उपमहासचिव गुरुङ-एमाले मात्र सच्चा कम्युनिष्ट

दमक, १९ पुस । नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले एमाले मात्र सच्चा कम्युनिष्ट भएको बताउनुभएको छ । प्रेस चौतारी नेपाल झापाको नवाँै जिल्ला अधिवेशनको आज उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विश्व राजनीति धु्रवीय शक्तिका रुपमा स्थापित हुँदै गएको र नेपालमा समेत त्यस्तै राजनीति अवस्था देखिँदै गएकाले अब समग्र कम्युनिष्टको नेतृत्व एमालेले मात्र गर्ने जिकिर गर्नुभयो । उहाँले एमालेको विकल्पमा अरु कम्युनिष्ट समूह, गुटका रुपमा मात्र सीमित भएकाले पनि समग्र बृहत कम्युनिष्टलाई सङ्गठित गर्न सक्ने भनेको एमाले मात्र भएको धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो, “एमाले सक्कली कम्युनिष्ट हो, सक्कली कम्युनिष्टको पक्षमा देशभरि फेरि जनलहर आएको छ, जनताले चिनिसकेका छन्, कुन असली कम्युनिष्ट हो भनेर । ”
अधिवेशन उद्घाटनमा एमाले झापाका इन्चार्जसमेत रहेका स्थायी कमिटी सदस्य अग्नि खरेल, एमाले प्रदेश कमिटीका इन्चार्ज देवराज घिमीरे, स्थायी कमिटी सदस्य तथा प्रदेश नं १ का सहइन्चार्ज हिक्कमत कार्की, प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेत, पत्रकार महासङ्घ झापाका अध्यक्ष एकराज गिरी, प्रेस चौतारीका प्रदेश कमिटी इन्चार्ज लीलाराज भट्टराई लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । करिब एक सय ५० पत्रकार तथा सञ्चारकर्मी सहभागी रहेको अधिवेशनको बन्दसत्रले नयाँ नेतृत्व चयन गर्ने जनाइएको छ ।

यो पनि पढ्नुहोस ..काठमाडौं- नेकपा (माओवादी केन्द्र) को महाधिवेशन सकिएको छ । अध्यक्ष प्रचण्डले केन्द्रीय कमिटीमा पारेका नेताहरूको नाम सार्वजनिक गरेर हलले सहमति जनाएपछि महाधिवेशन सकिएको हो ।केन्द्रीय सदस्य चयनमा भने अपारदर्शी देखिएको भन्दै माओवादीमै आलोचना सुरू भएको छ । जनयुध्दकालीन पुराना नेताहरुलाई पाखा पारिएको छ भने कुनै परिवारबाट चार जनासम्म केन्द्रीय सदस्य बनाइएको छ।महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको २३६ जना केन्द्रीय सदस्यको सूचीमा कतिपय कनिष्ठ नेताहरुले ठाउँ पाउँदा पुरानाहरू भने फालिएका हुन् । प्रभावशाली नेताकै परिवारका चार जनासम्म केन्द्रीय कमिटीमा अटाउँदा लामो समय माओवादी आन्दोलनमा लागेका र इमान्दार छवि बनाएका दर्जनौँ नेता समेटिएनन् ।

सबै हिसाबले केन्द्रीय सदस्य बन्ने योग्यता पुगेका रसुवाका इन्द्र गौतम जगतजंग,भक्तपुरका देवेन्द्र श्रेष्ठ, काभ्रेका सूर्यमान दोङ,सप्तरीका शिवकुमार यादवलगायतका नेताहरु अध्यक्षको सूचीमा नपर्दा कनिष्ठ भएर पनि वर्षमान पुनकी बहिनी सुशीला पुनलगायत कतिपय कनिष्ठहरू भने परेका छन् ।प्रचण्डको सूचीमा नपरेका श्रेष्ठ जनयुध्दमा माओवादीले वैज्ञानिक घोषणा गरेका युवा नेता हुन् । उनी यसअघि नै माओवादीको पोलिटब्युरो सदस्य थिए । माओवादी जनयुध्दका बेला केन्द्रीय सफ्टवेयर विभाग प्रमुख भएर उनले युद्धलाई आवश्यक हातहतियार,सञ्चार सेट, माओवादीले सन्चालन गरेको रेडियो निर्माणमा महत्वपूर्ण योगदान गरेका थिए । श्रेष्ठ बेपत्ता परिवारका सदस्य पनि हुन् । जनयुद्धमा लागेर उनको परिवारबाट मात्रै तीन जना बेपत्ता भएका छन् ।

प्रभावशाली नेताका घरमै चार जनासम्म केन्द्रीय सदस्य हुँदा रसुवा र काभ्रे भने नील भएको छ । रसुवाबाट जगतजंग केन्द्रीय सदस्यको स्वभाविक दावेदार थिए । तर, उनलाई समेट्दा आयोजकबाट चार जना हटाउनुपर्ने बाध्यता देखाएर पाखा पारियो । जबकि वर्षमान पुनकी बहिनी सुशीला पुनलाई भने प्रचण्डको सूचीमा चलाखीपूर्ण ढंगले घुसाएको आरोप छ । जगजतजंग यसअघि नै केन्द्रीय सदस्य बनिसकेका नेता हुन् । जनयुद्धकै बेला रसुवा,नुवाकोट र धादिङको इञ्चार्ज भैसकेका उनी अहिले पनि रसुवाको इञ्चार्ज छन् । कहिल्यै पनि लाभको पदमा नपुगेका उनी इमान्दार र त्यागी नेताका रुपमा जिल्लामा लोकप्रिय छन्।त्यस्तै,काभ्रेका दोङ पनि फालिएका छन् ।

मन्त्रीसमेत भैसकेका उनी पनि जनयुद्धकालीन पुराना नेता हुन् । प्रचण्डको सूचीमा नपरेका शिवराम यादव पनि मधेसमा परिचित नाम हो । उनी संविधानसभा सदस्य पनि हुन् ।
एमालेसँग पार्टी एकता गर्दा ठूला नेता भएका जिल्लामा १८ जनासम्म केन्द्रीय सदस्य बनाइएको र अहिले तिनैलाई व्यवस्थापन गर्नुपर्ने अप्ठेराका कारण प्रचण्डको चाहनाका बाबजुद उनीहरु पाखा परेको बताइन्छ । श्रेष्ठ,गौतम, दोङलगायतका थुप्रै नेतालाई एमालेसँगको एकतापछि केन्द्रीय सदस्यबाट हटाइएको थियो । त्यतिबेला पनि कतै जिल्ला नै खालि हुने र कहीं डेढ दर्जनलाई केन्द्रीय सदस्य बनाइएको भन्दै आलोचना भएको थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।