शेखरको जिल्लामा पुगेर महामन्त्री शर्माले गरे देउवाको प्रशंसा

विराटनगर, २० पुस/नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेता शेखर कोइरालाको गृहजिल्ला सुनसरी आएर सभापति शेरबहादुर देउवाको प्रशंसा गरेका छन् । मंगलबार विराटनगरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले सरकार महामारी नियन्त्रणमा सफल भएकाले अहिलेको सरकार सफल भएकोसमेत दाबी गरे । उनले राष्ट्रिय सभाको चुनावमा गठबन्धन दलले जित्ने जिकिर गरे ।

राष्ट्रिय सभाको चुनाव मा मात्रै कि आउने चुनावमा पनि गठबन्धन कायमै हुन्छ भन्ने सञ्चारकर्मीको जवाफमा उनले पास्नीको समयमा पास्नीको शुभकामना दिनुपर्ने बताए । पास्नीमा गएर विवाहहको शुभकामना दिन नहुने भन्दै उनले पछिको कुरा पछि नै हुने मात्रै बताए । उनले महाधिवेशन पछाडि सभापतिसमेत रहेका देउवा नेतृत्वको सरकारलाई काम गर्न थप ऊर्जा मिलेको बताए ।

राष्ट्रिय सभाको चुनावमा कांग्रेसलाई गठबन्धनसँग मिल्दा तीनवटा सिटमा फाइदा पुगेको शर्माले बताए । पहिला तीनवटा सिटमा मात्रै कांग्रेसकाे भएकामा अन्य तीनवटा सिट पनि कांग्रेसका लागि फाइदा भएको उनले उल्लेख गरे । प्रदेश १ मा मात्रै एमालेसँग प्रतिस्पर्धा देखिएको बताउँदै उनले सातवटै प्रदेशमा गठबन्धन दलले चुनाव जित्नेसमेत दाबी गरे । महामन्त्री शर्मा राष्ट्रिय सभाका सदस्य गोपाल बस्नेतको टिकट लिएर विराटनगर आएका हुन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।