नेकपा एमाले चितवनको अधिवेशन स्थगित
चितवन, २६ पुस । नेपाल कम्युनिष्ट पार्टी (एमाले) चितवन शाखाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरिएको छ । पुस २३ गतेदेखि सुरु भएको अधिवेशन २४ गते साँझ २६ गतेसम्मका लागि स्थगित गरिएको थियो । जिल्ला अध्यक्ष पार्वती रावल र सचिव प्रकाश खनाल शैलेसले आज जारी गर्नुभएको विज्ञप्तिमा अर्काे सूचना नभएसम्मका लागि अधिवेशन पुनःस्थगित गरिएको उल्लेख छ । विज्ञप्तिमा कोरोना भाइरसको तेस्रो भेरियन्ट ओमिक्रोनको सङ्क्रमण बढ्दै गएकाले कार्यकर्ताको स्वास्थ्यलाई मध्यनजर गर्दै अधिवेशनअन्तर्गत निर्वाचनको कार्यक्रम स्थगित गरिएको जनाइएको छ ।
उक्त अधिवेशनको पुस २३ गते उद्घाटन र २४ गते बन्दसत्र भएको थियो । बन्दसत्रले पार्टी अध्यक्ष रावलद्वारा प्रस्तुत राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन र कार्यालय सचिव चन्द्रकान्त पौडेलले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पारित गरेको थियो । निर्वाचन प्रक्रिया सुरु हुनुअघि अधिवेशन स्थगित गरिएको हो । जिल्ला अध्यक्षमा चार जनाले उम्मेदवारी दिने भएका थिए ।
यो पनि पढ्नुहोस…काँग्रेसलाई ११ मन्त्रालय दिने, एमालेले ८ मन्त्रालय लिने र बाँकी मन्त्रालयमा सहायक दललाई समेट्ने ओलीकोकाठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचकोभेटवार्ता सतहमा आएजस्तो विषयमा मात्रै केन्द्रीत रहेन । किनकि ओलीले देउवासँगको भेटवार्तामा राजनीतिक कोर्ष करेक्शनकै विषय प्रस्ताव गरेका छन् ।गत भदौ २३ देखि संसद्मा जारी गतिरोध अन्त्य र एमसीसी अनुमोदनको विषयमा मात्रै प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीबीचकोएक्लाएक्लै वार्ता सकियो कि राजनीतिक कोर्ष करेक्शनकै तहमा पुग्यो ?शनिबारदेखि केहीप्रश्नहरु राजनीतिक वृत्तमा उब्जएिको छ ।
किनकि झण्डै चार महिनादेखि चिढीएको प्रतिपक्षलाई फकाउन कुनै कसरत नै नगरेको सत्तापक्ष एमाले अध्यक्षकै दैलोमा पुगेर संवादको सुरुवात गरेको छ । यसले केवल औपचारिकता मात्र नभएर नयाँ राजनीतिक घटना परिघटित हुने संकेतसमेत गरेको छ । फलतः देउवा र ओलीबीचको भेटवार्ताका विषय जति सतहमा आएका छन् त्यो भन्दा धेरै अन्तर्यमा उनीहरुको उठबस छ भन्ने अडकल छ ।संसदको अवरोध हटाउन र एमसीसी सम्झौता संसद्बाट पारित गर्न त एमाले अध्यक्ष ओलीको कुनै विमती नै छैन । किनकि एमसीसी यसअघि नै ओलीले पास गर्न चाहेकै विषय हो भने संसद अवरोध आफ्ना माग सम्बोधनको अस्त्र हो । यसैलाई हतियार बनाएर ओली गठबन्धन भत्काउनेदेखि सत्ता साझेदारीसम्मको मार्ग तयार पारिरहेका छन् । एमाले अध्यक्ष ओली निकट स्रोतका अनुसार प्रधानमन्त्री देउवासँगको वार्तामा ओलीले समीकरण फेरबदलको कुरालाईमुख्य प्रस्तावका रुपमा अघि बढाएका थिए ।
राष्ट्रिय सभा निर्वाचन पछि सत्ता समीकरण फेरबदल गर्दै एमाले र काँग्रेससहित केही साना दलको सहभागितामासरकार बनाउने, देउवालाई प्रधानमन्त्रीकै रुपमा निरन्तरता दिएर काँग्रेसलाई ११ मन्त्रालय दिने, एमालेले ८ मन्त्रालय लिने र बाँकी मन्त्रालयमा सहायक दललाई समेट्ने ओलीको प्रस्ताव थियो ।यसो गर्दा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई राजनीतिक खेलबाटै पत्तासाप पार्ने सकिने ओलीको दृढ विश्वास देखिन्छ । तर बाँकी प्रधानमन्त्री देउवाकै हातमा रहेको एमाले नेताहरु बताउँछन् ।
सांगठनिक आधार कमजोर र विभाजनको मार खेपेका दुई दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सत्ताकै आडमा चुनावमा गएर जनाधार तयार गर्ने अनि सत्ता स्वाद लिइरहने दाउमा छन् । तर एमाले चाहीँ त्यस्तो रणनीति भत्काउने दाउमा छ । यसैकारण ओली एमाले र काँग्रेसको समीकरणसहित सरकार बनाउने र लगत्तै संसदीय चुनाव घोषणा गर्ने चाहनामा लिप्तरहेको विज्ञहरुको बुझाई छ । यसो गरे एमसीसी पास गर्न कुनै समस्या नपर्ने आश्वासनसमेत देउवालाई दिएका छन् ।
अबको राजनीतिक खेलमा स्वदेशी खेलाडीमात्रै होइन बाह्य चलखेल पनि सक्रिय हुने आँकलन कतिपयको छ । समीकरण फेरबदल भएपनि चुनाव घोषणा गर्न दिने र राष्ट्रिय मुद्दामा किचलो मच्चाएर चुनावमा भाँजो हालिरहने नीति विदेशीको हुन सक्छ ।यसबाहेक ओली र देउवाको तयारीमा सभामुखसमेत निर्णायक अवरोधक बन्न सक्नेछन् । ओलीसँग मिलेर एमसीसी पारित गर्न देउवा अघि बढे सभामुखले रोक्न सक्ने आधार छ । जुन खेल पुन शक्तिको दुरुपयोगमा टुंगिन सक्छ । तर एमसीसीकै कार्ड फालेर देउवालाई नयाँ सभामुख ल्याउन बाध्य पार्ने ओलीको अर्काे तयारी हो कि ? त्यो संसय पनि पारिलो बनेर उदाएको छ ।


