वैदेशिक रोजगारबाट फर्किएर कालिज पालन गर्दै हमाल

ईश्वर तामाङ/उदयपुर, २२ पुस ।उदयपुरको कटारी नगरपालिका-५ भुल्केका चुडामणि हमाल वैदेशिक राेजगारीबाट फर्किएर व्यावसायिक कालिज पालनमा लागेका छन् । तीन वर्ष मलेसियामा बसेर फर्किएपछि कालिज फर्म सञ्चालन गरेका हुन् ।कटारी नगरपालिका- ५ भुल्केमा स्थानीय गोपाल कार्कीको दुई बिघा जग्गा भाडा लिएर आनन्दराज कालिज तथा कृषि फर्म दर्ता गरी हमालले व्यावसायिक कालिज फर्म सञ्चालनमा ल्याएका हुन् ।

२०७८ वैशाखबाट आनन्दराज कालिज तथा कृषि फर्म दर्ता गरी सञ्चालनमा आएको हो । २०७२ सालमा मलेसियामा वैदेशिक रोजगारमा गएका हमालले त्यहाँ तीन वर्ष बिताएर फर्किएका हुन् । उनले मलेसियामा दैनिक १४ घन्टा काममा खटिनुपर्ने काम गरेअनुसार पैसा नदिने बताए । दैनिक १४ घन्टासम्म उभिएर काम गर्दा स्वास्थ्यमा समस्या आउने उनको भनाइ थियो ।

नौ महिनाअघि कालिज पालनमा लागेका उनले अहिले फर्ममा कालिज पालनदेखि ह्याचरीमार्फत बच्चा उत्पादन, कालिजकै परिकार पाइने कालिज रेष्टुरेन्ट सञ्चालन गर्ने तयारीमा जुटेका छन् । रेष्टुरेन्टका लागि मदन भण्डारी लोकमार्गमा पर्ने भुल्केमा तयारी भइरहेको उनले बताए ।

‘कालिज फर्मदेखि बच्चा उत्पादनको गर्ने तयारीमा छौं । अब कालिजको मात्र विभिन्न परिवार पाइने गरी रेष्टुरेन्ट खोल्ने तयारी भइरहेको छ’, उनले भने, ‘यता व्यवसायलाई सपाेर्टसँगै कालिजको मासु खाने इच्छुकलाई सहजसमेत हुनेछ ।’ उनले अन्य व्यवसायभन्दा केही फरक व्यवसाय गराैं भन्ने सोच र सानैदेखि कालिजप्रतिको आकर्षणले गर्दा आफूले कटारी नगरपालिका-५ भुल्केमा दुई बिघा जमिन भाडामा लिएर व्यावसायिक कालिज पालनमा लागेकाे बताए ।

उनले वार्षिक ४० हजार बढी भाडा तिर्ने गरेका छन् । फर्ममा कालिजसँगै, लोकल कुखुरा, बाख्रापालन र तरकारी उत्पादनको काम गर्दै आएका छन् । ‘वैदेशिक रोजगारीमा जानुभन्दा नेपालमै केही गर्नुपर्छ भनेर योजना बनाउँदै जाँदा कालिज पालनमा लागेको हुँ’, उनले भने, ‘अहिले कालिज पालनसँगै बच्चा उत्पादनका लागि ह्याचरी सञ्चालनको तयारीमा छाैं । राम्रो भइरहेको छ । सन्तुष्ट छु ।।’ फर्ममा उत्पादन भएका कालिज कटारीलगायत जिल्ला बाहिर काठमाडाैंसम्म पठाउने गरेका छन् । फर्ममा दुईजनालाई रोजगारीसमेत दिएका छन् ।

त्यसैगरी कालिजका लागि बर्सिम, जै, नेपियरलगायतको घाँस खेतीसमेत गर्ने सोचमा रहेको उनले बताए । ‘कालिजले दानासँगै घाँस पनि खाने गर्दछ । त्यसका लागि घाँस खेती पनि गर्नु पर्दछ, उनले भने, ‘कालिज पंक्षी भए पनि घाँस खाने गर्दछ ।’ उनले १५ लाखको लगानीमा तीन सय ७५ कालिजको बच्चा पालेर व्यवसाय सुरु गरेको व्यवसाय अहिले फस्टाउँदै मात्र गएको छैन, काजिलसम्बन्धी अन्य व्यवसायसमेत थप्दै गएका छन् ।

व्यवसाय सुरु गरेको एक वर्ष नबित्दै उनले आफ्नो व्यवसायबाट निकै सन्तुष्ट र खुसी छन् । उनले जिउँदो कालिज प्रति गाेटा तीन हजार रुपैयाँमा बिक्री गरेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।