प,हिरो ख,स्दा तीन बे,पत्ता

धादिङ, २९ पुस ।रुबीभ्याली गाउँपालिका वडा नम्बर १ तिप्लिङको पुरु नजिकै गए राति प,हिरो ख,स्दा तीन जना हराइरहेका छन् । लब्दुङबाट लिङ्जोतर्फ सडक खन्दै गरेका अवस्थामा प,हिरो ख,स्दा स्काभेटरसमेत पुरिएको छ ।धादिङबेँसी सदरमुकामबाट दुई दिनको पैदल दूरीमा पर्ने सो क्षेत्रमा विकट गाउँमा सडक पु¥याउन काम भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले बताउनुभयो । घटनास्थलमा नेपाल प्रहरी र स्थानीयवासी पुग्दै गरेकाले थप विवरण आउन बाँकी छ । घटनामा हराएकाहरुको खोजी भइरहेको छ । स्काभेटर चालक, उनका सहयोगी र एक स्थानीयवासी हराएको तिप्लिङका शिक्षक नरबहादुर घलेले बताउनुभयो ।

कर्णाली प्रदेशसभामा तीन अध्यादेश पेश
कर्णाली, २९ पुस । कर्णाली प्रदेशसभाको नवौ अधिवेशनको पहिलो बैठकमा तीन अध्यादेश पेश तथा दुई विधेयकको फिर्ता प्रस्ताव गरिएको छ ।प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले बुधबार प्रदेशसभाको सदन चालु नभएको अवस्थामा प्रदेश प्रमुखबाट प्रदेश सरकारका नियमित कार्य सञ्चालनका लागि जारी गरेका कर्णाली प्रदेश लोक सेवा आयोग दोस्रो संशोधन अध्यादेश २०७८, प्रदेश लोक सेवा आयोगका पदाधिकारीको पारिश्रमिक, सेवाका शर्त र सुविधासम्बन्धी अध्यादेश, २०७८ तथा कर्णाली प्रदेश खेलकुद विकास पहिलो संशोधन, २०७८ सभासमक्ष पेश गर्नुभयो।त्यसैगरी मन्त्री विष्टले कर्णाली प्रदेश विनियोजन विधेयक, २०७८ र कर्णाली प्रदेश आर्थिक विधेयक, २०७८ सभाबाट फिर्ता लिनका लागि प्रदेशसभा नियमावली २०७४, नियम ११९ को उपनियम ३ बमोजिम सभाबाट फिर्ता लिन लागि सभासमक्ष प्रस्ताव पेश गर्नुभयो ।

त्यस्तै प्रदेशसभाको बैठक चालु नभएको अवस्थामा प्रदेश प्रमुखबाट प्रदेश सरकारका नियमित कार्य सञ्चालनका लागि कर्णाली प्रदेश विनियोजन अध्यादेश, २०७८ र कर्णाली प्रदेश आर्थिक अध्यादेश २०७८ जारी गर्न अतिआवश्यक भएकाले सो बमोजिम गरी प्रदेशसभा नियमावली २०७४ नियम ७३ बमोजिम उक्त अध्यादेश सभासमक्ष पेश गर्नुभयो ।
संवैधानिक व्यवस्थाले भेट हुन बाध्य पा¥यो ः नेता कँडेल-नेकपा एमाले कर्णाली प्रदेशसभा दलका नेता यामलाल कँडेलले संवैधानिक व्यवस्थाका कारण सरकारलाई प्रतिपक्षी दलसँग भेट हुन बाध्य परेको बताउनुभएको छ । उहाँले असार महिना यता प्रदेशसभाको अधिवेशन नचले पनि सरकारमा निकै फेरबदल भएको बताउनुभयो ।

गठबन्धन सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई बधाई ज्ञापन गर्दै नेता कँडेलले नवगठित सरकारको अहिले नै टिप्पणी गर्ने बेला नभए पनि प्रदेशभरि सरकारका कति योजना छन् भन्नेमा प्रदेशसभा सदस्य सुसूचित हुन पाउनुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “विकास गर्नेभन्दा खाने संस्कृति कर्णालीमा मौलायो, समाजलाई चाहिनेभन्दा घरलाई चाहिने पाँच÷सात लाखका योजना सरकारले वितरण गर्दै आएको छ, भरपोषण योजनामा बजेट विनियोजन गरिएको छ ।” मुख्यमन्त्री रोजगार कार्यक्रमले सुशासन प्रत्याभूति दिन नसकेको, कार्यविधि मुख्यमन्त्री केन्द्रित बनेको र पूँजीगत बजेटलाई दान दातव्य बाँड्ने गरी सरकारले कार्यविधि बनाएको नेता कँडेलले आरोप लगाउनुभयो । झ्याल झ्यालमा मन्त्रालयको साइनबोर्ड झुण्ड्याउने कामलाई सरकारले बढावा दिएको उहाँको भनाइ थियो ।

बैठकमा बोल्दै नेकपा (माओवादी केन्द)का प्रमुख सचेतक ठम्मर विष्टले मुख्यमन्त्रीले सरकार पूर्णतालाई जिम्मेवारीका साथ लिनुपर्नेमा जोड दिनुभयो । कर्णालीले हरेक मामिलामा कीर्तिमानी कायम गरेको भन्दै उहाँले बजेट प्रणालीमा अपारदर्शिता बढ्दै गएको र जनप्रतिनिधिलाई पनि अवगत हुनुपर्ने बताउनुभयो । नेकपा (एकीकृत समाजवादी) का प्रदेशसभा सदस्य देवी ओलीले कोही कसैले कसैलाई कटाक्ष गर्नु औचित्य नरहेको बताउनुभयो । कर्णालीको विकास र संविधान कार्यान्वनयमा भएका अपुगताको समीक्षा गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । नेपाली काग्रेस प्रदेशसभा सदस्य यज्ञबहादुर बुढाक्षेत्रीले सहमति, सहकार्य र समझदारीले मात्र कर्णालीको विकास हुने बताउनुभयो । विगतमा भएका कमी कमजोरीलाई सच्याउँदै सरकार अघि बढ्नुपर्ने सदस्य बुढाक्षेत्रीको सुझाव थियो । अर्को बैठक आगामी माघ २ गते ३ः०० बजे हुने जानकारी दिनुभएको थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