नेकपा एमाले धनकुटा काे अधिवेशन बाट निर्विरोध निर्बाचित सदस्यहरु (नाम सहित )

धनकुटा, नेकपा एमाले धनकुटा जिल्ला काे सातौं अधिवेशन बाट १५ जना सदस्य हरु निर्विरोध निर्बाचित भएका छन। नेकपा एमाले धनकुटाको सम्पन्न सातौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा इन्द्रमणी पराजुली सर्वसम्मत निर्वाचित भएका छन्। अध्यक्ष पराजुलीसहित पाँच पदाधिकारी सर्वसम्मत निर्वाचित भएका हुन्। अध्यक्षसहित पदाधिकारीमा अरु कसैले मनोनयन दर्ता नगराएका कारण सर्वसम्मत भएका छन्। उपाध्यक्षमा चिन्तन तामाङ, सचिवमा निरन राई र दुई उपसचिवमा शिव आङ्ला र सुष्मा राई सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ। पदाधिकारीसहित ९० सदस्यीय जिल्ला कमिटीमा सदस्यतर्फ पनि सर्वसम्मत चयन भएको छ।

शुक्रबारदेखि जारी अधिवेशनमा अध्यक्षका दाबेदार तामाङ, राई र आङ्लाले आकांक्षा राखेको भए पनि उनीहरुलाई क्रमश उपाध्यक्ष, सचिव र उपसचिव बनाएर पराजुलीलाई सर्वसम्मत अध्यक्ष बनाएको हो । सुरुमा ४ जनाले दाबी गरेको भए पनि अन्तिम समयमा आएर पराजुली र राईले अध्यक्षमा दाबी गरेका थिए । अन्तिममा सहमतिमा जिल्ला कमिटी घोषणा गरिएको हो । जिल्ला अधिवेशनमा ७ वटा स्थानीय तहबाट करिब ९ सय प्रतिनिधि सहभागी भएका थिए । जिल्ला कमिटीमा ३३ प्रतिशत महिला अनिवार्य सहभागी गराइने जनाइएको छ।

१, भिम राई १५ जना
२, वृष ब राई
३, राम ब खड्का
४, हरि ब खत्रि
५, देबकला तिम्सिना
६, अरुणा राई
७, नम्रता देउजा
८, सम्झना आले
९, मानबी माेक्तान
१०, राजन गिरि
११, दुर्गा सुवेदी
१२, नेत्र भन्डारि
१३, करबिर राई
१४, रुप ब बि क
१५, गाेबिन्द खत्रि

यो पनि पढ्नुहोस..बुटवल। लुम्बिनी प्रदेशका अधिकांश जिल्लामा एमालेको नेतृत्व सर्वसम्मत चयन भएको छ। प्रदेशका १२ जिल्ला मध्ये १० जिल्लामा अधिवेशन भएकोमा सातवटा जिल्लामा सर्वसम्मत नेतृत्व चयन टुंगिएको हो। दुई जिल्ला कपिलवस्तु र पश्चिम नवलपरासीमा भने चुनावमार्फत नेतृत्व चयन गरिएको छ भने प्यूठानमा आइतबार नेतृत्व चयन हुनेछ।एमाले रुपन्देहीको नवौं जिल्ला अधिबेशनबाट तेजेन्द्र केसी अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन्। यसअघि क्षेत्र नम्बर २ का क्षेत्रीय संयोजक रहेका केसी नेकपा हुँदा जिल्ला सहसंयोजक थिए। अध्यक्षमा दावी गरेका पुरुषोत्तम घिमिरेले शनिबार राति अवेर केसीकै नाममा सहमति जनाएपछि नेतृत्व सर्वसम्मत टुंगिएको हो। त्यस्तै उपाध्यक्षमा जगेश्वरदेवी चौधरी, सचिवमा यज्ञ गैह्रे र उपसचिवद्वयमा चित्र बहादुर कार्की र हितराज पन्थी पनि सर्वसम्मत चुनिएका छन्।

नेकपा एमाले दाङको अध्यक्षमा हुकुमबहादुर बस्नेत निर्वाचित भएका छन्। शनिबार सम्पन्न १३ औँ जिल्ला अधिवेशनले बस्नेतको अध्यक्षतामा १२१ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो। उपाध्यक्षमा राममणि पाण्डे, सचिवमा मनोहर बुढाथोकी, उपसचिव कृष्ण भुसाल र हीरादेवी पुन चयन भएका छन्। यसअघि उपाध्यक्ष रहेका बस्नेत सर्वसम्मत अध्यक्ष चयन भएका हुन्।त्यस्तै एमाले पाल्पाको जिल्ला अधिवेशनले धनेन्द्रराज घिमिरेलाई अध्यक्षमा चयन गरेको छ। उपाध्यक्षमा देवीलाल लामिछाने, सचिवमा रामजी पोखरेल र उपसचिवमा टीका थापा तथा सुनिता शर्मा चयन भएका छन्। अधिवेशनले १०५ सदस्यीय जिल्ला कमिटी चयन गरेको छ।नेकपा एमाले कपिलवस्तुको अध्यक्षमा डम्मर शर्मा विजयी भएका छन्। नवौँ जिल्ला अधिबेशनमा सहमति नजुटे पछि भएको निर्वाचनमा शर्मा २३८ मत सहित विजयी भएका हुन्। मतपरिणामको अन्तिम नतिजा अनुसार शर्माका निकटतम प्रतिद्वन्दी बाबुराम खनालले १८६ मत प्राप्त गरेका थिए भने अर्का उम्मेद्वार नेत्रराज अधिकारीले एकसय मत प्राप्त गरेका हुन्।

