किसानको सहजताका लागि गाउँपालिकाद्वारा दुग्ध संकलन केन्द्र सञ्चालनमा

रामपुर । पाल्पाको रिब्दीकोट गाउँपालिकामा दुग्ध संकलन केन्द्र सञ्चालनमा ल्याइएको छ । यहाँको भैरवस्थान कृषि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सो केन्द्र सञ्चालनमा ल्याएको हो । गाउँपालिकाभित्र एकै ठाउँमा संकलन गरी बिक्री वितरण गर्ने भएपछि किसानलाई दुध बेच्न झण्झट नहुने र राम्रो आयआर्जनसमेत हुने हुँदा सो केन्द्र सञ्चालनमा ल्याइएको कृषि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले जनाएको छ । दुग्ध संकलन केन्द्र स्थापना भएसँगै यहाँका किसान उत्साहित हुँदै व्यवसायमा लागेको सहकारी संस्थाका अध्यक्ष केशव खनालले बताए । उनले भने, ‘किसानको सहजताका लागि हामीले संकलन केन्द्र सञ्चालनमा ल्याएका हौँ, गाउँमा उत्पादित दूध गाउँमै बेच्न पाउँदा यसले कृषकलाई ठूलो राहत पुग्नेछ ।’ गाउँपालिकाको आठ वडामा हाल एक हजार ४ सय ३० लिटर दूध संकलन हुँदै आएकामा अब भैरव दूधका नामबाट बिक्रीवितरण गरिने सहकारीले जनाएको छ ।

सहकारीले आउँदो माघ महिनादेखि तानसेनमा बिक्री कक्ष सञ्चालन गर्ने योजना बनाएको छ । हेफर प्रोजेक्टले दुई हजार लिटरको चिलिमे भ्याट, दूधको शुद्धता नाप्ने मिल्क एनालाइजर, तथा अन्य उपकरणका लागि ५० प्रतिशत सहयोग गरेको छ । यस्तै गाउँपालिकाभित्र करिब एक हजार ६ सय कृषकलाई एकीकृत बनाएर कृषि तथा पशुपालन क्षेत्रमा आयआर्जन बढाउने गरी सचेतना अभियान सञ्चालन गर्दै आइरहेको रिब्दीकोट हेफर प्रोजेक्टका फोकल पर्सन रामप्रसाद न्यौपानेले बताए । गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसीले संकलन केन्द्र सञ्चालनमा आएपछि कृषक विचौलियाबाट ठगिनेक्रम रोकिने बताउँदै उत्पादन बढाउने, बजारीकरण गर्ने, उत्पादित वस्तुलाई प्रशोधन गरेर दूधको विविधीकरण गर्ने व्यापारमा सहकारीले महत्वपूर्ण भूमिका खेल्ने बताए । साथै गाउँपालिकाद्वारा कृषकलाई दूध, दाना, घाँस ढुवानीलगायत विभिन्न कामका लागि हेफर प्रोजेक्टको ५० प्रतिशत, गाउँपालिकाको २५ प्रतिशत र सहकारी संस्थाको २५ प्रतिशत लगानीमा बलेरो पिकअप जीप प्रदान गरिएको छ ।

यो पनि पढ्नुहोस्… काठमाडौं। रानीपोखरीको पहिलो चरणको पुनर्निर्माण सम्पन्न भएसँगै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले उक्त पोखरीको स्वामित्व काठमाडौं महानगरपालिकालाई हस्तान्तरण गरेको छ । आज रानीपोखरी परिसरमै एक कार्यक्रमको आयोजना गरी प्राधिकरणले स्वामित्व महानगरपालिकालाई हस्तान्तरण गरेको हो ।स्वामित्व हस्तान्तरण कार्यक्रमपछि सम्बोधन गर्दै काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले रानीपोखरी पुनर्निर्माणको काम २०७२ सालमै महानगरपालिका आफैंले थालेको भए पनि पछि केही आरोप–प्रत्यारोपका कारण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रहमै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई जिम्मेवारी दिएको बताए । ‘रानीपोखरी पुनर्निर्माणको काम २०७२ सालमै महानगरपालिका आफैंले सुरु गरेको थियो । २०७४ सालमा आएपछि हामीलाई आरोप–प्रत्यारोप गर्ने काम भयो । मेयरले रानीपोखरी बेचेर खायो भन्ने आ रोप पनि आयो,’ प्रमुख शाक्यले भने ।

शाक्यले पुनर्निर्माणको जिम्मेवारी प्राधिकरणले लिएपछि महानगरपालिकाको डिजाइन अनुसार नै पोखरी पुनर्निर्माण भएको बताएका छन् । ‘त्यतिबेला पनि मैले प्रधानमन्त्रीज्युलाई रानीपोखरीको डिजाइन तयारी अवस्थामा छ । त्यही अनुसार बनाऔं भनेको थिएँ । त्यो अनुसार हुन्छ भने मात्रै सहमति जनाउँछु भनेको थिएँ,’ प्रमुख शाक्यले भने । अहिले बनिरहेको रानीपोखरी आफूहरूको डिजाइन र सर्त अनुसार नै बनेको बताएका छन् ।शाक्यले काठमाडौं महानगरपालिकाको वडा १, २७ र २८ का अध्यक्षको अनुगमन समिति बनाएर काम अघि बढाएको पनि बताए । शाक्यले मन्दिर गुम्बज शैलीमा बनाउने भनिए पनि त्यसको ऐतिहासिक र पुरातात्त्विक महत्त्वलाई ध्यानमा राखेर इतिहासको खोजी गरी महानगरपालिकाकै प्रयासमा ग्रन्थकुट (शिखर) शैलीमै पुनर्निर्माण गरेको जानकारी दिए ।

२०७२ सालको भू,कम्पले क्षतिग्रस्त भएको रानीपोखरी काठमाडौं महानगरपालिका र सबैको पहलमा पुनर्निर्माण सम्पन्न हुनु गौरवको कुरा भएको पनि बताए । मेयर शाक्यले काठमाडौं महानगरपालिकाले सुरुमा विज्ञ समूह बनाएर उनीहरूकै राय–सुझाव अनुसार प्रताप मल्लकालीन स्वरूप, शैली र निर्माण सामाग्रीको प्रयोग गर्ने प्रतिबद्धता जनाएको स्मरण गराएका थिए ।राष्ट्रपति विद्यादेवी भण्डारीबाट शिलान्यास भएको रानीपोखरी केही समय अघि उनीबाटै उद्घाटन भएको थियो । ऐतिहासिक मात्रै होइन, सांस्कृतिक, पुरातात्त्विक र ऐतिहासिक प्रेम कहानीसँग पनि जोडिएको पोखरी विश्वका लागि पनि उदाहरणीय पोखरी भएको भन्दै शाक्यले पोखरी पुनर्निर्माण सम्पन्न भई हस्तान्तरण हुँदा आनन्दित भएको उनले बताए ।रानीपोखरी पुनर्निर्माणको काम उपभोक्ता समिति गठन गरी २०७५ साल फागुन २० गतेबाट पुनर्निर्माणको काम सुरु भएको थियो ।पुनर्निर्माण प्राधिकरणका सहसचिव भरतप्रसाद अर्यालले पोखरी पुनर्निर्माणका लागि उपभोक्ता समितिमार्फत ८ करोड १५ लाख र पहिलो चरण अन्तर्गततै सौन्दर्यीकरण, बालगोपालेश्वर मन्दिर निर्माण, पुल निर्माणलगायतका लागि १७ करोड ४५ लाख गरी करिब २६ करोड लगानीमा रानीपोखरी निर्माण भएको जानकारी दिए ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।