यातायातको सुविधाले व्यावसायिक सुन्तला खेतीमा किसानकाे आकर्षण

ईश्वर तामाङ/उदयपुर, २१ पुस । उदयपुरको रौतामाई गाउँपालिका- ४ र ६ निगालेका किसानहरू अहिले व्यावसायिक सुन्तालाखेती तर्फ आकर्षित भएका छन् । गाउँमै यातायातको सुविधा पुगेपछि सुन्तलाबाट राम्रो आम्दानी हुन थालेपछि किसाकहरू सुन्तला खेतीतर्फ आकर्षित भएका हुन् ।

पहिला बाजे पुर्खाहरूले खान, बाँड्न र सामान्य बेच्न लगाएको दुई चार झ्याङ सुन्तला अहिले जीविकोपार्जनमा परिणत भएको किसान जीवन राईले बताए । राईका अनुसार पुरानो बोटबाट आम्दानी लिँदै र अन्य बिरुवाहरू लगाउने क्रम बढ्दो छ ।

एकै परिवारले ५०० वटाभन्दा बढी सुन्तलाको बिरुवा लगाएर व्यवस्थित तरिकाले सुन्तला खेती गर्दै आएका छन् । परम्परागत रूपमा मकै कोदो लगाउँदै आएको खेतीयोग्य जमिनहरूमा अहिले सुन्तला लगाउन थालिएकाे किसानहरूले बताउँछन् । गाउँमा यातायातकाे सुविधा पुगेसँगै बजारमा एकै पटकमा धेरै सुन्ताला बजारसम्म पुर्‍याउन सकिने भएको हुँदा सुन्तला खेतीमा किसानकाे आकर्षण बढेकाे हाे । जसबाट उनीहरूले राम्रो आम्दानी पनि गरेका छन् ।

निगालेमा उत्पादित सुन्तला अहिले गाईघाटमा एक करोडभन्दा बढी भित्रिने अनुमान गरिएको सुन्तला किसान रामकुमार राईले बताए । उनका अनुसार एकै घरबाट वार्षिक पाँचदेखि ६ लाखसम्म सुन्तला बिक्री गर्दै आएका छन् ।

वर्षभरिको खेतीपातीले तीन महिना खान पुग्दैन तर एउटा सुन्तलाको झ्याङबाट १० हजारसम्म पैसा लिन सकिने किसान गणेश राईले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।