ताप्लेजुङमा अलैँची जोन क्षेत्र विस्तार
फुङ्लिङ, ७ पुस । ताप्लेजुङमा ‘अलैँची जोन’को क्षेत्र विस्तार भएको छ । जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत कार्यान्वयनमा आएसँगै अलैँचीको क्षेत्र विस्तार भएको हो । जिल्लाको नौ स्थानीय तहमध्ये सुरुमा फुङ्लिङ नगरपालिकासहित सात स्थानीय तहमा अलैँची जोन कार्यक्रम लागू गरिएको थियो । सुरुमा फुङ्लिङबाहेक मैवाखोला, मिक्वाखोला, फक्ताङ्लुङ, आठराई त्रिवेणी, पाथीभरा याङ्वरक, मेरिङ्देन र सिरिजङ्घा गाउँपालिकामा कार्यक्रम लागू गरिएको थियो । कार्यक्रम लागू भएका स्थानीय तहका पनि सबै वडा समेटिएका थिएनन् ।
अहिले यसअहिले छुटेका स्थानीय तह र वडाहरुमा कार्यक्रम क्षेत्र विस्तार गरिएको परियोजना अलैँची जोन कार्यालयले जनाएको छ । कार्यालय प्रमुख निमित्त वरिष्ठ कृषि अधिकृत काशीराम पाण्डेका अनुसार क्षेत्र विस्तारसँगै अलैँची जोन कार्यक्रमअन्तर्गत जिल्लाको एक हजार २३८ हेक्टर क्षेत्रफलमा अलैँचीखेती हुँदै आएको छ । जोनको क्षेत्रभित्र गरिँदै आएको खेतीबाट सात सय ३०.५ मेट्रिकटन अलैँची उत्पादन हुने उनले जानकारी दिए । क्षेत्र विस्तार गर्नुअघि जोनअन्तर्गत जिल्लाको एक हजार ३० हेक्टर क्षेत्रफलमा अलैँचीखेती थियो । पछिल्लो पटक २०८ हेक्टर क्षेत्रफल विस्तार गरिएको जोनले जानएको छ ।
यो पनि पढ्नुहोस्.नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले आगामी तीनै तहका निर्वाचनमा कांग्रेस पहिलो र बलियो दलका रुपमा स्थापित हुने दावी गरेका छन् ।
नेपाल प्रेस युनियनले उनको सम्मानमा आज आयोजना गरेको कार्यक्रममा उनले आगामी निर्वाचनबाट कांग्रेस पहिलो र बलियो दल बन्ने कुरा कुनै भविष्यवाणी नभई जनमतको तथ्य भएको उल्लेख गरेका हुन् । आफू र पार्टीको नवनिर्वाचित नेतृत्व त्यसैमा केन्द्रित भएर अघि बढ्ने प्रणगर्दे महामन्त्री शर्माले पार्टीप्रतिको युवाको आशालाई विश्वासमा रुपान्तरण गर्ने बताए।
कार्यक्रममा कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य एवम् युनियनका महासचिव अजयबाबु शिवाकोटीले आफूलाई निर्वाचित बनाउने अभियानमा युनियन र मिडियाको पनि महत्वपूर्ण सहयोग रहेको उल्लेख गर्दै सदैव मिडियामैत्री भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
युनियनका अध्यक्ष बद्री सिग्देलले तत्कालीन कम्युनिष्ट सरकारले प्रेस स्वतन्त्रता कुन्ठित गर्ने गरी अघि बढाएका सबै विधेयक तत्काल खारेज गर्नुपर्ने माग गरे । कार्यक्रममा नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष वरिष्ठ पत्रकार डा सुरेश आचार्य, वरिष्ठ पत्रकार कविर राणा, महासङ्घका कोषाध्यक्ष कलेन्द्र सेजुवाललगायतले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको वकालत गर्दै लोकतन्त्रको सुदृढिकरणका लागि सबै राजनीतिक दलले यसलाई आत्मसाथ गर्नुपर्नेमा जोड दिए ।


