पार्टीलाई अव नयाँ ढंगबाट विस्तार गर्ने : उपसभापति खड्का
धनकुटा । पार्टीलाई अव नयाँ ढंगबाट विस्तार गर्ने नेपाली कांग्रेसका उपसभापति पूर्ण बहादुर खड्काले बताउनु भएको छ । १४ औ महाधिवेशनबाट केन्द्रिय उपसभापतीमा निर्वाचित खड्काले नेपाली कांग्रेस धनकुटाको टोलि सँगको भेटमा त्यस्तो वताउनुभएको हो ।
भेटमा नयाँ टोलिले कांग्रेसलाई नयाँ तरिकाले संगठित गर्दै अब्बल र बलियो बनाउन अभियान संचालन गर्न सुझाव दिएको थियो । साथै टोलिले उपसभापति खड्का र केन्द्रिय सदस्यमा निर्वाचित प्रभावशाली नेता एवम् सूचना तथा प्रविधि मन्त्री ज्ञानेन्द्र कार्की बधाई ज्ञापन गरेको छ ।
टोलिमा पार्टीका जिल्ला सभापती दिनेश राई,सचिव विजय सन्तोषी राइ,नेपाल विद्यार्थी संघ धनकुटाका उपाध्यक्ष विर्मशमान अमात्य लगायतको सहभागिता थियो ।
अर्थमन्त्री जनार्दनका प्रमुख स्वकीय सचिव नेम्वाङ माओवादी प्रदेश १ अध्यक्षमा विजयी
विराटनगर, ८ पुस /नेकपा (माओवादी केन्द्र) प्रदेश १ कमिटीको अध्यक्षमा अर्थमन्त्री जनार्दन शर्माका प्रमुख स्वकीय सचिव हर्कबहादुर नेम्वाङ विजयी भएका छन् ।अध्यक्षमा नेम्वाङले १६९ मत ल्याउँदा उनका प्रतिस्पर्धी मुक्साहाङ मेन्याङ्बोले ६४ मत मात्रै ल्याएका छन् । मुक्साहाङ माओवादी नेता वर्षमान पुन निकट हुन् । अध्यक्षमा ७ मत बदर भएको थियो ।
तीन जना उपाध्यक्षमा मणिकुमार साम्पाङ १११, देवान चाम्लिङ १२० र शिवकुमार डाँगी ११३ मत ल्याएर विजयी भएका छन् ।सचिवमा गणेश उप्रेती १४८ मत ल्याएर विजयी बने भने उनका प्रतिस्पर्धी सिपी कडरियाले ८३ मत मात्रै ल्याउन सफल भए । तीन सहसचिवमा कुमारी राई ११४, सागर किराँती ७३ र ऋषिराम ढुंगाना ९५ मतल्याएर विजयी भएका छन् । कोषाध्यक्षमा ९३ मतका साथ रेवतराज पुरी विजयी भए ।
९ जना पदाधिकारीका लागि भएको निर्वाचन प्रक्रियामा २४० जनाले मतदान गरेका थिए । २९ जनाको उमेदवारी परेको थियो निर्वाचन समितिका संयोजक राजन किरातीले बताए । तीन उपाध्यक्ष पदका लागि साम्पाङ, डाँगी र चाम्लिङसहित भोगेन्द्र प्रसाद यादव, पुरुषोत्तम चुँडाल, उर्मिला तामाङ, इन्दीरा मिश्र र मोहन बहादुर खत्रीले चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए ।
३ जना सहसचिव पदका लागि भने १३ जनाको उम्मेद्वारी परेको थियाे । जसमा ऋषिराम ढुंगाना, कुमारी राई र सागर राई विजयी बने ।१ जना कोषाध्यक्षका लागि गगनसहित चार जनाको उम्मेदवारी परेको थियो । जसमा मदनकुमार चुँडाल, रामकुमार कार्की र बन्दना झाँगड (अनिशा) रहेका थिए ।
अधिवेशन २५ बाट सुरु भएकाे थियाे ।


