प्रधानमन्त्री-विधिको शासन कायम गर्न सरकारी वकिलको भूमिका महत्त्वपूर्ण छ

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले देशमा विधिको शासन र फौजदारी न्याय प्रशासनलाई प्रभावकारी बनाउन सरकारी वकिलको महत्त्वपूर्ण भूमिका भएको बताउनुभएको हो । महान्यायाधिवक्ता कार्यालयको ७१ औँ स्थापना दिवसका अवसरमा आज बिहीवार काठमाण्डाैमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै उहाँले देशमा विधिको शासन, मानव अधिकार, नागरिक अधिकार र कानुनको शासनका लागि सधै क्रियाशील हुन आग्रह गर्नुभयो। ‘विधिको शासन, मानव अधिकार संरक्षण गर्ने कार्य स्थापना कालदेखि नै यो संस्थाले गर्दै आएको छ’, प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘फौजदारी कानुन, नागरिक अधिकार र कानुनी शासनको कार्यान्वयनका लागि व्यावसायिक रूपमा यो संस्थाले काम गर्दै आएको छ ।’ प्रधानमन्त्री देउवाले आउँदा दिनमा पनि संविधान र कानुनको क्षमताले भ्याएसम्म विशिष्टिकृत तरिकाले आफ्नो काम पूरा गर्ने विश्वाससमेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा महान्याधिवक्ता खम्मबहादुर खातीले न्यायालयको समस्याले नागरिकले न्याय पाउने अधिकारबाटै वञ्चित हुनुपर्ने अवस्था आएको र यस्तो समय लामो सयम रहन नहुने भएकाले प्रतिपक्षीसँग छलफल गरी संसदीय प्रक्रियाबाट भए पनि निकास दिन प्रधानमन्त्रीसँग आग्रह गर्नुभयो । लोकतन्त्र, मानव अधिकार, स्वतन्त्र न्यायापालिकाको रक्षाका लागि सरकारी वकिलको क्षमता वृद्धिका साथै दरबन्दीसमेत थप्नुपर्ने जरुरी रहेको र त्यसका लागि सरकारले सहयोगसमेत गर्न उहाँको आग्रह थियो । नेपाल बार एसोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्यायालयको सुधार, भ्रष्टाचारमुक्त न्यायपालिका निर्माणका आन्दोलनमा दुई महिनादेखि लागिरहेको र अब संसदीय प्रक्रियाबाट निकास दिनका लागि प्रधानमन्त्रीसमक्ष आग्रह गर्नुभयो।

उहाँले स्वतन्त्र न्यायपालिकाको गरिमा बढाउनका लागि न्यायायको शिर उच्च हुनुपर्ने र त्यसका लागि सरकार र संसद् गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।‘अभियोजनमा सुधार र व्यावसायिकता विकास’ भन्ने मूल नाराका साथ मनाइएको स्थापना दिवसका अवसरमा प्रकाशन गरिएको ‘स्थापना दिवस विशेषाङ्क’ को प्रधानमन्त्री देउवाले विमोचन गर्नुभयो । यस वर्षको ‘सर्वोत्कृष्ट वर्ष सरकारी वकिल–२०७८ पुरस्कार’ महान्यायाधिवक्ता कार्यालयका सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मीले प्राप्त गर्नुभएको छ । उहाँलाई प्रधानमन्त्री देउवाले मेडल तथा सम्मानपत्रद्वारा सम्मान गर्नुभयो । साथै यस अवसरमा देशभरका उत्कृष्ट १० सरकारी वकिल तथा कर्मचारीलाई सम्मान गरिएको थियो । महान्यायाधविक्ता कार्यालयको स्थापना २००८ साल पुस ८ गते भएको थियो । त्यही दिनको सम्झनामा २०७३ सालदेखि तत्कालीन महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले स्थापना दिवस मनाउने सुरुपात गर्नुभएको थियो । अहिले सरकारी वकिल झन्डै पाँच सय जना रहेका छन् । कार्यालय सहयोगी र अन्य गरी एक हजार पाँच सय जना रहेका महान्यायाधिवक्ता कार्यालयले जनाएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।