राजनीतिक इगोमा संसदलाई बन्धक बनाउन पाइँदैन : विश्वप्रकाश शर्मा

इलाम, २२ पुस/नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक इगो र आवेगमा संसदलाई बन्धक बनाउनु नहुने बताएका छन् । इलाम सदरमुकाममा नेपाल प्रेस युनियनले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा शर्माले भने, ‘मैले दुई दुई पटक विघटन गरेको संसद चल्न दिन्न भन्ने आवेग पूर्वप्रधानमन्त्री केपी ओलीमा देखिन्छ । यदि त्यस्तो हो भने स्थिरताको कल्पना गर्न सकिँदैन ।’

एमालेले आफ्नो पार्टीले निष्कासन गरेको सांसदलाई संसदको बैठकमा राख्न नहुने भन्दै निरन्तर रूपमा सदनमा अवरोध गरिरहेको छ । शर्माले कुनै अथोरेटीले (सभामुखले) गरेको निर्णयमा असहमति राख्न पाइने भए पनि त्यसलाई मान्नुपर्ने बताए ।एमाले अध्यक्ष ओली अनुभवी राजनीतिज्ञ भएकाले उनले आत्मसमीक्षा गरेर संसद चल्न दिने महामन्त्री शर्माको विश्वास छ । ‘यो हामी सबैले स्थापित गरेको प्रणालीको कुरा हो’, उनले भने, ‘उहाँ (ओली) ले दृढताको साथ आत्मासाथ गर्नुहुनेछ र संसदलाई नियमित र विधिसम्मत काम गर्न दिनुहुनेछ ।’

नेतृत्वको विधिसम्म कार्य गर्न जरुरी रहेको भन्दै शर्माले सरकारले बोलाएको बैठकमा ओली अनुपस्थित रहेको प्रति असन्तुष्टि व्यक्त गरे । ‘गम्भीर राष्ट्रिय विषयमा संवाद गर्न बोलाउँदा उहाँ नआउने, सर्वदलीय बैठक बहिस्कार गर्ने भइरहेको छ’, शर्माले थपे, ‘उहाँ प्रधानमन्त्री भएको बेला कांग्रेस सभापति एउटा बैठकमा तर्कको साथ उपस्थित हुनु भएन, उहाँले बोलाएको सबै बैठकमा सभापति आलोचना सहेर भए पनि जानु भएको छ, हामीले पनि बैठकमा सभापतिलाई प्रधानमन्त्रीले बोलाएको बैठकमा जान सुझाएका थियाैँ ।’

गठबन्धनको सन्दर्भमा भने कांग्रेसले ठिक समयमा ठिक निर्णय लिने महामन्त्री शर्माकाे टिप्पणी छ । ‘गठबन्धन आगामी निर्वाचनमा पनि यसरी नै हुनेछ भन्ने ठोकुवा गर्न मिल्दैन’, उनले भने,‘कांग्रेसमा विधिवत् छलफल नभइकन आगामी निर्वाचनमा गठबन्धन हुनेछैन भन्न पनि मिल्दैन, हामी ठिक समयमा ठिक निर्णय लिन्छौ ।’

अहिलेको गठबन्धनले आफ्नो दायित्व पूरा गर्नुपर्ने महामन्त्री शर्माको धारणा छ । ‘हामीलाई सरकार चलाउने म्यान्डेट थिएन, प्रतिपक्ष बस्ने नै हामीले म्यान्डेट पाएका हौँ’, उनले थपे, ‘म्यान्डेट पाएकोले सरकार चलाउन सकेन, म्यान्डेट खण्डित भएपछि हामी सरकारमा गएका हौँ।’सञ्चारकर्मीले डा. शेखर कोइरालाको वरीयताको सम्बन्धमा गरेको प्रश्नमा महामन्त्री शर्माले डा. शेखर कोइराला केन्द्रीय सदस्यको एक नम्बरमा सूचीमा रहेका बताए ।

‘पदाधिकारी पूर्वपदाधिकारीको कुरा फरक भयो उहाँ (कोइराला) केन्द्रीय सदस्यहरूको एक नम्बरमा हुनुहुन्छ’, सभापति देउवाले पार्टीभित्र सबैलाई मिलाएर लैजाने महामन्त्री शर्माकाे दाबी छ, ‘सभापतिले मत दिनेलाई पनि नदिनेलाई पनि मिलाएर जान्छु भन्नुभएको छ । ३०/३२ जना मनोनीत गर्ने ठाउँमा १२ जना मात्रै मनोनीत गर्नु भएको छ । उहाँलाई भोट नहालेका प्रतिस्पर्धी समूहमा रहेकाहरूलाई पनि मनोनीत गर्नुहुन्छ ।’

महामन्त्री विश्वप्रकाश शर्माले एमसीसीकाबारेमा भने अध्ययन समितिको रिपोर्ट आएपछि मात्र के गर्ने भन्ने टुङ्गो लाग्ने प्रतिक्रिया दिएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।