४८ जना प्राविधिक प्रहरी जवानहरु दिक्षित

बिराटनगर, पौष २२ । १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरमा संचालित प्राबिधिक प्रहरी जवान दोस्रो समुहको आधारभुत तालिममा सहभागी ४८ जना प्रहरी जवानहरु दिक्षित भएका छन् । बिहिवार बिहान तालिम केन्द्रको खेल मैदानमा एक कार्यक्रमका बिच १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बिसीको प्रमुख आतिथ्यतामा दिक्षान्त समारोह सम्पन्न भएको हो ।

२०७८ भाद्र २७ गते देखी संचालित प्राबिधिक प्रहरी जवान दोस्रो समुहको ९० कार्य दिनको आधारभुत तालिम पौष २२ गते सम्म संचालन भएको थियो । दिक्षान्त समारोहमा तालिम केन्द्रका प्रहरी निरीक्षक सुजाता तुम्बाहाम्फेले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्नु भई ९० कार्य दिनको तालिम अवधिमा प्रशिक्षार्थीहरुलाई नेपाल प्रहरी संगठनको परिचय, सुरक्षा, बिद्यामान कानुन र सूचना प्रबिधि लगायतका बिषयमा प्रशिक्षण दिईएको जानकारी गराउनु भएको थियो ।

दिक्षान्त समारोहमा १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरका समादेशक प्रहरी बरिष्ठ उपरीक्षक मीरा चौधरीले प्रशिक्षार्थीहरुलाई नेपालको संविधान बमोजिम सफत ग्रहण गराउनुका साथै दिक्षित भई जाने प्रहरी जवानहरुले तालिम अवधीमा सिकेका ज्ञान र शिपको कार्य क्षेत्रमा अक्षरस पालना गरेमा नेपाल प्रहरीको चुनौतिको बिषय रहेको अपराध अनुसन्धानमा थप टेवा पुग्ने बिश्वाश ब्यक्त गर्नु भई दिक्षित भई जाने प्रहरी जवानहरुलाइ कार्यक्षेत्रको सफलताको शुभकामना समेत दिनु भएको छ ।

उक्त तालिमका प्रशिक्षार्थीहरु मध्ये सर्वप्रथम हुने प्रशिक्षार्थी प्रहरी जवानलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि.सी.ले प्रमाणपत्र तथा नगद पुरस्कारद्धारा पुरस्कृत गर्नु भएको थियो । प्रमुख अतिथिले कोभिड -१९ को उत्पन्न परिस्थितिमा सुरक्षाको कारण प्रशिक्षार्थीहरुका अभिभावक तथा अन्य ईष्टमित्रलाई समारोहमा आमन्त्रण गर्न नसकिएको प्रति दुःख लागेको बताउँदै, अत्यन्त चुनौती एवं जोखिमले भरिएको यस मर्यादित प्रहरी पेशामा आफ्ना सन्ततिलाई प्रवेश गर्न हौसला प्रदान गर्नु हुने दिक्षित प्रहरीका परिवारजनहरुमा आभार प्रकट गर्नु भएको छ । साथै वहाँले कार्यक्षेत्रमा मन बचन र कर्मले निष्ठापुर्वक, ईमान्दार र बफादारी भई उच्च मनोवलका साथ जनताको सेवामा खटिन दिक्षित प्रहरी जवानहरुलाई शुभकामना सहितको निर्देशन दिनु भएको छ ।

दिक्षान्त समरोहमा प्रमुख अतिथि लगायत प्रहरी बरिष्ठ उपरीक्षकहरु, प्रहरी उपरीक्षकहरु, प्रहरी नायव उपरीक्षकहरु तथा प्रहरी निरीक्षकहरुका साथै अन्य प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।