माओवादी प्रदेश १ अधिवेशन : बुधबार साँझ ७ बजेदेखि मतदान

विराटनगर, ७ पुस/नेकपा माओवादी केन्द्रको प्रदेश १ को पदाधिकारी चयनका लागि निर्वाचन प्रक्रिया अगाडि बढाएको छ । निर्वाचन समितिले बुधबार साँझ ७ बजेदेखि मतदान हुन गरी निर्वाचन प्रक्रिया अगाडि बढाएको छ ।

निर्वाचनमा पदाधिकारी चयनका लागि प्रदेश समितिका २५९ जनाले मतदान गर्नेछन् । माओवादी केन्द्रको प्रदेश समितिमा ९ जना पदाधिकारी रहने व्यवस्था छ ।

सहमतिको प्रयासका नाममा १२ दिनसम्म चुनाव नगरी बसेको माओवादीले चुनाव र मतगणना तथा शपथग्रहणसमेत बुधबार (आजै) गर्ने भएको छ ।

सर्वसम्मत गर्ने प्रयास असफल भएपछि मतदानबाट टुंग्याउनका लागि मतदानको सम्पूर्ण तयारी थालिएको निर्वाचन समितिका संयोजक राजन किरातिले बताए ।

निर्वाचन समितिले शपथ ग्रहण राति ११ः३० बजेका लागि तोकेको छ । अध्यक्ष पदमा हर्कबहादुर लावती र मोक्साहाङ मेन्याङ्बो मुख्य दाबेदार देखिएका छन् । उनीहरुबीच सहमति नभएपछि मतादानबाट नेतृत्व टुगाउन लागिएको हो । गत २५ मंसिरदेखि अधिवेशन सुरु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।