ड’ढेलोमा परी ज्यान गुमाएका वृद्धाको परिवारलाई एक लाख सहयोग
खोटाङ, २६ पुस /सामुदायिक वन उपभोक्ता महासंघले खोटाङमा ड’ढेलोमा परी ज्यान गुमाएका एक वृद्धाको परिवारलाई बीमा बापतको रकम प्रदान गरेको छ । तारे भीर सामुदायिक वनमा लागेको ड’ढेलोमा पर्दा गत २५ चैतमा ज्यान गुमाएकी बराहपोखरी गाउँपालिका–२ सुन्तलेका ७३ वर्षीय डम्बरकुमारी आले मगरका परिवारलाई महासंघले वीमावापत एक लाख राहत रकम उपलब्ध गराएको हो ।
सामुदायिक वन उपभोक्ता महासंघ खोटाङका अध्यक्ष राजेन्द्र राईले ड’ढेलोमा ज्यान गुमाएकी डम्बरकुमारीकी छोरा कृष्णबहादुर आले मगरलाई बुधबार भगवती सामुदायिक वनको कार्यालयमा एक कार्यक्रमका बीच राहत हस्तान्तरण गरेका हुन् । सामुदायिक वन उपभोक्ता महासंघ केन्द्रीय कार्यालयको दैवी प्रकोप कोषबाट मृ’तक डम्बरकुमारीको परिवारलाई राहत स्वरूप रकम उपलब्ध गराइएको अध्यक्ष राईले बताए ।
मगर परिवार भगवती सामुदायिक वन लगायतका सामुदायिक वनको उपभोक्ता हुन् । ड’ढेलो निभाउने क्रममा वा अन्य कारणबाट ड’ढेलोमा परी ज्यान गुमाएका सामुदायिक वनका उपभोक्तालाई लक्षित गर्दै स्थापना गरिएको कोषबाट मगर परिवारलाई राहत प्रदान गरिएको हो ।
जंगलमा लागेको ड’ढेलोको लप्काले भेट्दा डम्बरकुमारीको घट्नास्थलमै मृ’त्यु भएको थियो । बारीको डिलसम्म आइपुगेको ड’ढेलो नजिक पुग्दा साडीबाट शरीरमा आगो सल्किँदा उनको जलेर मृ’त्यु भएको थियो ।


