संखुवासभामा शं’कास्पद बस्तु फेला, सेनाको टोली नआइपुग्दा त्रा’स

संखुवासभा, ३० पुस /संखुवासभाको चैनपुर नगरपालिका–६ बजार नजिकैको शं’कास्पद बस्तु फेला परेको २४ घण्टा पुग्न लाग्दामा पनि सेनाको ब’म डिस्पोजल टोली आइनपुग्दा त्रा’सको वातावरण सृजना भएको छ । चैनपुर– ६ को टेलिकम टावर नजिकै गढी डाँडा छेउमा बिहीबार साँझ शं’कास्पद बस्तु फेला परे पनि शुक्रबार अपरान्हसम्म सेनाको टोली आइनपुगेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रमुख प्रहरी निरीक्षक योगराज खतिवडाले बताए ।

पार्क बनाउन स्काभेटरले खन्ने क्रममा बिहीबार साँझ शं’कास्पद वस्तु फेला परेको प्रहरी निरीक्षक खतिवडाले बताए । शं’कास्पद बस्तु फेला परेको क्षेत्रमा प्रहरीले सु’रक्षा गरिएको उनको भनाइ छ ।

उक्त शं’कास्पद बस्तु डि’स्पोजका लागि सदरमुकाम खाँदबारीमा रहेको नेपाली सेनाको नयाँ भैरवी दल गुल्मको टोलीलाई खबर गरिसकेको भए पनि अहिलेसम्म आइनपुगेको प्रहरी निरीक्षक खतिवडाले बताए । चैनपुर–६ गढी डाडाँमा प्रदेश १ सरकार पर्यटन मन्त्रालयको सहयोगमा पार्क निर्माण हुन लागेको छ ।

मकै जोन कार्यक्रमबाट किसान उत्साहित
फुङ्लिङ, ३० पुस (रासस) ः ताप्लेजुङका विभिन्न स्थानमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत मकै जोन कार्यक्रम लागू भएको छ । सो कार्यक्रम लागू भएपछि यहाँका किसान उत्साहित भएका छन् ।

चालु आर्थिक वर्षदेखि जिल्लाको ६१ वडामध्ये २० वटामा यो कार्यक्रम पहिलोपटक लागू भएको हो । यो कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि सन्तोष भट्टराईको संयोजकत्वमा नौ सदस्यीय सञ्चालन समन्वय समिति गठन गरिएको छ । समितिको सदस्यमा बालकुमारी कार्की भट्टराई, यज्ञकुमारी पौडेल, कुमारी न्यौपाने, जीवन सिग्देल, दीपक थापा, रञ्जित माबो लिम्बू र कमलकुमार राई रहनुभएको छ ।

जिल्लाको नौ स्थानीय तहमध्ये फुङ्लिङ नगरपालिकासहित सिदिङ्वा गाउँपालिका, मिक्वाखोला, पाथीभरा याङ्वरक र सिरिजङ्घा गाउँपालिकासमेत पाँच स्थानीय तहका २० वटा वडामा मकै जोन कार्यक्रम कार्यान्वयन गरिने छ । पहिलो वर्ष उक्त वडाका ४७५ हेक्टर क्षेत्रफलमा कार्यक्रम कार्यान्वयन गर्न लागिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अलैँची जोन कार्यालयले जनाएको छ ।

यस्तै अलैँची जोन कार्यक्रम भने आव २०७५÷७६ देखि नै लागू भएको हो । फुङ्लिङ नगरपालिकासहित मैवाखोला गाउँपालिका, मिक्वाखोला, फक्ताङ्लुङ, आठराई त्रिबेणी, पाथीभरा याङ्वरक, मेरिङ्देन र सिरिजङ्घा गाउँपालिकाका ३९ वडामा यो कार्यक्रम लागू गरिएको छ । अलैँची जोन कार्यक्रमअन्तर्गत क्षेत्र विस्तार गरेर हालसम्म एक हजार २३८ हेक्टर क्षेत्रफलमा अलैँची खेती हुँदै आएको छ ।

उक्त क्षेत्रमा गरिएको अलैँची खेतीबाट ७३०.५ मेट्रिक टन अलैँची उत्पादन हुने गरेको जोन कार्यालयका प्रमुख निमित्त वरिष्ठ कृषि अधिकृत काशीराम पाण्डेले जानकारी दिनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।