अध्यक्ष नेपाल-सभामुखको साथमा छौँ
कास्की, ६ पुस: नेपाल कम्युनिष्ट पार्टी( एकीकृत (समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको साथमा आफ्नो पार्टी रहेको बताएका छन् । पार्टीको गण्डकी प्रदेश कमिटीले आज पोखरामा आयोजना गरेको प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षणमा उनले कानुनको शासनपालना गर्ने र संविधानको सर्वोच्चताको स्वीकार गर्नेहरुले सर्वोच्च अदालतको फैसला स्वीकार गर्नुपर्ने उल्लेख गरे । उनले भने,“ सभामुखज्यू तपाई एक्लो हुनुहुन्न, तपाईको साथमा हामी पनि छौँ । दृढताका साथ अगाडि बढनुहोस् ।”तत्कालीन एमाले पार्टीबाट विद्रोह गरेर कम्युनिष्ट आन्दोलन जोगाउन र बचाउन कानूनको आधारमा साहसिक कदम चालिएको उनले स्पष्ट पारे ।
अध्यक्ष नेपालले नेपालको राजनीतिमा कम्युनिष्ट पार्टीलाई स्थापित गर्दै माक्र्सवाद र लेनिनवादप्रति पूर्ण प्रतिबद्ध रहेर कम्युनिष्ट मूल्य, मान्यता र सिद्धान्तलाई आत्मसात् गरी बेतिथि, गरिबीलाई समाप्त गरेर सुन्दर समाजको निर्माणमा आफ्नो पार्टी लाग्ने बताए ।
उनले भने, “भिन्न चरित्रको पार्टी बनाउने, क्रान्तिकारी चरित्र, सुसंस्कार बोकेको, आदर्शप्रति प्रतिबद्ध, निष्ठाको राजनीति गर्ने जनताको सेवाको भावनाबाट उत्प्रेरित पार्टी बनाउनका लागिनै आफैले यसअघि बनाएको पार्टीबाट विद्रोह गर्नुपरेको हो ।”श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री किसान श्रेष्ठले गण्डकी प्रदेशमा आगामी दिनमा एकीकृत समाजवादीलाई पहिलो पार्टीका रुपमा स्थापित गरिने बताए । अहिलेका मन्त्रिपरिषद्का सदस्यले जनमुखी काम गरेको उनले उल्लेख गरे । प्रदेशस्तरीय प्रशिक्षणमा पार्टीका अन्य नेताले विभिन्न विषयमा प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।
यो पनि पढ्नुहोस्…काठमाण्डौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले तत्कालै एमसीसी पास गराउँको लागी निकै जोडबल लगाइरहेका छन् तर उनले भने जति सजिलो सँग एमसीसी पास हुने छाँटकाँट देखिएको छैन ।सरकारको नेतत्व गरिरहेको दल नेपाली काग्रेसमा एमसीसी पास गराउँनु पर्छ भन्नेमा एकमत रहेको छ । सत्तागठबन्धनकै अन्य दल र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले ठोस निर्णय लिन नसक्दा प्रधानमन्त्री देउवा अप्ठेरोमा पर्दै गएका छन् । एमससीसीको पक्षमा माहोल बनाउँन देउवाले नयाँ रणनिती बनाउँन थालेका छन् ।
नेपाली काग्रेसको १४ औँ महाधिवेशन बाट फेरी पनि सभापतीमा निर्वाचित भएर आए पछि प्रधमानमन्त्रीको हैसियतमा देउवाले एमसीसीकै बिषयलाई प्रमुख एजेण्डा बनाएर सर्वदलीय बैठकनै आयोजना गरे तर वैठकमा काग्रेस एक्लीएको छ । देउवालाई साथ दिने बवुरो बावुराम भट्टराई भन्दा अरु कोहि नदेखिएको बताइएको छ ।सुरु देखिनै एमसीसीको समर्थक रहेका तर सार्वजनिक रुपमा आँट गरेर बोल्न डराइरहेका नेपाली काग्रेसका नवनिर्वाचित महामन्त्री गगन थापालाई पनि देउवाले शिर्ष नेता सहभागी सर्वदलीय बैठकमा बोलाएका थिए । काग्रेस महामन्त्री हुने वित्तिकै सर्वदलीय बैठकमा देउवाले गगनलाई बोलाउँनुलाई निकै अर्थपुर्ण रुपमा हेरिएको छ ।
बालुवाटार निकट स्रोतका अनुसार सुरुमा सर्वदलीय बैठकमा सहभागी हुने नेताहरुको लिष्टमा गगन थापाको नाम थिएन पछि प्रधानमन्त्री देउवालेनै फोन गरेर बैठकमा बोलाएका थिए । एमसीसीको विषयमा छलफल हुने बैठकमा गगनलाई आफँै फोन गरेर बोलाएर देउवाले अर्थपुर्ण सन्देश दिएका छन् । गगन थापाको लोकप्रियतालाई एमसीसीको पक्षमा प्रयोग गर्ने रणनितीमा देउवा रहेको बताइएको छ ।काग्रेस उपसभापती पुर्णबहादुर खड्का , धनराज गुरुङ र अर्का महामन्त्री विश्वप्रकाश शर्मालाई नबोलाएर देउवाले गगनलाई बोलाएका थिए । प्रधानमन्त्री देउवाको चाहना गगन थापाले एमसीसीको पक्षमा क्याम्पेनिङ गरिदिउँन र माहोल बनाइदिउँन भन्ने रहेको उनी निकट स्रोतले जानकारी दिएको छ । बैठकमा थापा खासै केहि नबोले पनि एमसीसी पास गर्नु पर्छ भनेर काग्रेस नेताहरुले अडान राख्दा मौन बसेर स्विकृती जनाएको बैठकमा सहभागी नेमकिपाका नेता प्रेम सुवालले जानकारी दिएका छन् ।
सर्वदलीय बैठकमा देउवाले काग्रेसबाट छानीछानी एमसीसीको समर्थक नेताहरुलाई बोलाएका थिए । गगन थापा मात्रै होइन त्यस दिन डा रामशरण महत पनि निम्ताइएका थिए । काग्रेस भित्र एमसीसीका कट्टर समर्थक रहेका महतले एमसीसीका बारेमा बाहिर आएका कुराहरु सबै भ्रम हुन् भनेर प्रवचन दिएको बताइएको छ ।गगन थापाले अहिले सम्म एमसीसीको पक्षमा खुलेर बोल्न नसके पनि म पनि एमसीसीको पक्षधर हुँ भन्ने संकेत पटक पटक गरिसकेका छन् । पब्लीक सेन्टीमेन्टलाई क्याच गरेरनै नेता बनेका थापा अहिले सम्म खुलेर बोल्न आँट नगरे पनि उनी एमसीसीका खास समर्थक हुन् भन्ने कुरा अब लकाएर नलुक्ने अवस्थामा पुगेको छ ।


