बागलुङमा एमाले जिल्ला अधिवेशनको तयारी
बलेवा, १९ पुस । नेकपा (एमाले) को नवौँ जिल्ला अधिवेशनका लागि बागलुङका सबै वडाबाट प्रतिनिधि छनोट भएका छन् । प्रतिनिधि छनोटसँगै चुनावको सरगर्मी बढेको छ । आगामी नेतृत्वका लागि नेता आन्तरिक तयारीमा जुटिरहेका छन् भने अधिवेशन सफल पार्नका लागि अन्य तयारीसमेत तीव्र पारिएको सचिव विष्णु भुसालले जानकारी दिनुभयो ।
पार्टीको जिल्ला कमिटीको बैठकले विभिन्न उपसमिति बनाएर चुनावको तयारी गरिरहेको छ । आइतबारसम्म जिल्ला अधिवेशनमा सहभागी हुने प्रतिनिधि छनोट भइसकेका सचिव भुसालले बताउनुभयो ।जिल्लाका ८५ वटै वडाबाट यही पुस १६ गतेदेखि १८ गतेसम्म प्राय सहमतिमै प्रतिनिधि छनोट भएका र केही वडामा सहमतिको प्रयास जारी रहेको बताइएको छ ।
जिल्ला कमिटी बैठकले प्रत्येक ३० सङ्गठित सदस्य बराबर एक प्रतिनिधि र दलित तथा अल्पसङ्ख्यकका हकमा १० जना बराबर एक÷एक प्रतिनिधि छनोट हुने व्यवस्था गरेको थियो । तीन जना बराबर एक जना महिला अनिवार्य गरिएको थियो । साथै पालिका कमिटीबाट दुई÷दुई र जनसङ्गठनबाट दुई÷दुई प्रतिनिधि छनोट गर्ने व्यवस्था मिलाइएको थियो । अधिवेशनमा ६६० भन्दाबढी प्रतिनिधि सहभागी हुने भएका छन् । अधिवेशनबाट नेतृत्व लिनका लागि नेताले तयारी थालिसकेका छन् । जिल्ला अध्यक्षका यसअघि पार्टीको जिल्लाको नेतृत्व सम्हालिसक्नुभएका जनकराज पौडेल, प्रदेश कमिटीको सचिवालय सदस्यसमेत रहनुभएका हिरा केसी र जिल्ला कमिटीका कार्यवाहक अध्यक्ष कृष्ण पाठक हुनुहुन्छ । उपाध्यक्षमा सहकारीकर्मी रामबहादुर जिसी, बागलुङ नगरपालिका–५ मालिकाका वडाध्यक्षसमेत रहनुभएका नेता शिव सापकोटा र पश्चिम बागलुङका नेता गणेश थापा आकाङ्क्षी हुनुहुन्छ ।
सचिवका लागि हालका सचिव विष्णु भुसाल र यसअघिको अधिवेशनमा उपसचिवमा पराजित हुुनुभएका युवा नेता नेत्र विष्टले आकाङ्क्षा राख्नुभएको छ । सबैभन्दा धेरै आकाङ्क्षी उपसचिवमा छन् । ढोरपाटन नगरपालिकाकी उपप्रमुख करमती पुन, बागलुङ नगरपालिका–९ का वडाध्यक्ष गाणेश थापा, गलकोट नगरपालिका–११ का वडाध्यक्ष डम्मबरबहादुर श्रीष, काठेखोला गाउँपालिका–७ का अध्यक्ष प्रेम लामिछाने, चित्रकला श्रीष, जिल्ला समन्वय समितिका सदस्य राजु केसी र नेता रामबहादुर जिसीले उपसचिवमा आकाङ्क्षा राख्नुभएको छ।
