धनकुटामा जारी प्रदेशस्तरीय खुल्ला व्याडमिन्टन प्रतियोगिता सम्पन्न
धनकुटा,६ पुष । धनकुटा संचालन भएको प्रदेशस्तरीय खुल्ला व्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । विभिन्न विधामा खेलाईएको उक्त वेडमिन्टन प्रतियोगितामा डवल पुरुष तर्फको उपाधी पाँचथरका एशिया जवेगु र दिवस शंकरले चुमेका छन् ।
जवेगु र शंकरको जोडीले झापाको प्रदिशसिहं ठकुरी र प्रविण वस्नेतको जोडीलाई हराउदै उपाधी चुमेका हुन । उक्त विधामा तेश्रो स्थानमा भोजपुरका विशाल तामाङ र प्रविण वस्नेत तथा सुनसरीका प्रकाश लिम्वु र सत्यम सुव्वा भएका थिए ।
उपाधी सँगै विजेता उपविजेता र तृतीय स्थान हासिल गर्नेले क्रमश चालिस हजार, २५ हजार र १५ हजार नगद पुरस्कार प्राप्त गरे ।यसैगरि पुरुष ४५ वर्ष माथिका भेट्रानमा पाँचथरकै दीपक आङदेम्वे र अनिल थाम्सुहाङको जोडी प्रथम, धनकुटाका किरण प्रधान र योगेश्वर श्रेष्ठ दितिय र तृतियमा संखुवासभाका अम्वर विष्ट र मोहन कटुवाल र सुनसरीका उत्तम सिम्खडा र सुरेश कार्की भएका छन । उनीहरुले क्रमश तीसहजार, वीस हजार र दश हजार रुपैया नगद पुरस्कार प्राप्त गरे ।
यसैगरि पुरुष ५५ वर्ष माथिको सुपर भेट्रान राष्ट्रिय तर्फ सुनसरीका उत्तम सिंखडा र तुलसी सुवेदी प्रथम कास्कीका रमेश भट्टचन र धादिङका विष्णुलाल श्रेष्ठ दितिय र तृतीयमा चितवनका वुद्धि चौधरी र रुद्र सुर्यवंशीको जोडी तृतिय भए । उनीहरुले पुरस्कार नगद रु क्रमश पच्चिस हजार, पन्ध्रहजार र दश हजार रुपैया प्राप्त गरे । यता प्रदेशस्तरीय मिक्स डवल तर्फ भोजपुरका विशाल तामाङ र नङसला तामाङ प्रथम, दितिय झापाका प्रनिश सिह ठकुरी र अञ्जना थापा भए ।
यसैगरि उक्त विधामा तृतिय स्थानमा पाँचथरका दिवस शंकर र रजनी राई र उदयपुरका सरोज खवास र रोजी राई भए । उनीहरुले क्रमश नगद पुरस्कार तीस हजार , वीस हजार र दश हजार रुपैया प्राप्त गरे । यसैगरि अण्डर १७ महिला तर्फ उदयपुरका रोजी राई प्रथम दोश्रो ताप्लेजुङका नुमा लिम्वु र तृतियस्थानमा उदयपुरका विकिता आचार्य र ताप्लेजुङका सुमना गुरुङ रहे । उनीहरुले नगर पुरस्कार क्रमश पन्ध्रहजार, दशहजार र पाँच हजार रुपैया प्राप्त गरे ।
यसैगरि अण्डर १७ पुरुष तर्फ संखुवासभाका निशान कटुवाल प्रथम, खोटाङका सविन श्रेष्ठ दितिय र तेश्रो स्थानमा खोटाङकै योदेश राई उदयपुरका विनय चौधरी भए । उनीहरुले क्रमश नगद पन्ध्रहजार, दशहजार र पाँच हजार रुपैया प्राप्त गरे ।


