क्रिकेट रंगशालाको प्रारम्भिक प्रतिवेदन : भौतिक प्रगति १४ प्रतिशत, ५१ करोड खर्च

कुलप्रसाद काफ्ले/चितवन, २८ पुस ।भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बाँकी काम संघीय सरकारले गर्ने भएको छ । रंगशालाको भौतिक तथा आर्थिक प्रारम्भिक प्रतिवेदन तयार गरेर महानगरले युवा तथा खेलकुद मन्त्रालयमा पेस गरेको छ ।

रंगशाला निर्माणमा पर्याप्त आर्थिक सहयोग उपलब्ध हुन छाडेपछि रंगशाला निर्माणकर्ता धुर्मुस सुन्तली फाउण्डेशनले रंगशालाको स्वामित्व ग्रहण गरिदिन २ पुसमा महानगरलाई पत्र पठाएको थियो । रंगशालाको भौतिक तथा आर्थिक मूल्यांकन गरेर महानगरले प्रतिवेदन मन्त्रालयमा पेस गरेको हो ।महानगरले रंगशालाको भौतिक प्रगति मूल्यांकन गर्न शघन शहरी विकास आयोजना र आर्थिक प्रगति मूल्याकंन गर्न नेपाल चार्टड् एकाउन्टेड संस्थालाई जिम्मा दिएको थियो ।

प्रारम्भिक मूल्याकंन प्रतिवेनदअनुसार रंगशालाको भौतिक प्रगति १४ प्रतिशत छ । रंगशाला निर्माणमा हालसम्म ५१ करोडबढी खर्च भएको देखिन्छ । दुई वटै प्रतिवेदन भरतपुर महानगर प्रमुख रेनु दाहालले युवा तथा खेलकुद मन्त्रालयमा बुझाएकी छन् । रंगशालाको बाँकी काम संघीय सरकारले गर्ने भएको छ ।महानगरले प्रारम्भिक प्रतिवेदन पेश गरेपनि उक्त प्रतिवेदन अध्ययन गरेर मन्त्रालयले अन्तिम रुप दिने भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामबन्धु सुवेदीले बताए । ‘फाइनल मूल्यांकन मन्त्रालयले पनि गर्न सक्छ । हामीलाई प्राप्त प्रारम्भिक प्रतिवेदनअनुसार चाँहि भौतिक प्रगति १४ प्रतिशत छ’, उनले भने, ‘त्यो प्रतिवेदन मेयरसापले मन्त्रालयमा लगेर पेस गरेका छन् ।’

महानगरले बुझाएको प्रतिवेदनमा मन्त्रालयको चित्त नबुझे मन्त्रालय आफैले पनि मूल्याकंन गर्न सक्ने उनको भनाइ छ । सघन शहरीले तीन दिन अगाडि महानगरलाई प्रारम्भिक प्रतिवेदन बुझाएको हो । आर्थिक मूल्यांकनका लागि महागनरले नेपाल चार्टड् एकाउन्टेड संस्थालाई जिम्मा दिएको थियो । संस्थाले आठ दिनअगाडि नै आर्थिक मूल्यांकनको प्रारम्भिक प्रतिवेदन महानगरलाई दिएको हो ।

दुवै निकायले बुझाएको प्रतिवेदनमा प्रारम्भिक भनिएको उनले बताए । नेपाल चार्टड् एकाउन्टेडको प्रारम्भिक प्रतिवेदन अनुसार ५१ करोड बढी खर्च भएको देखिएको उनले बताए । रंगशाला निर्माणमा लागेको ऋणको विषयमा भने मन्त्रालयले अध्ययन गरिरहेको उनको भनाइ छ ।

‘प्रारम्भिक रुपमा ५१ करोडभन्दा केहि बढी खर्च भएको देखिन्छ । वित्तिय प्रगति हेर्न बाँकी छ । ऋण कति रहेछ भनेर स्वतन्त्र अडिटले तयार गर्ने प्रतिवेदनसँग भिडाउन बाँकी छ’, उनले भने, ‘छिटो गरौँ भनेको भएर प्रारम्भिक प्रतिवेदन मन्त्रालयमा पठाइहाल्यौँ । ऋणलगायतका कुरा निकाल्न बाँकी छ ।’

बाँकी कामको विषयमा सरकारले नै निर्णय गर्न सक्ने उनले बताए ।

अनुमानित तीन अर्ब लागतको रंगशाला निर्माण गर्दा हालसम्म ५४ करोडभन्दा बढी खर्च भइसकेको फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसको दाबी छ । ५४ करोडमा १७ करोडजति त ऋण नै रहेको उनले बताए । फाउण्डेशनले महानगरलाई स्वामित्व ग्रहण गरिदिन भनेर लेखेको पत्रमा रंगशालाको भौतिक प्रगति ३५ प्रतिशत छ ।

रामपुरमा ३० हजार क्षमताको रंगशाला निर्माण गर्न भरतपुर महानगरपालिका र फाउण्डेशनबीच १६ माघ २०७५ मा सहमति पत्रमा हस्ताक्षर भएको हो । जनस्तरबाट आर्थिक संकलन गरेर रंगशाला निर्माण गर्ने फाउण्डेशनको योजना थियो । यसबीचमा सिर्जित कोरोना महामारीका कारण पर्याप्त आर्थिक संकलन हुन सकेन ।

रंगशाला बनाउन महानगरले कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरसँग २० बिघा छ कठ्ठा जग्गा लिएको हो । सहमति पत्रमा हस्ताक्षर भएको दुई वर्षभित्र रंगशाला निर्माण सम्पन्न हुने बताइएको थियो ।फाउण्डेशनका अनुसार रंगशालामा तीन हजार दर्शकले बसेर खेल हेर्न मिल्ने प्याराफिट बनिसकेको छ । मैदान पनि तयार भइसकेको छ । रंगशालाको लागि ४० हजार जनाभन्दा बढीले आर्थिक सहयोग गरेका फाउण्डेशनले बताएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।