यो पनि पढ्नुहोस ..काठमाडौं- नेकपा (माओवादी केन्द्र) को महाधिवेशन सकिएको छ । अध्यक्ष प्रचण्डले केन्द्रीय कमिटीमा पारेका नेताहरूको नाम सार्वजनिक गरेर हलले सहमति जनाएपछि महाधिवेशन सकिएको हो ।केन्द्रीय सदस्य चयनमा भने अपारदर्शी देखिएको भन्दै माओवादीमै आलोचना सुरू भएको छ । जनयुध्दकालीन पुराना नेताहरुलाई पाखा पारिएको छ भने कुनै परिवारबाट चार जनासम्म केन्द्रीय सदस्य बनाइएको छ।महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको २३६ जना केन्द्रीय सदस्यको सूचीमा कतिपय कनिष्ठ नेताहरुले ठाउँ पाउँदा पुरानाहरू भने फालिएका हुन् । प्रभावशाली नेताकै परिवारका चार जनासम्म केन्द्रीय कमिटीमा अटाउँदा लामो समय माओवादी आन्दोलनमा लागेका र इमान्दार छवि बनाएका दर्जनौँ नेता समेटिएनन् ।
सबै हिसाबले केन्द्रीय सदस्य बन्ने योग्यता पुगेका रसुवाका इन्द्र गौतम जगतजंग,भक्तपुरका देवेन्द्र श्रेष्ठ, काभ्रेका सूर्यमान दोङ,सप्तरीका शिवकुमार यादवलगायतका नेताहरु अध्यक्षको सूचीमा नपर्दा कनिष्ठ भएर पनि वर्षमान पुनकी बहिनी सुशीला पुनलगायत कतिपय कनिष्ठहरू भने परेका छन् ।प्रचण्डको सूचीमा नपरेका श्रेष्ठ जनयुध्दमा माओवादीले वैज्ञानिक घोषणा गरेका युवा नेता हुन् । उनी यसअघि नै माओवादीको पोलिटब्युरो सदस्य थिए । माओवादी जनयुध्दका बेला केन्द्रीय सफ्टवेयर विभाग प्रमुख भएर उनले युद्धलाई आवश्यक हातहतियार,सञ्चार सेट, माओवादीले सन्चालन गरेको रेडियो निर्माणमा महत्वपूर्ण योगदान गरेका थिए । श्रेष्ठ बेपत्ता परिवारका सदस्य पनि हुन् । जनयुद्धमा लागेर उनको परिवारबाट मात्रै तीन जना बेपत्ता भएका छन् ।
प्रभावशाली नेताका घरमै चार जनासम्म केन्द्रीय सदस्य हुँदा रसुवा र काभ्रे भने नील भएको छ । रसुवाबाट जगतजंग केन्द्रीय सदस्यको स्वभाविक दावेदार थिए । तर, उनलाई समेट्दा आयोजकबाट चार जना हटाउनुपर्ने बाध्यता देखाएर पाखा पारियो । जबकि वर्षमान पुनकी बहिनी सुशीला पुनलाई भने प्रचण्डको सूचीमा चलाखीपूर्ण ढंगले घुसाएको आरोप छ । जगजतजंग यसअघि नै केन्द्रीय सदस्य बनिसकेका नेता हुन् । जनयुद्धकै बेला रसुवा,नुवाकोट र धादिङको इञ्चार्ज भैसकेका उनी अहिले पनि रसुवाको इञ्चार्ज छन् । कहिल्यै पनि लाभको पदमा नपुगेका उनी इमान्दार र त्यागी नेताका रुपमा जिल्लामा लोकप्रिय छन्।त्यस्तै,काभ्रेका दोङ पनि फालिएका छन् ।
मन्त्रीसमेत भैसकेका उनी पनि जनयुद्धकालीन पुराना नेता हुन् । प्रचण्डको सूचीमा नपरेका शिवराम यादव पनि मधेसमा परिचित नाम हो । उनी संविधानसभा सदस्य पनि हुन् ।
एमालेसँग पार्टी एकता गर्दा ठूला नेता भएका जिल्लामा १८ जनासम्म केन्द्रीय सदस्य बनाइएको र अहिले तिनैलाई व्यवस्थापन गर्नुपर्ने अप्ठेराका कारण प्रचण्डको चाहनाका बाबजुद उनीहरु पाखा परेको बताइन्छ । श्रेष्ठ,गौतम, दोङलगायतका थुप्रै नेतालाई एमालेसँगको एकतापछि केन्द्रीय सदस्यबाट हटाइएको थियो । त्यतिबेला पनि कतै जिल्ला नै खालि हुने र कहीं डेढ दर्जनलाई केन्द्रीय सदस्य बनाइएको भन्दै आलोचना भएको थियो ।


