धरानमा नेपालआइस मनोरन्जन धमाका हुँदै

धरान। धरानमा गर्माएको सांगीतिक माहोललाई अझ संगीतमय बनाउन युवापुस्ताका तीन लोकप्रिय गायक गायिकाहरु एकदेव लिम्बु , रचना रिमाल र अस्मिता अधिकारी आउँदो पौष २४ गते शनिबार धरानमा आयोजना हुने ” नेपालआइस मनोरन्जन धमाका २०२२ “मा आफ्नो प्रस्तुति दिन आउने भएका छन्।

धरानको पब्लिक हाईस्कुलको मैदानमा साँझ साढे पाँच बजे देखि आयोजना हुने म्युजिकल कन्सर्टको लागि तिनै जना कलाकारहरु पहिलो पल्ट धरान आउने भएको हुन्। आँखामा आउने सपनी , ब्ल्याक एण्ड व्हाईट , मन्द – मन्द , क्या राम्री , तिम्रो मुटुमा, लौ कान्छी , मेरी सानु ,शिरफुल जस्ता थुप्रै लोकप्रिय गीतहरु एकदेव लिम्बुले गाइसकेका छन्। त्यस्तै नेपाल आइडल सिजन २ को थर्ड रनर अपको बिजयी अस्मिता अधिकारी पनि अहिले आधुनिक ,पप तथा फिल्मी गीतहरुमा निक्कै नै लोकप्रिय छिन्।

उनको तिम्रो मायाले बाँधेर राख , टाढा भएपनि , साली मन पर्यो , लज्जावती झार झैँ , को होला त्यो , फल्र्टी माया , सिमसिमे पानी जस्ता थुप्रै हिट गीतहरु रहेका छन्। उनको भर्खर रिलिज भएको काफल खाने कुइंया बोलको गीत रिलिज भएको एक हफ्ता देखि अहिले सम्म युट्युबको ट्रेन्डीङ्गमा रहेको छ। नेपाल आइडल सिजन ३को टप आठसम्म पुगेकी रचना रिमाल पनि अहिलेको चर्चित गायिका मध्ये एक पर्छिन। उनको फोटो फिरिममा , उनको प्रित ,एक चिम्टी सिन्दुर , काफल गेडी ,रुमाल चिनो, छुक छुक रेल जस्ता थुप्रै गीतहरु चर्चित छन्। एक समय चटपटे वाली गायिका को रुपमा समेत भाइरल बनेकी गायिका रचना रिमालका प्रत्येक अन्तर्वार्ता समेत उनको सोझो जवाफले भाइरल हुने गर्छन।

तिनै चर्चित कलाकारहरुलाई सिल्भर इन्टरटेनमेन्टले पहिलो पल्ट धरानमा आयोजना हुने भब्य कन्सर्ट नेपालआइस मनोरन्जन धमाका २०२२ मा एक साथ उतार्दै छन्। कार्यक्रममा बिभिन्न आकर्षक डान्स प्रस्तुति समेत राखिएको छ। नेपाल आइस् बियरको मुख्य प्रायोजन तथा डिभाइन वाइन प्रिमियमको सह -प्रायोजन रहेको भब्य कन्सर्टमा ब्ल्याक पिग इन्टरटेनमेन्ट,एनएचडीडी स्टुडियो , जेन्टलमेन अनलाईन टिभी , बराह ग्रुप ,एसपी इभेन्ट्स एण्ड इन्टरटेनमेन्ट र लोक जगत मोटर्सको बिशेष सहयोग रहेको कन्सर्टको गेट टिकट रु २०० मात्र राखिएको छ।

भब्य साउण्ड र लाईट सहितको कन्सर्टको लागि अहिले प्रचार प्रसार तिब्र रुपमा गरिएको छ। धराने दर्शकहरुले लामो समय पछि नयाँ चर्चित अनुहार संगै नयाँ स्वरमा आफ्ना मनपर्ने गीतहरु प्रत्यक्ष सुन्न पाउनेछन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।