माओवादी केन्द्रको केन्द्रीय सदस्यमा परे खोटाङका तीन नेता

खोटाङ, १९ पुस /खोटाङका तीन नेता नेकपा (माओवादी केन्द्र)को केन्द्रीय सदस्य चयन भएका छन् । कमलादीस्थित प्रज्ञा भवनमा माओवादी केन्द्रको आठौं महाधिवेशनबाट आदिवासी जनजातीतर्फबाट रामकुमार राई (पासाङ), दुर्गाजयन्ती राई र खसआर्य महिलातर्फबाट समिता कार्की (अस्मिता) केन्द्रीय सदस्य चयन भएका हुन् ।

महाधिवेशनको बन्दसत्रमा आइतबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समानुपातिकतर्फ १२५ र खुलातर्फ १११ केन्द्रीय सदस्यको नाम प्रस्ताव गर्दा तीन नेताको नाम समावेस भएको हो ।

केन्द्रीय सदस्य बनेका रामकुमार प्रदेशसभा सांसद हुन् । दुर्गाजयन्ती र अस्मिता पूर्वसभासद हुन् । खोटाङकै पूर्वसांसद टंक राई अनुशासन आयोगको प्रमुख बनाउने चर्चा छ । यसअघि पनि उनी अनुशासन आयोगको प्रमुख नै थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।