कांग्रेस धनकुटाद्वारा नव-निर्वाचित यूवा पदाधिकारीहरुलाई बधाई ज्ञापन
धनकुटा । नेपाली कांग्रेस धनकुटाका पदाधिकारीहरुले पार्टीका नव-निर्वाचित यूवा पदाधिकारीहरुलाई बधाई ज्ञापन गरेका छन् । पार्टीका जिल्ला सभापती दिनेश राई,सचिव विजय सन्तोषी राई,सदस्य निलम थापा लगायतको टोलीले नव-निर्वाचित युवा पदाधिकारीहरुलाई वधाई ज्ञापन गर्दै महाधिवेशनबाट पुस्तान्तरण भएको र अव रुपान्तरण हुनु पर्ने सुझाव दिएका छन् ।
टोलिले नवनिर्वाचित केन्द्रिय उपसभापती धनराज गुरुङ्ग,महामन्त्री द्धय गगन कुमार थापा,विश्व प्रकाश शर्मा,सहमहामन्त्री भिष्मराज आङदम्बे,केन्द्रिय सदस्यहरु सुनिल वहादुर थपा,शंकर भण्डारी,अजयबाबु शिवाकोटी लगायतलाई खादा माला लगाई दिई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शूभकामना दिएको छ ।
बधाई तथा शूभकामना ग्रहण गर्दै नवनिर्वाचित केन्द्रिय पदाधिकारीहरुले पार्टीलाई रुपान्तरण गर्ने विश्वास दिलाएका छन् ।
माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनमा १५ सय ३३ प्रतिनिधि सहभागी हुने
काठमाडौं, ७ पुस/माओवादी केन्द्रले आफ्नो प्रथम राष्ट्रिय सम्मेलनमा एक हजार ५३३ प्रतिनिधि सहभागी हुने जानकारी दिएको छ । माओवादी प्रवक्ता तथा प्रचार विभाग प्रमुख कृष्णबहादुर महराले बुधबार पत्रकार सम्मेलन गरेर दिएको जानकारीअनुसार ११ पुसबाट सुरु हुने राष्ट्रिय सम्मेलनमा एक हजार ५३३ प्रतिनिधि सहभागी हुनेछन् ।
सम्मेलनमा आयोजकबाट १७९, सल्लाहकारबाट १४९, ज्येष्ट कम्युनिष्ट सदस्यबाट १२५, पार्टीको आयोगबाट ७५, केन्द्रीय विभागबाट १०२, केन्द्रीय प्रतिनिधि २७, प्रदेश प्रतिनिधि ९०८ र पाँच प्रतिशत मनोनीतबाट ७३ जना गरी एक हजार ५३३ जना सहभागी हुने प्रवक्ता महराले जानकारी दिए ।
राष्ट्रिय सम्मेलनबाट ११-१३ पुससम्मका लागि तोकिए पनि एक दुई दिन लम्बिन सक्ने जानकारी दिएका उनले सम्मेलनको तयारी भइसकेको बताए ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीति प्रतिवेदन तयार पारिरहेका उनले बताए । सो प्रतिवेदन स्थायी कमिटीमा छलफल हुने छ । उनले राष्ट्रिय सम्मेलनबाट क्रान्तिकारी पार्टी र विचार निर्माण गर्ने बताए ।
ठूलो पार्टीबाट माओवादी सानो हुँदा संसदीय राजनीतिमा भोगेका विषयमा समीक्षा हुने जानकारी दिएका उनले यसमा आफू कमीकमजोरी औँल्याउने बताए । साथै सम्मेलनले पार्टीलाई एकढिक्का बनाउने उनको विश्वास छ । १५ सय ३३ जना सहभागी हुने महाधिवेशनका लागि अहिले काठमाडौं छिर्ने स्थानमा मुख्य द्वार निर्माण भइरहेको, आकाशे पुलमा गेट, ब्यानर राख्ने काम भइरहेको उनले जानकारी दिए ।


