चितवन राष्ट्रिय निकुञ्जमा ६३ बन्यजन्तु म,रे

चितवन, १४ पुस । चितवन राष्ट्रिय निकुञ्जमा चालू आर्थिक वर्षको हालसम्म ६३ वन्यजन्तु मरेका छन् । ती मध्ये सबैभन्दा बढी गैँडा र चित्तल छन् । निकुञ्जको तथ्याङ्क अनुसार १० भाले सात पोथी र दुई लिङ्ग नछुट्टिएका अवस्थामा गैँडा मृ,त फेला परेको हो । प्राकृतिक कारणबाट बुढो भएर पाँच, दलदलमा परेर पाँच, पानीमा डुबेर दुई , जुँधेर चार, बाघको आक्रमणबाट एउटा गैँडा म,रेका हुन् । गत साउन १२ गते माडीको घाँगर क्षेत्रमा भेटिएको र गत असोज ११मा धोवा क्षेत्रमा भेटिएको गैँडा चोरी शिकारबाट म,रेको हुनसक्ने अनुमान निकुञ्जको छ । सरकारी हात्ती पालेका अवस्थामा बुढो भएर म,रेको छ ।

खोरिया मुहानमा रहेको ७५ वर्षको पोथी हात्ती मरेको होे । सोही सङ्ख्यामा चित्तल मरेका छन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार १५ पोथी र ४ भाले चित्तल मरेका हुन । अधिकांश भुस्याहा कुकुरको टोकाइबाट मरेका जनाइएको छ । यसैगरी एक भाले र एक पोथी बाघ मरेका छन् । खोरमा उपचारका क्रममा एउटा र बिरामी भएको अवस्थामा अर्को मरेको उनले जानकारी दिए ।त्यस्तै प्राकृतिक कारणबाट एक भाले र एक पोथी भालु मरेका छन् ।

६ भाले र चार पोथी अर्ना यसै अवधिमा मरेको निकुञ्जले जनाएको छ । एक भाले र एक पोथी रतुवा, एक भाले र एक पोथी लगुना, दुई पोथी र एक भाले जरायो, एक पोथी मगर गोही र अन्य तीन वटा विभिन्न जनावर म,रेको तिवारीले वताउनुभयो । मगर गोही गाडीले किचेर मरेको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले प्राकृतिक कारणले मर्ने वन्यजन्तुको सङ्ख्या घटाउन आवश्यक सावधानी अपनाइएको जानकारी दिए । निकुञ्जभित्र चोरी शिकारीका कारणले भन्दा प्राकृतिक कारणले अधिकांश वन्यजन्तु मरेका हुन । निकुञ्ज बाहिर राष्ट्रिय वन र वरण्डाभार क्षेत्रमा सवारी साधनले किचेर मरेका वन्यजन्तुको तथ्याङ् डिभिजन वन कार्यालयले राख्ने गर्दछ ।

यो पनि पढ्नुहोस्…काठमाडौँ । काठमाडौँको नेपाल प्रज्ञा प्रतिष्ठानको भवनसहित पार्टी केन्द्रीय कार्यालय र विभिन्न पार्टी प्यालेससमेत बुक गरेर माओवादीले अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदन र देव गुरुङले पेस गरेको विधान संशोधनसम्बन्धी मस्यौदामा प्रतिनिधिहरुबीच छलफल गराइरहेको छ ।देशभरबाट साढे १६ सय प्रतिनिधिका बीच भइरहेको छलफलका क्रममा केही गम्भीर प्रश्न उठेका छन्, जसमा अध्यक्ष प्रचण्डले रहस्यमय मौनता साँधेका छन् । कतिपय उस्तै विषयमा दोहोरो मापदण्ड लिएर आफ्नो धारणा राखेका छन् भने कतिपय कुरामा काल्पनिक भय देखाएर बढी नै आक्रामक र क्रान्तिकारी देखिन खोजेका छन् ।

छलफलका क्रममा प्रतिनिधिहरुले दाहालको दस्तावेजमा समावेश भएका विषयमा मात्र होइन, छुटाएका विषयमा समेत धारणा राखेका छन् । प्रश्न उठाएका छन् । एमसीसी अनुमोदन गर्ने कि नगर्ने, द्वन्द्वकालीन मुद्दा किन अझै नटुंग्याएको, भारतीय सीमा अतिक्रमणबारे अध्यक्ष दाहालको प्रतिवेदन किन मौन रहेकोलगायतका प्रश्न प्रतिनिधिहरुले गरेका छन् । यस्तै पार्टीभित्र जातीय विभेद व्याप्त रहेकोमा पनि ठूलो चिन्ता व्यक्त गरेका छन् ।माओवादी अध्यक्ष पुष्पकमल दाहालले पेस गरेको प्रतिवेदनमा समाजवादका नाममा भारीभरकम शब्दावली थुपारेका छन् । तर समाजवादसम्म पुग्ने बाटो के हो र त्यसका आधार केके हुन् भन्ने केही उल्लेख गरेका छैनन् । त्यसैले कार्यकर्ताले यो विषय जोडतोडले उठाएका छन् ।

