लोहियाको अध्यक्षतामा प्रेस चौतारी बैतडीको जिल्ला कमिटी गठन

बैतडी, २७ पुस/प्रेस चौतारी नेपाल बैतडीको अध्यक्षमा पत्रकार चन्द्र प्रकाश लोहिया सर्वसम्मत चयन भएका छन् । चौतारीको छैटौं जिल्ला अधिवेशनले पत्रकार लोहियाको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो । कमिटीको उपाध्यक्षमा प्रकाश चन्द्र भट्ट, सचीवमा गोबिन्द पन्त, उपसचिवमा मंगेश दयाल तथा कोषाध्यक्षमा दिपेन्द्र भण्डारी चयन भएका छन् ।

मंगलबार जिल्ला सदरमुकाम स्थित भूमिमा सहकारी संस्थाको सभाहलमा भएको जिल्ला अधिवेशन उद्घाटन समारोहका प्रमुख अतिथी बैतडीबाट निर्वाचित प्रदेशसभा सांसद एवं नेकपा(एमाले)का केन्द्रीय सदस्य लिलाधर भट्ट प्रमुख अतिथी रहेका थिए । कार्यक्रममा समाजवादी प्रेस संगठनका प्रदेश अध्यक्ष नरेन्द्र भट्ट, एमाले बैतडीका उपसचिव सरस्वती नेपाली लगायतको सहभागिता थियो भने जिल्ला स्थीत बिभिन्न सञ्चारमाध्यममा आवद्ध पत्रकारहरु सहभागी थिए ।

उद्घाटन समारोहको सम्बोधन गर्दै प्रदेश सांसद भट्टले पत्रकारहरुका हकहितका लागि आफ्नो तहबाट सकिने पहल थाल्ने बताएका छन् । ‘पत्रकारहरु पलायन हुने अवस्थालाई रोक्न सरकारले भूमिका खेल्नुपर्ने जरुरी देखिन्छ । मिडियाहरुलाई अहिले पहुँचका आधारमा मात्रै बिज्ञापन वितरण गरिएको पाइन्छ । काम गर्ने भन्दा चाकडी गर्नेहरुले लाभ लिइरहेकाले यो पद्धती हटाउनु जरुरी छ ।’

नव निर्वाचित कमिटिका अध्यक्ष लोहियाले बैतडी जिल्लाका पत्रकारहरुको पेशागत हकहितमा काम गर्ने प्रतिवद्धता जनाएका छन् । उनी बिगत १४ वर्ष यता बैतडीमा क्रियाशील पत्रकारको रुपमा रहेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।