शीर्ष नेताको बैठक बालुवाटारमा जारी
काठमाडौँ, १९ पुस । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको संयोजनमा सत्तारुढ गठबन्धन दलका शीर्ष नेताहरुको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचनलगायत विषयमा छलफल भइरहेको प्रधानमन्त्री देउवाका कानुनविज्ञ अधिवक्ता केशवराज जोशीले जानकारी दिनुभयो । बैठकमा कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरु सहभागी हुनुहुन्छ ।राष्ट्रियसभा सदस्य निर्वाचनमा सत्तारुढ गठबन्धन दलले चुनावी तालमेल गर्ने आपसी सहमति गरेका छन् । सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाका रिक्त १९ सदस्यका लागि आगामी माघ १२ गते निर्वाचन हुँदैछ । उक्त निर्वाचनका लागि उम्मेदवारको मनोनयन पत्र दर्ता गर्न निर्वाचन आयोगले यही पुस २० गतेको समय निर्धारण गरेको छ ।
यो पनि पढ्नुहोस ..काठमाडौं- नेकपा (माओवादी केन्द्र) को महाधिवेशन सकिएको छ । अध्यक्ष प्रचण्डले केन्द्रीय कमिटीमा पारेका नेताहरूको नाम सार्वजनिक गरेर हलले सहमति जनाएपछि महाधिवेशन सकिएको हो ।केन्द्रीय सदस्य चयनमा भने अपारदर्शी देखिएको भन्दै माओवादीमै आलोचना सुरू भएको छ । जनयुध्दकालीन पुराना नेताहरुलाई पाखा पारिएको छ भने कुनै परिवारबाट चार जनासम्म केन्द्रीय सदस्य बनाइएको छ।महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको २३६ जना केन्द्रीय सदस्यको सूचीमा कतिपय कनिष्ठ नेताहरुले ठाउँ पाउँदा पुरानाहरू भने फालिएका हुन् । प्रभावशाली नेताकै परिवारका चार जनासम्म केन्द्रीय कमिटीमा अटाउँदा लामो समय माओवादी आन्दोलनमा लागेका र इमान्दार छवि बनाएका दर्जनौँ नेता समेटिएनन् ।
सबै हिसाबले केन्द्रीय सदस्य बन्ने योग्यता पुगेका रसुवाका इन्द्र गौतम जगतजंग,भक्तपुरका देवेन्द्र श्रेष्ठ, काभ्रेका सूर्यमान दोङ,सप्तरीका शिवकुमार यादवलगायतका नेताहरु अध्यक्षको सूचीमा नपर्दा कनिष्ठ भएर पनि वर्षमान पुनकी बहिनी सुशीला पुनलगायत कतिपय कनिष्ठहरू भने परेका छन् ।प्रचण्डको सूचीमा नपरेका श्रेष्ठ जनयुध्दमा माओवादीले वैज्ञानिक घोषणा गरेका युवा नेता हुन् । उनी यसअघि नै माओवादीको पोलिटब्युरो सदस्य थिए । माओवादी जनयुध्दका बेला केन्द्रीय सफ्टवेयर विभाग प्रमुख भएर उनले युद्धलाई आवश्यक हातहतियार,सञ्चार सेट, माओवादीले सन्चालन गरेको रेडियो निर्माणमा महत्वपूर्ण योगदान गरेका थिए । श्रेष्ठ बेपत्ता परिवारका सदस्य पनि हुन् । जनयुद्धमा लागेर उनको परिवारबाट मात्रै तीन जना बेपत्ता भएका छन् ।
प्रभावशाली नेताका घरमै चार जनासम्म केन्द्रीय सदस्य हुँदा रसुवा र काभ्रे भने नील भएको छ । रसुवाबाट जगतजंग केन्द्रीय सदस्यको स्वभाविक दावेदार थिए । तर, उनलाई समेट्दा आयोजकबाट चार जना हटाउनुपर्ने बाध्यता देखाएर पाखा पारियो । जबकि वर्षमान पुनकी बहिनी सुशीला पुनलाई भने प्रचण्डको सूचीमा चलाखीपूर्ण ढंगले घुसाएको आरोप छ । जगजतजंग यसअघि नै केन्द्रीय सदस्य बनिसकेका नेता हुन् । जनयुद्धकै बेला रसुवा,नुवाकोट र धादिङको इञ्चार्ज भैसकेका उनी अहिले पनि रसुवाको इञ्चार्ज छन् । कहिल्यै पनि लाभको पदमा नपुगेका उनी इमान्दार र त्यागी नेताका रुपमा जिल्लामा लोकप्रिय छन्।त्यस्तै,काभ्रेका दोङ पनि फालिएका छन् ।
मन्त्रीसमेत भैसकेका उनी पनि जनयुद्धकालीन पुराना नेता हुन् । प्रचण्डको सूचीमा नपरेका शिवराम यादव पनि मधेसमा परिचित नाम हो । उनी संविधानसभा सदस्य पनि हुन् ।
एमालेसँग पार्टी एकता गर्दा ठूला नेता भएका जिल्लामा १८ जनासम्म केन्द्रीय सदस्य बनाइएको र अहिले तिनैलाई व्यवस्थापन गर्नुपर्ने अप्ठेराका कारण प्रचण्डको चाहनाका बाबजुद उनीहरु पाखा परेको बताइन्छ । श्रेष्ठ,गौतम, दोङलगायतका थुप्रै नेतालाई एमालेसँगको एकतापछि केन्द्रीय सदस्यबाट हटाइएको थियो । त्यतिबेला पनि कतै जिल्ला नै खालि हुने र कहीं डेढ दर्जनलाई केन्द्रीय सदस्य बनाइएको भन्दै आलोचना भएको थियो ।


