अर्थमन्त्री जनार्दनका प्रमुख स्वकीय सचिव नेम्वाङ माओवादी प्रदेश १ अध्यक्षमा विजयी

विराटनगर, ८ पुस /नेकपा (माओवादी केन्द्र) प्रदेश १ कमिटीको अध्यक्षमा अर्थमन्त्री जनार्दन शर्माका प्रमुख स्वकीय सचिव हर्कबहादुर नेम्वाङ विजयी भएका छन् ।अध्यक्षमा नेम्वाङले १६९ मत ल्याउँदा उनका प्रतिस्पर्धी मुक्साहाङ मेन्याङ्बोले ६४ मत मात्रै ल्याएका छन् । मुक्साहाङ माओवादी नेता वर्षमान पुन निकट हुन् । अध्यक्षमा ७ मत बदर भएको थियो ।

तीन जना उपाध्यक्षमा मणिकुमार साम्पाङ १११, देवान चाम्लिङ १२० र शिवकुमार डाँगी ११३ मत ल्याएर विजयी भएका छन् । सचिवमा गणेश उप्रेती १४८ मत ल्याएर विजयी बने भने उनका प्रतिस्पर्धी सिपी कडरियाले ८३ मत मात्रै ल्याउन सफल भए । तीन सहसचिवमा कुमारी राई ११४, सागर किराँती ७३ र ऋषिराम ढुंगाना ९५ मतल्याएर विजयी भएका छन् । कोषाध्यक्षमा ९३ मतका साथ रेवतराज पुरी विजयी भए ।

९ जना पदाधिकारीका लागि भएको निर्वाचन प्रक्रियामा २४० जनाले मतदान गरेका थिए । २९ जनाको उमेदवारी परेको थियो निर्वाचन समितिका संयोजक राजन किरातीले बताए । तीन उपाध्यक्ष पदका लागि साम्पाङ, डाँगी र चाम्लिङसहित भोगेन्द्र प्रसाद यादव, पुरुषोत्तम चुँडाल, उर्मिला तामाङ, इन्दीरा मिश्र र मोहन बहादुर खत्रीले चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए ।

३ जना सहसचिव पदका लागि भने १३ जनाको उम्मेद्वारी परेको थियाे । जसमा ऋषिराम ढुंगाना, कुमारी राई र सागर राई विजयी बने ।१ जना कोषाध्यक्षका लागि गगनसहित चार जनाको उम्मेदवारी परेको थियो । जसमा मदनकुमार चुँडाल, रामकुमार कार्की र बन्दना झाँगड (अनिशा) रहेका थिए ।

अधिवेशन २५ बाट सुरु भएकाे थियाे ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।