गाईघाटमा प्रदेश १ स्तरीय पुस्तकालय सम्मेलन सुरु

उदयपुर, प्रदेश १ का सामाजिक बिकास मन्त्री जयराम यादवले सार्वजनिक तथा सामुदायिक पुस्तकालहरुको संस्थागत विकासका निम्ति मन्त्रालय प्रतिबद्ध रहेको बताएका छन् ।

विकसित मुलुकमा पुस्तकालयको अवस्थालाई हेरेर त्यहाँको राजनीतिक, सामाजिक, आर्थिक, शैक्षिक अवस्थाको मापन गर्न सकिने उनले बताए । समाज रुपान्तरणको अभियानमा पुस्तकालयको अहम भूमिका हुने भएकाले जनताको विश्वविद्यालयको रुपमा हेरिएको सामुदायिक तथा सार्वजनिक पुस्तकालयलाई दिगो बिकास गर्ने सोचमा मन्त्रालय रहेको स्पष्ट पारे ।

पुस्तकालयबाट ज्ञान, सिप, संस्कृति र सभ्यता दिने भएकाले यसको दिगो रुपमा विकास गर्नु पर्नेमा उनले जोड दिए । पुस्तकालयलाई प्रविधिमैत्री बनाउँदै लैजान मन्त्रालयले नीति बनाउन लागेका उनले जानकारी दिए ।

‘सबल समाजको आधार पुस्तकालयको विकास र विस्तार जीवनपर्यन्त शिक्षाका लागि एक स्थानीय तह एक नमुना पुस्तकालय हाम्रो अभियान’ भन्ने नारासहित उदयपुरमा प्रदेश १ स्तरीय सामुदायिक तथा सार्वजनिक पुस्तकालय सम्मेलनको बुधवार उद्घाटन गर्दै यादवले यस्तो बताएका हुन् । उनले गुणस्तरीय शिक्षामा पुस्तकालयको महत्वर्पूण भूमिका हुने भएकाले यसलाई चलाएमान बनाउन सबै पक्षसँग आग्रह गरे । उनले जिल्ला अस्पताल गाईघाटबाट सर्वसाधारणलाई गुणस्तरीय सेवा दिन आवश्यक पर्ने उपकरण तथा एम्बुलेन्स, शब वाहन मन्त्रालयले उपलब्ध गराउने जानकारी दिए ।

संगम सामुदायिक पुस्तकालयको आयोजनामा सुरु भएको सम्मेलनमा प्रदेश १ का सबै पालिकाहरुमा पुस्तकालय स्थापना गर्ने र पठन सस्कृतिको विकास गर्ने लक्ष्यका साथ पुस्तकालय सम्मेलन आयोजना गरिएको हो ।

सम्मेलनमा सहभागी पुस्तकालयहरुको सहकार्यमा सुरु भएको कार्यक्रमलाई उदयपुरका आठ वटै स्थानीय तहहरुले सहयोग गरेको संगम सामुदायिक पुस्तकालयका अध्यक्ष भरत खड्काले बताए । कार्यक्रमको बारेमा जानकारी दिँदै खड्काले पढ्न संस्कृतिको विकास गर्न सम्मेलनको आयोजना गरेको बताए ।
दुई दिनसम्म संचालन हुने सम्मेलनमा प्रदेश १ को ताप्लेजुङ, तेह्रथुम, पाँचथर, झापा, मोरङ, सुनसरी, धनकुटा, इलाम, संखुवासभा, खोटाङ, उदयपुरका प्रतिनिधिहरुको सहभागीता रहेको संगम सामुदायिक पुस्तकालयका उपाध्यक्ष टंकप्रसाद गुरागाईले जानकारी दिए । सम्मेलनले उदयपुर घोषणा पत्र जारी गर्दै प्रदेश १ स्तरीय समिति गठन गरिने जनाइएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।