फोनिज प्रदेश १ को दोश्रो महाधिवेशन ११ बुदे पथरी घोषणा पत्र जारी गर्दै सम्पन्न
मोरङ । नेपाल आदीवासी जनजाती पत्रकार महासंघ प्रदेश १ को दोश्रो महाधिवेशन ११ बुदे पथरी घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ ।
आज विहान मोरङको पथरीमा सम्पन्न अधिवेशनले
–प्रदेश १ को नामांकरण पहिचान र सामाथ्र्यको आधारमा लिम्बुवान किरात वा किरात लिम्बुवान यथाशिघ्र राख्नु पर्ने ।
–प्रदेश १ मा रहेका सबैखालका सञ्चार प्रतिष्ठानलाई आदीवासी जनजातीमैत्री बनाउन सम्बन्धित सबै पक्षासँग माग गर्दै आदीवासी जनजाती पत्रकारहरुलाई प्रतिष्ठानमा प्रतिनिधित्व सुनिश्चित गर्न माग ।
–प्रदेश स्तरिय आदीवासी जनजाती आयोग प्रतिष्ठानको गठन गर्नुपर्ने ।
–आदीवासीजनजाती सत्रकारहरुको क्षामता अभिवृद्धि,वृत्तिविकास र पेशागत सूरक्षाको प्रत्याभूति हुनेगरी कार्यक्रम लागु गर्नुपर्ने ।
–आदीवासीजनजातीहरुले सञ्चालन गरेको रेडियो,सपपत्रिका , अनलाईन लगायत सञ्चार माध्यमलाई विशेष स’विधा सहित संरक्षण गर्ने नीति निर्माण गरि कार्यन्वयन गर्नु पर्ने ।
–कोभिड १९ को नयाँ भेरियन्टबाट बच्न स्वास्थ्य सेवा लगाउत विभिन्न सुविधा नि शूल्क प्रदान गर्नुपर्ने । साथै सञ्चार संस्थाहरुलाई विशेष सेवा स’विधा दिनुपर्ने ।
–श्रमजिवी पत्रकार ऐनको प्रभावकारी ढंगले व्यवहारिक कार्यन्वयन गर्नुपर्ने ।
–महिला अल्पसंख्यक,सीमान्तकृत, लोपोन्मुख सम’दायलाई पत्रकारिताको मूल प्रवाहमा ल्याउन विशेष कार्यक्रमको व्यवस्था गर्नुपर्ने ।
– पथरी शनिश्चरे नगरपालिका क्षेत्रमा आदिमकालदेखी बसोवास गरिरहेका धिमाल जातहिरुको ऐतिहाँसिक थातथालो -ग्रामथान_ हरुको संरक्षण,संवद्र्धन र प्रवद्र्धन गर्न स्थानिय सरकार सँग माग ।
–दोश्रो महाधिवेशन सफलता पूर्वक सम्पन्न गर्न सहयोग गर्नुहुने सबैलाई धन्यवाद ज्ञापन सहितको ११ बुँदे घोषणा पत्र जारी गरेको हो ।
महाधिवेशनले सन्तवीर लामाको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्य समिति समेत चयन गरेको छ । समितिको उपाध्यक्षमा राजेन्द्र दुष्ट,महासचिवमा सुशन राई,सचिवमा सन्देश सुब्बा र कोषाध्यक्षमा प्रेम देवान रहेका छन् ।
सदस्यहरुमा बसन्त पालुङवा,मोहन तामाङ,संदिप राई,ब्रम्हालाल हजारी,सुप्रिया राई,सर्मिला राई,प्रमिला श्रेष्ठ,विजय धिमाल,रहेका छन् ।
लेखा समिति संयोजकमा महेन्द्र मादेन, सदस्यहरुमा दीपक राई,नेत्रकुमार सुनुवार चयन भएका छन् । त्यस्तै अनुशासन समिति तर्फ संयोजक वीर बहादुर पापो र सदस्यहरुमा सोनीकुमार आङदेम्बे र विजयकुमार राई चयन भएका छन् ।
महाधिवेशनको उद्घाटन प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्र बहादुर आङबोले गर्नुभएको थियो ।



