माओवादी केन्द्रको उदघाट्न सत्रमा ‘प्रचण्ड’ अत्यन्त सुसंस्कृत र भव्य देखिनुभयोः वामदेव गौतम

काठमाडौं । पार्टी एकता अभियानका संयोजक तथा पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशनको उद्घाटन सत्रमा अध्यक्ष पुष्पकमल दाहालले गरेको सम्बोधनको प्रशंसा गरेका छन् ।

उनले प्रचण्डले आफ्नो विचार संक्षिप्त रुपमा र तर्कयुक्त रुपमा राखेको उल्लेख गरेका छन् । गौतमले आफ्नो सचिवालयमार्फत आफ्नो धारणा अघि सारेका छन् ।उनले प्रचण्डको आजको मन्तव्यमा एउटा पनि दुर्वचन नभएको उल्लेख गरेका छन् ।

गौतमले कतिपय पार्टीका नेताहरुले दुर्वचनबाट आफ्नो मन्तव्य सुरु गर्ने गरेको र दुर्वचनबाटै मन्तव्य अन्त्य गर्ने गरेको पनि स्मरण गराएका छन् ।तर, दाहाल भने अरु नेताको तुलनामा आज अत्यन्त सुसंस्कृत र भव्य देखिएको गौतमको भनाई छ ।

एमाले नुवाकाेटकाे अधिवेशन २३ पुसमा, १७ गते प्रतिनिधि छनाेट
नुवाकोट, १२ पुस/नेकपा (एमाले) नुवाकोटको सातौँ जिल्ला अधिवेशन जिल्ला सदरमुकमा विदुरमा २३ पुसमा हुने भएको छ । एमाले पार्टी कार्यालयमा भएको जिल्ला कमिटीको १८ औँ बैठकले जिल्ला अधिवेशनकाे मिति तय गरेकाे हाे ।

जिल्ला उपाध्यक्ष बद्री मैनालीका अनुसार अधिवेशनका लागि १७ पुसमा ८८ वटा वडामा एकै दिन प्रतिनिधि छनाेट गरिनेछ । जस अनुसार खुला २५ संगठित सदस्य बराबर १ प्रतिनिधि, महिला २० संगठित सदस्य बराबर १ प्रतिनिधि र दलित १५ संगठित सदस्य बराबर १ प्रतिनिधि चयन हुनेछन् । दलित कोटामा प्रतिनिधि चयनका लागि पालिकालाई भूगोल मानिने छ भने त्यसमा ३३ प्रतिशत महिला अनिवार्य हुनुपर्ने मापदण्ड तय भएको मैनालीले जानकारी दिए ।

अधिवेशनका लागि ६ वटा उपसमिति गठन गरेको पार्टी प्रचार विभाग प्रमुख माधवप्रसाद तिवारीले जानकारी दिए । बैठकले २६० सदस्यीय जिल्ला अधिवेशन आयोजक कमिटी पनि गठन गरेको छ । अध्यक्ष नारायणप्रसाद खतिवडाले बैठकमा राखेको प्रस्ताव सर्वसम्मतिले पारित भएको थियो ।

एमालेले गठन गरेको आवास तथा खाद्य उपसमितिको संयोजकमा उपसचिव विष्णु लोहनी संयोजक छन् । जसको सदस्यमा सुदर्शन नेपाल, नारायण घिमिरे, गीता दाहाल, लेनिन रञ्जित, नविन प्रधान, राजेन्द्र रिजाल, टलकमान श्रेष्ठ, सुमन पाठक, शिव चित्रकार, सञ्जिव श्रेष्ठ, दामोदर नेपाल रहेका छन् ।

उपाध्यक्ष मैनालीको संयोजकत्वमा प्रचार उपसमिति गठन गरिएको छ । जसको सदस्यमा माधवप्रसाद तिवारी, शरण उत्सुक, नारायण बस्नेत, देवचन्द्र भट्ट, विष्णु तारुके, नवदीप अजनवी, बच्चुमाया सुनारी मगर, कल्पना न्यौपाने, श्रीकृष्ण खतिवडा, श्याम लामा, राजु तिवारी रहेका छन् ।

कोषाध्यक्ष काशिराज अधिकारीको संयोजकत्वमा आर्थिक उपसमिति गठन भएको छ । जसको सदस्यमा सञ्जु पण्डित, राजेन्द्ररमण खनाल, पूर्णलाल श्रेष्ठ, रमेश वस्ती, रोजिना राई, रमेश श्रेष्ठ, शिवराम थापा, शनि चित्रकार, सीताराम अर्याल, तोयानाथ तिमल्सिना, अनन्त नेपाल, पशुपति लोहनी, अम्बिाका तामाङ, भोजप्रसाद पुडासैनी, बाबुराम गजुरेल, पूर्णबहादुर त्रिपाठी, रामहरि पाण्डे, डिल्लीराम सिलवाल छन् ।

दीपक कायस्थको संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमिति गठन गरिएको छ । जसको सदस्यमा निलमबाबु ढुंगेल, राजकुमार श्रेष्ठ, विवेक घिमिरे, राजन ढकाल सदस्य छन् ।

सचिव बुद्धि प्रधानको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन उपसमिति गठन भएको छ । जसको सदस्यमा विष्णु लोहनी, गणेश श्रेष्ठ, अरुण श्रेष्ठ, यम खतिवडा, राजेन्द्र प्रकाश पाण्डे, दीपक कार्की, निर्मला अधिकारी, हरि अधिकारी, नवराज ढुंगाना, समर आले, निलकण्ठ आचार्य छन् ।

प्रज्वल सापकोटाको संयोजकत्वमा स्वयंसेवक व्यवस्थापन उपसमिति गठन भएको छ । जसको सदस्यमा राजु तिवारी, हरिहर सिलवाल, श्रीकृष्ण खतिवडा, सुरेश श्रेष्ठ, सुरेश चित्रकार, राजु लामा, दिपेन्द्र तामाङ, नविना थापा, रामचन्द्र श्रेष्ठ, डोलबहादुर तामाङ, दीपेश खड्का, सरस्वती थापा छन् ।

बैठकले अधिवेशनमा प्रस्तुत गर्ने प्रतिवेदन लेखनका लागि जिल्ला अध्यक्ष खतिवडाको संयोजकत्वमा प्रतिवेदन लेखन उपसमिति समेत गठन गरेको छ । जसमा रामशरण प्याकुरेल, ठाकुर गजुरेल, ठाकुर पुडासैनी, रमहरि रिमाल, बलराम आचार्य र वासु कडुवाल सदस्य रहेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।