एमाले बैतडी अध्यक्षमा पाल र चन्दकाे दावी

सीपी लोहिया/ बैतडी, २१ पुस ।नेकपा (एमाले) बैतडी अध्यक्षमा दुई जनाले दाबी गरेका छन् । २३ पुसमा हुने आठौँ जिल्ला अधिवेशनमा नयाँ नेतृत्वका लागि वर्तमान जिल्ला अध्यक्ष सुरेन्द्र पाल र पञ्चेश्वर गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले दावी प्रस्तुत गरेका हुन् ।

चन्द पक्ष अहिले चुनावी प्रचारप्रसारमा रहेकाे सचिवका दावेदार सन्तोषप्रकाश जोशीले बताए । उनले भने, ‘हामी टिमसहित चुनावमा जान्छौँ ।’

पाल भने सहमतिबाटै अध्यक्ष बन्ने दाउमा छन् । पालले जिल्लाका नेता कार्यकर्तासँग लविङ गरिरहेका छन्। उनले भने, ‘नेताकार्यकर्ताको भावना बुझ्दा मलाई नै सर्वसम्मत जिल्ला अध्यक्षमा अघि सार्ने देखिन्छ । त्यसै अनुसार हुन्छ होला । कसैले नमानेमा चुनाव हुन्छ, चुनाव भएमा लड्नै पर्‍याे ।’

चन्दले भने वर्तमान अध्यक्ष पालले लामो समय पार्टीको नेतृत्व गरिसकेकाले अब हस्तान्तरण गर्नुपर्ने बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