खाल्साथुम कप खुल्ला पुरुष फुटवल प्रतियोगिताको उपाधि थलथले फुटवल क्लव “ए” लाई

धनकुटा । खाल्साथुम कप खुल्ला पुरुष फुटवल प्रतियोगिताको उपाधि थलथले फुटवल क्लव “ए” ले जितेको छ । खाल्साथुम छिन्ताङ युवा क्लवको आयोजनामा धनकुटाको शहिदभुमी गाउँपालिका २ प्वाँले डाँडा टाकुरेमा पौष ६ गते देखी सञ्चालित फुटवल प्रतियोगितको उपाधि थलथले फुटवल क्लव “ए” ले चुमेको हो ।

समय अभावको कारण फाईनल खेल खेलाउन नसकिएपछि सिक्क पल्टाएर खेलको नतिजा निकालिएकोमा थलथले फुटवल क्लव “ए” प्रथम र थलथले फुटवल क्लव “वी” दोश्रो भएका हुन् । प्रतियोगिताका विजयी प्रथम टिमले नगद ६० हजार ६ रुपयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र पुरस्कार पाएको छ भने दोश्रो हुने टिमले नगद ३० हजार ३ रुपयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र पुरस्कार प्रदान गरिने प्रतियोगिता आयोजक क्लवका सह सचिव अनिष पुमा राईले जानकारी दिनुभयो ।

प्रतियोगिताको उत्कृष्ठ खेलाडीहरुलाई पनि पुरस्कृत गरिने छ । पुरस्कार एक औपचारिक कार्यक्रमको वीच प्रदान गरिएको पनि उहाँले वताउनुभयो ।

प्रतियोगितामा जम्मा २० टिमले सहभागिता जनाएका थिए । प्रतियोगिता समापनको दिन हिजो बेलुकी साँस्कृतिक साँझ कार्यक्रम प्रस्तुत गरिएको थियो । कार्यक्रममा ख्याती प्राप्त राष्ट्रिय कलाकार राजेश पायल राईको वेजोड सांगितिक प्रस्तुती रहको आयोजकले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।