कु’टपि’टबाट राईको मृ त्यु, कु’टपि’टमा संग्लग्न प’क्राउ

संखुवासभा,पौष २९ ।संखुवासभाको खाँदवारी नगरपालिका-१ का ४० बर्षीय महेश राईको कु’टपि’टबाट मृ त्यु भएको छ भने कु’टपि’टमा संग्लग्नलाई प्रहरीले प’क्राउ गरेको छ । प’क्राउ पर्नेमा सुङदेल-३ खोटाङ घर भई सोही स्थानमा डेरा गरी बस्ने २८ बर्षीय शम्भु राई रहेका छन् । मृ तक र अ’भियुक्त बिच पौष २६ गते राती बा’दबि’बाद भएको र बा’दबि’बादकै क्रममा शम्भु राईले कु’टपि’ट गर्दा महेश राई घा’ईते भएका थिए ।

घा’ईते भएका राईको बुधवार बिहान मृ त्यु भएको हो । घटनाबारे जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरी टोलीले अ’भियुक्तलाई प’क्राउ गरेको छ । ह त्याको आ’रोपमा प’क्राउ परेका राईको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

पीएम कपः सुदूरपश्चिमको पहिलो जित
काठमाडौं, २९ पुस/सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री (पीएम) कप टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । बिहीबार बिहान भएको खेलमा सुदूरपश्चिम प्रदेशले कर्णाली प्रदेशलाई ४७ रनले पराजित गर्‍याे । जितका लागि १५४ रनको विजयी लक्ष्य पाएको कर्णाली प्रदेश १९ ओभर एक बलमा अल आउट भएसँगै सुदूरपश्चिमले पहिलो दुई अंक पाएको हो ।कर्णालीका कप्तान रवीन्द्र शाहीले सर्वाधिक ३५ रन बनाए । यस्तै अर्जुन घर्तीले रन आउट हुनुअघि ३० रनको योगदान गरे । अनुप कुँवरले १३ रन बनाउनुबाहेक कर्णालीका तीन खेलाडी शून्यमा आउट भए ।

कर्णालीलाई सस्तैमा समेट्न सुदूरपश्चिमका शेर मल्ले सर्वाधिक चार विकेट हात पारे । चार ओभरमा १५ रन मात्र खर्चिए । यस्तै हेमन्त धामीले दुई विकेट लिँदा विकाश अग्री, आदितय महता र गजेन्द्र बोहराले समान एक विकेट लिए । यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङका गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १५३ रनको योगफल तयार पारेको थियो ।

सुदूरपश्चिमका अर्जुन साउदले सर्वाधिक ३२ रन बनाए । यस्तै वसन्त कार्कीले २८, दिपक बोहोराले २५ र खडक बोहोराले २२ रनको योगदान गरे ।कर्णालीका प्रकाश जैसीले सर्वाधिक तीन विकेट लिए । त्यस्तै रविन्द्र शाही र दिवान पुनले समान दुई विकेट लिँदा दिनेश अधिकारीले एक विकेट लिए ।

जितसँगै सुदूरपश्चिमले समूह ए बाट दुई अंक जोडेको छ । उसले दुई खेल खेल्दै तेस्रो स्थानमा उक्लिएको हो । यस्तै कर्णालीको समेत दुई खेलबाट एक जित र एक हारसहित दुई अंक रहेको छ । दुई खेलमा शत प्रतिशत जित निकालेको पुलिस शीर्ष स्थानमा छ । तीन खेलमा तीन अंक बनाएको आर्मी दोस्रो स्थानमा छ । सुदूरपश्चिम तेस्रो स्थानमा रहँदा कर्णाली चौथो स्थानमा झरेको छ । प्रदेश १ भने एक अंकसहित पुछार तथा पाँचौ‌ं स्थानमा छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।