बागलुङमा एमाले जिल्ला अधिवेशनको तयारी

बलेवा, १९ पुस (रासस) ः नेकपा (एमाले) को नवौँ जिल्ला अधिवेशनका लागि बागलुङका सबै वडाबाट प्रतिनिधि छनोट भएका छन् । प्रतिनिधि छनोटसँगै चुनावको सरगर्मी बढेको छ । आगामी नेतृत्वका लागि नेता आन्तरिक तयारीमा जुटिरहेका छन् भने अधिवेशन सफल पार्नका लागि अन्य तयारीसमेत तीव्र पारिएको सचिव विष्णु भुसालले जानकारी दिनुभयो ।

पार्टीको जिल्ला कमिटीको बैठकले विभिन्न उपसमिति बनाएर चुनावको तयारी गरिरहेको छ । आइतबारसम्म जिल्ला अधिवेशनमा सहभागी हुने प्रतिनिधि छनोट भइसकेका सचिव भुसालले बताउनुभयो ।जिल्लाका ८५ वटै वडाबाट यही पुस १६ गतेदेखि १८ गतेसम्म प्राय सहमतिमै प्रतिनिधि छनोट भएका र केही वडामा सहमतिको प्रयास जारी रहेको बताइएको छ ।

जिल्ला कमिटी बैठकले प्रत्येक ३० सङ्गठित सदस्य बराबर एक प्रतिनिधि र दलित तथा अल्पसङ्ख्यकका हकमा १० जना बराबर एक÷एक प्रतिनिधि छनोट हुने व्यवस्था गरेको थियो । तीन जना बराबर एक जना महिला अनिवार्य गरिएको थियो । साथै पालिका कमिटीबाट दुई÷दुई र जनसङ्गठनबाट दुई÷दुई प्रतिनिधि छनोट गर्ने व्यवस्था मिलाइएको थियो । अधिवेशनमा ६६० भन्दाबढी प्रतिनिधि सहभागी हुने भएका छन् ।

अधिवेशनबाट नेतृत्व लिनका लागि नेताले तयारी थालिसकेका छन् । जिल्ला अध्यक्षका यसअघि पार्टीको जिल्लाको नेतृत्व सम्हालिसक्नुभएका जनकराज पौडेल, प्रदेश कमिटीको सचिवालय सदस्यसमेत रहनुभएका हिरा केसी र जिल्ला कमिटीका कार्यवाहक अध्यक्ष कृष्ण पाठक हुनुहुन्छ । उपाध्यक्षमा सहकारीकर्मी रामबहादुर जिसी, बागलुङ नगरपालिका–५ मालिकाका वडाध्यक्षसमेत रहनुभएका नेता शिव सापकोटा र पश्चिम बागलुङका नेता गणेश थापा आकाङ्क्षी हुनुहुन्छ ।

सचिवका लागि हालका सचिव विष्णु भुसाल र यसअघिको अधिवेशनमा उपसचिवमा पराजित हुुनुभएका युवा नेता नेत्र विष्टले आकाङ्क्षा राख्नुभएको छ । सबैभन्दा धेरै आकाङ्क्षी उपसचिवमा छन् । ढोरपाटन नगरपालिकाकी उपप्रमुख करमती पुन, बागलुङ नगरपालिका–९ का वडाध्यक्ष गाणेश थापा, गलकोट नगरपालिका–११ का वडाध्यक्ष डम्मबरबहादुर श्रीष, काठेखोला गाउँपालिका–७ का अध्यक्ष प्रेम लामिछाने, चित्रकला श्रीष, जिल्ला समन्वय समितिका सदस्य राजु केसी र नेता रामबहादुर जिसीले उपसचिवमा आकाङ्क्षा राख्नुभएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।