहानगरपालिका क्षेत्रमा हात हातमा कलम टोल टोलमा नेकपा एस अभियान संचालनमा ल्याईएको छ ।नेकपा एस इटहरीका इन्चार्ज केवल फुयालका अनुसार आधारभुत वर्गमा कम्युनिष्ट पार्टीको संगठन निमार्णसगै इटहरी उपमहानगर क्षेत्रमा हात हातमा कलम टोल टोलमा नेकपा एसको अभियान संचालनमा ल्याइएको हो ।

इन्चार्ज फुयालले भने गाउटोलमा बसोबास गर्ने सवै तह र तप्का समुदायको नेकपा एसमा आवद्ध हुने ठुलो सख्याँ रहेकाले अभियान अन्र्तगत एक घर एक सदस्य बनाएर सवैलाई पार्टीको विभिन्न तहमा जिम्मेवारी दिन थालिएको हो ।फुयालका अनुसार इटहरीमा पार्टीको चुनाव चिन्ह् सवै जनतासम्म पु¥याउन हात हातमा कलम टोल टोलमा नेकपा एस अभियान संचालन गरिएपछि दैनिक सयौको सख्याँमा टोल वस्तीका स्थानियहरु पार्टीमा समावेश भई संगठित हुन थालेका छन।

नेकपा एस इटहरीका अध्यक्ष गणेश बुढाथोकीका अनुसार इटहरी क्षेत्रमा विद्यार्थी, युवा, महिला, मजदुर, खेलाडी, किसान, बुद्धीजीबी, व्यापारी, दलित, मधेशी, मुस्लीम लगायत सवै वर्गको प्रतिनिधित्व हुने गरि संगठन निमार्ण अभियान संचालनमा ल्याएपछि नेकपा एसमा आवद्ध हुनेको सख्याँ बढदै गएको छ ।अध्यक्ष बुढाथोकीका अनुसार विभिन्न राजनितिक दल परित्याग गर्ने र एमालेबाट बिद्रोह गरि नेकपा एसमा आउने दैनिक सयौजना भएकाले सवैलाई विभिन्न जनवर्गिय संगठन र पार्टीको टोलदेखि माथिल्लो कमिटीसम्म व्यवश्थापन गरि जिम्मेवारी दिने गरिएको छ ।

यसैगरि इटहरी उपमहानगर १४ नं वडामा सुघनी चौधरीको अध्यक्षतामा कमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा रुपा मेहता, सितल पासवान सचिव संजय पासवान, उपसचिव सन्तोषी पासवान र सावित्रा दाहाल आर्थिक विभाग प्रमुख लक्ष्मी नेवार रहेका छन । यसैगरि कमिटीको सदस्यहरुमा ज्योती चौधरी, बविता पासवान, माया तामाङ, जिरीमाया तामाङ, राजु पासवान, रेखा पासवान, देवकुमारी चौधरी, राधादेवी पासवान, अजय पासवान, चरणवत्ती चौधरी, चन्द्रकला पासवान, कन्की चौधरी र सक्कल पासवान रहेका छन ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।