इलामको उत्तरी क्षेत्रमा जंगली जनावरले दिनदिनै बाख्रा खान थालेपछि किसान चिन्तित

इलाम, २० पुस/राति राति जंगली जनावरले घरमा पालेको पशु चौपाया मा’रेर खान थालेपछि इलामको उत्तरी क्षेत्रका किसान आ’तंकित भएका छन् । दिनैपिच्छे जंगली जनावरले खोरको बाख्रा मा’रेर खान थालेपछि स्थानीय आतंकित भएका हुन् ।पशु चौपाया खाने मात्रै होइन, जंगली जनावरले मानिसलाई नै आ’क्रमण गर्न थालेको छ । दुई साताअघि इलामको माइजोगमाई गाउँपालिका-३ का दिलबहादुर विश्वकर्मा जंगली जनावरको आ’क्रमणमा परेर घा’इते भएका थिए ।

दाइने पाखुरामा सामान्य चो’ट लागेको उनले स्थानीय स्वास्थ्य संस्थामा उपचार गराए । त्यसबेला माइजोगमाई-३ मानचोकमा जंगली जनावरले किसानले पालेको पाँच-६ वटा बाख्रा खाएको प्रहरी चौकी नामसालिङले जनाएको छ । केही दिनयता नामसालिङमा जंगली जनावरको आ’तंक मत्थर भएको छ । ‘कहिलेकाहीँ एकै दिन तीन-चारवटा बाख्रा मा’रेको भेटिन्थ्यो’, नामसालिङका कमल नेपालले भने, ‘अहिले त्यस्तो छैन ।’

अहिले इलाम नगरपालिकाको सुम्बेक, सन्दकपुर गाउँपालिकाको सुलुबुङ, जमुनालगायतको क्षेत्रमा जंगली जनावरको आ’तंक छ । दिनदिनै खोरमा पालेको बाख्रा मा’रेर खाने जंगली जनावर के हो भन्ने यकिन छैन । तर, कतिपयले भालुले आ’तंकम मच्चाएको भन्ने गरेका छन् भने कतिले चितुवाले बाख्रा मारेर खाएको अनुमान गर्ने गरेका छन् । शनिबारयता सुम्बेक र जमुनामा जंगली जनावरको आतंक मच्चाइरहेको छ । सुलुबुङका हरिबहादुर देवानको दुईवटा बाख्रा जंगली जनावरले खाएको छ । त्यस्तै भुवन नाछिरिङको एउटा, राजकुमार राईको एउटा, लीला कठेतको एउटा, प्रवीण नेपालको तीनवटा बाख्रा जंगली जनावरले मारेको छ । सोमबार राति मात्रै चेतनाथ ढकालको दुईवटा माउ बाख्रा र एउटा खसी जंगली जनावरले खाएको छ ।

त्यस्तै सन्दकपुर गाउँपालिकाकै जमुनामा समेत जंगली जनावरले आतंक मच्चाएको छ । जंगली जनावरले बाख्रा खाएर खोर नै रित्तो पार्ने अवस्था भएको जमुनाका भोजप्रसाद खतिवडाले बताए । खतिवडाले बच्चासहितको चितुवाको बथान नै गाउँ पसेर उपद्रो मच्चइरहेको बताए । जमुनाको हरिकृष्ण भण्डारी, देउमान गुरुङ, रुद्रबहादुर थामी, मनमाया दियाली, फुर्वा शेर्पा, मनोज तिवारी, तेजबहाुदर पाण्डे, तारामान गुरुङ, जर्गमान राईलगायतका किसानले पालेको बाख्रा चितुवाले खाएको जानकारी दिए ।

जंगली जनावरको आतंक फैलिए पनि नियन्त्रणका लागि सरोकारवाला निकायले कुनै चासो नदिएको जमुनाका दिपक गुरुङ बताउँछन् । ‘गाउँलेले चितुवाको बथान बथानै भेटेका छन्, एक्लै दोक्लै हिँड्डुल गर्न पनि समस्या भइसक्यो’, गुरुले भने, ‘चितुवाको आतंक नियन्त्रण गर्नसकैले ध्यान दिएको छैन ।’डिभिजन वन कार्यालय इलामका प्रमुख इन्द्रमणि भण्डारीले जंगली जनावरले उत्तरी क्षेत्रमा मच्चाइरहेको आतंकको बारेमा जानकारी भए पनि नियन्त्रणको उपायबारे सोच्न नसकिएको बताए । ‘भालुभन्दा पनि चितुवाको आतंक होला जस्तो छ, यसको बासस्थान कता छ पनि टुंगाे छैन कसरी नियन्त्रण गर्ने हो उपाय लगाउन सकिएन’, डिभिजन वन अधिकृत भण्डारीले भने,‘जंगली जनावरको आतंक नियन्त्रण गर्न स्थानीय तह र प्रहरीसँग छलफल गर्छौं ।’

डिभिजन वन अधिकृत भण्डारीले जंगली जनावरले गरेको पशु चौपायाको क्षतिपूर्तिका लागि सिफारिस गर्ने बताए । त्यसका लागि प्रहरीको प्रतिवेदन र स्थानीय तहको सिफारिस आवश्यक हुने भण्डारीले जानकारी दिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।