त्यस्तै पछिल्लो समय पार्टी र नेतृत्व जनताबाट टाढा हुँदै गएको भन्दै उनीहरुले जनताकेन्द्रित भएर काम गर्नुपुर्ने सुझाव पनि दिएका छन् । यति मात्र होइन, उनीहरुले माओवादीको वर्गीय दुस्मन को हो भनेर समेत प्रश्न गरेका छन् । भारतले गरिरहेको सीमा अतिक्रमणका विषयमा दाहालको प्रतिवेदन मौन रहेकामा धेरै प्रतिनिधिले शंका व्यक्त गरेका छन् ।समूहगत छलफलका सहभागीले विधान संशोधनसम्बन्धी मस्यौदामा पेस भएका कतिपय विषयमा समेत असमहति जनाएका छन्। विशेष गरी महिला प्रतिनिधिहरुले पार्टीको निर्णायक तहमा महिला सहभागितालाई विधानमै सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन्।

पार्टीका नेता-कार्यकर्ताको आचरण र जीवनशैलीको पक्षलाई समेत सामूहिक छलफलका क्रममा कार्यकर्ताहरुले विशेषरुपमा उठाएका छन् । राजनीतिक प्रतिवेदनमा अध्यक्ष दाहालले विगतमा आफूले गरेका गल्ती र कमी कमजोरीको समीक्षा गर्ने प्रतिबद्धता जनाएका छन् । तर सामूहिक छलफलमा भने अध्यक्षको एकल समीक्षाले मात्र केही नहुने भन्दै अन्य शीर्ष नेताहरुले पनि आफ्ना गल्ती सच्याउनुपर्नेमा जोड दिएका छन् ।माओवादीमा नेताका आसेपासे मात्र माथि पुगे । अन्यले ठाउँ नै पाएनन् भन्ने गुनासो धेरैमा छ। समूहगत छलफलमासमेत यो विषयले प्रवेश पाएको छ। यस्तै पार्टीभित्रै जातीय विभेद कायम रहेको, निश्चित जात, क्षेत्र र परिवारविशेषले हालीमुहाली गरेको भनेर पनि धेरैले असन्तोष पोखेका छन् ।

खासगरी नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा, वर्षमान पुन, गिरिराजमणि पोखरेललगायत सत्ता शक्तिमा तर मारेका नेताहरूको विषयमा उनीहरूले बढी प्रश्न उठाएका छन् । तिनका आलिसान महल, विलासी गाडी, शान सौकत र रवाफ अनि कार्यकर्तासँग गर्ने रैतीसरहको व्यवहारलाई लिएर उनीहरुले निकै चित्त दुःखाएका छन् । अझ जनार्दन शर्माले जातीय विभेद तथा क्रूर नरसंहारका अभियुक्तलाई जोगाउन खोजेको भन्दै धेरै दलित तथा गैरदलित प्रतिनिधिले समेत गम्भीर चासो प्रकट गरेका छन् ।केही प्रतनिधिले अमेरिकी अनुदानसम्बन्धी एमसीसीलाई संशोधन गरेर अगाडि बढाउँदा हुन्छ भनेका छन् भने कतिपयले खारेज नै गर्न दबाब दिएका छन् । तर उनीहरुले अध्यक्ष प्रचण्डले आउँदै नआएको एमसीसीप्रति काल्पनिक भय सिर्जना गरेर आक्रामक रुपमा विरोध गरेको तर आफ्नै आँखाले प्रत्यक्ष देखिएको भारतीय सेनाले नेपाली भूमिमाथि गरिरहेको अतिक्रमण र नेपाली जनता एवं राष्ट्रियतामाथि गरिरहेको ज्यादतीप्रति मौन रहेको भन्दै गम्भीर आशंका समेत व्यक्त गरेका छन् ।

द्वन्द्वकालीन मुद्दा अझै नटुंगिएका र सत्य निरुपण तथा मेलमिलाप आयोगले काम गर्न नसकेकामा पनि कार्यकर्ताको उत्तिकै चासो देखिएको छ । प्रचण्डलगायत आफ्नै पार्टीका नेताहरुले संक्रमणकालीन न्यायमा झेली गरिरहेको, योद्धाको बलिदानी र पीडितका पीडालाई सत्तामा पुग्ने भर्‍याङ मात्र बनाएको उनीहरुको दुःखेसो थियो ।साढे १६ सय प्रतिनिधिका २५ वटा समूह बनाएर भइरहेको छलफल सकिएपछि महाधिवेशनस्थल प्रज्ञा भवनमा टोली नेताहरूले निष्कर्ष प्रस्तुत गर्ने कार्यक्रम छ । समूहगत छलफलमा आएका सुझावका आधारमा प्रतिवेदनलाई थप परिष्कृत गरी बन्दसत्रले पारित गर्ने भनिएको छ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।