प्रधानमन्त्री देउवा ऊर्जाबाट सञ्चालन हुने सफारीमा बसेर घुमे धरान

काठमाडौं, २० पुस/प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार सुनसरीको धरानमा फोहोरमैला प्रशोधन केन्द्रको उदघाटन गरेका छन् ।काठमाडौंबाट हेलिकोप्टरमा गएका प्रधानमन्त्री देउवा धरान उपमहानगरपालिका-६ पानबारी रहेको फोहोर प्रशोधन केन्द्रमा पुगेर फोहोर प्रशोधन केन्द्रको उद्घाटन गरेका थिए।

त्यसपछि प्रधानमन्त्री देउवा फोहोरमैला प्रशोधनबाट उत्पादन गरिएको ऊर्जाबाट सञ्चालन हुने सफारीमा बसेर घुमेका थिए ।

सहकारीको ब्याजदर तत्काल नबढ्ने
काठमाडौं, २० पुस/सहकारी संस्थाहरूबाट प्रवाह हुने ऋणको ब्याजदरको अधिकतम सीमा (सन्दर्भ ब्याजदर) तत्काल पुनरावलोकन नहुने भएको छ । बैंक तथा वित्तीय संस्थाहरूमा तरलताकाे अवस्था सहज बन्न थालेको भन्दै ब्याजदर तत्काल नबढाउने निश्कर्षमा सहकारी विभाग पुगेको हो ।

बुधबारका लागि बोलाइएको सन्दर्भ व्याजदर निर्धारण समितिको बैठकसमेत स्थगीत भएकाे विभाग स्रोतले जानकारी दिएको छ । ‘बजारमा तरलताको अवस्था सहज बन्दै गएकाले तत्कालै सन्दर्भ ब्याजदर पुनरावलोकन गरीहाल्नुपर्ने अवस्था देखिएन,’ विभाग स्रोतले भन्यो, ‘त्यसैले बुधबारका लागि तय भएकाे बैठक स्थगित गरिएको हो ।’

यसअघि ब्याजदर पुनरावलोकन गर्न १५ पुस (बिहीबार) मा ब्याजदर निर्धारण समितिको बैठक बसेको थियो । बैठकमा सहकारी अभियानको तर्फबाट राष्ट्रिय सहकारी महासंघले सन्दर्भ ब्याजदर १७ प्रतिशत पुर्‍याउन प्रस्ताव गरेको थियो । तर, बैठकमा सहभागी अर्थ मन्त्रालय र सहकारी बैंकका प्रतिनिधिहरूले ब्याजदर बढाउने आधार नभएको बताएपछि एक साताका लागि बैठक स्थगित गरिएको थियो ।

नेपाल राष्ट्र बैंकले समेत बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदर हस्तक्षेप गरिरहेका बेला सहकारीको ब्याजदर नबढाउन रजिष्टारलाई दबाब छ । हाल सहकारी संस्थाहरूले ऋण लगानी गर्दा अधिकतम १४ दशमलव ७५ प्रतिशतसम्म ब्याज लिन पाउने गरी सन्दर्भ ब्याजदर लागु गरिएको छ । १५ कात्तिक ०७७ देखि लागु भएको ब्याजदर त्यसअघि १६ प्रतिशत थियो ।

सहकारी ऐन २०७४ को दफा ५१ मा सन्दर्भ ब्याजदर तोक्ने व्यवस्था छ । ब्याजदर तोक्नका लागि सहकारी विभागका रजिष्टाररको संयोजकत्वमा गठन हुने समितिमा सहकारी र अर्थ मन्त्रालयका साथै नेपाल राष्ट्र बैंक, सहकारी विकास बोर्ड, राष्ट्रिय सहकारी महासंघ तथा विषयगत सहकारी संघका प्रतिनिधि सदस्य रहने व्यवस्था गरिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।