​लागू पदार्थ न्यूनीकरणको नारा सहित पथरीशनिश्चरेमा वडास्तरीय खुला फुटबल प्रतियोगिता हुने

​पथरी । युवाहरूलाई कुलतबाट बचाउने र खेलकुदप्रति आकर्षित गर्ने उद्देश्यले पथरीशनिश्चरे नगरपालिका वडा नं. १० मा वडास्तरीय खुला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ।

 

​समाज सुधार समितिको आयोजनामा आगामी मंसिर १९ गतेदेखि मंसिर २९ गतेसम्म सञ्चालन हुने सो प्रतियोगिता पथरीशनिश्चरे–१० स्थित प्रस्तावित नगर रंगशालामा हुनेछ। खेल संयोजक संजय नाछिरिङका अनुसार युवाहरूलाई लागू पदार्थको दुर्व्यसनबाट टाढा राख्न, खेलकुदमा जोड्न तथा प्रस्तावित रंगशालाको प्रचारप्रसार गर्ने मुख्य लक्ष्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको हो।

 

​स्थानीय स्तरमा खेल मैदानलाई प्राथमिकता दिँदै रंगशालाको विकास गर्ने उद्देश्यसमेत यस प्रतियोगिताले बोकेको छ। प्रतियोगिताबाट बचेको तथा भएको आम्दानीको रकमबाट प्रस्तावित नगर रंगशालामा मञ्च निर्माण र घेराबाराको काम गरिने आयोजकले जनाएको छ। प्रतियोगिता सम्पन्न गर्न अनुमानित १० लाख रुपैयाँ खर्च हुनेछ।

 

 

​प्रतियोगितामा कुल ११ वटा टिमले प्रतिस्पर्धा गर्नेछन्। जसमा पथरीशनिश्चरेका १० वटा वडा र एक भुटानी शरणार्थी शिविरको टिम ‘वाइ एफ सि’ को सहभागिता रहनेछ। नियम अनुसार प्रत्येक टिमले वडाभित्रका ८ जना र बाहिरका ३ जनासम्म खेलाडी टिममा राख्न पाउनेछन्। प्रतियोगिताको म्याच कमिश्नरको जिम्मेवारी कबिराज चेम्जोङले सम्हाल्नेछन्।

​प्रतियोगितामा विजेता बन्ने टिमले नगद १ लाख १ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेता टिमले ५१ हजार रुपैयाँ र ट्रफी हात पार्नेछ।

​त्यसैगरी, विधागततर्फ उत्कृष्ट गोलरक्षक (किपर), उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवर्ड र उत्कृष्ट कोचलाई समेत पुरस्कृत गरिनेछ। यसका साथै प्रतियोगितामा प्रत्येक दिन ‘म्यान अफ दि म्याच’ को समेत व्यवस्था गरिएको आयोजक समितिले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