यस्तै उपाध्यक्षमा विश्रामप्रसाद थारु अत्याधिक मतसहित निर्वाचित भए। थारुले ३४५ मत प्राप्त गरे भने थारुका प्रतिष्पर्धी हिरालाल पौडेलले १६६ मतमा चित्त बुझाए। सचिवमा भने विश्व कार्की निर्वाचित भए। उनका प्रतिद्वन्दी सिवि गहतराजलाई पाँच मतले हराउँदै कार्की सचिवमा निर्वाचित भएका हुन । कार्कीले १७९ मत प्राप्त गरे भने गहतराजले १७४ मत प्राप्त गरे। यस्तै अर्का प्रतिस्प्रर्धी भेषराज पाण्डेले १६३ मत ल्याए।उपसचिवमा अर्जुन केसी १३१ मत सहित विजयी भए प्रतिष्पर्धी विकास आचार्यले ६१, तेजेन्द्र पाण्डेले ५८, विनोद चौधरीले २६ मतमा चित्त बुझाए। नेकपा एमाले अर्घाखाँचीको आठौं अधिवेशनले पिताम्बर भुसाललाई अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित गरेको छ।

एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य रहेका भुसालको बाहेक अन्यको उक्त पदमा दाबी नरहेपछि उनी सर्वसम्मत अध्यक्ष भएका हुन्। यसअघि अध्यक्ष पदमा आकांक्षा देखाएका जिवनारायण कोइरालाले भुसाललाई नै समर्थन गरेर उम्मेदवारी नदिने सहमति जनाएपछि भुसाललाई अध्यक्ष हुन सहज बनेको थियो।नेकपा एमाले बाँकेको आठौं अधिवेशनबाट किस्मत कुमार कक्षपति अध्यक्षमा निर्वाचित भएका छन्। अध्यक्ष पदका दाबेदार डिल्लि बिसिउपाध्यक्ष र अर्का अध्यक्ष पदका दाबेदार रत्न खत्री सचिवमा सर्वसम्मत चयन भएका हुन्।उपसचिवमा दिपक वर्मा र भुमिसरा धिताल चयन भएका छन्। १२० जिल्ला कमिटी सर्वसम्मत चयन गरिएको एमाले बाँकेले जनाएको छ। नेकपा एमालेको बर्दिया जिल्ला कमिटी पनि सर्वसम्मत चयन भएको छ। जिल्ला अध्यक्षमा लालबहादुर श्रेष्ठ चयन भएका छन्। अध्यक्षमा निर्वाचित श्रेष्ठ जिल्लाको बढैयाताल गाउँपालिका अध्यक्ष पनि हुन्।

यस्तै उपाध्यक्षमा शालिकराम अधिकारी सर्वसम्मत चयन भएका छन्। ११६ सदस्यीय कमिटीको सचिवमा पदम ढकाल तथा उपसचिवमा पहारी थारु र टीका सम्सेली चयन भएका छन्।नेकपा एमाले गुल्मीको अध्यक्षमा बालसिंह काउछा र सचिवमा गणेश श्रीपाली निर्विरोध निर्वाचित भएका छन्। जिल्ला सदरमुकाम तम्घासमा भएको ११ औं जिल्ला अधिवेशनबाट अध्यक्षमा काउछा र सचिवमा श्रीपालीको मात्रै उम्मेदवारी परेकाले र्निविरोध भएका हुन्।शुक्रबार सुरु भएको जिल्ला अधिबेशनमा अध्यक्ष र सचिव पदमा बाहेक अरु पदमा धेरै प्रतिस्पर्धीहरुले उम्मेदवारी दिएका छन्। अधिवेशनबाट आगामी तीन वर्षका लागि १०५ सदस्यीय जिल्ला समिति चयन हुनेछ।

त्यस्तै एमाले पश्चिम नवलपरासीको अध्यक्षमा दीपेन्द्र कार्की निर्वाचित भएका छन्। राति सकिएको मतगणनाको परिणाम अनुसार अधिकारी २३२ मत ल्याइ विजयी भएका हुन्। उनका प्रतिष्पर्धी थानप्रसाद गैरेले १८५ मत ल्याए ।त्यस्तै उपाध्यक्षमा डोलराज भण्डारी, सचिवमा धिरज शर्मा बस्याल र उपसचिवद्वयमा राजनकुमार आचार्य र रिंगला यादव निर्वाचित भएका छन् । एमालेको प्यूठान जिल्लामा भने नेतृत्व चयन आइतबार टुंगिने भएको छ। रुकुम पूर्व हिमाली जिल्ला भएकाले पछि मात्र अधिवेशन हुने छ भने रोल्पामा एमाले जिल्ला सचिवको नि,धन भएकाले अधिवेशन स्थगित गरिएको छ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।