पीएम कपः अपराजित एपीएफ सेमिफाइनलमा

काठमाडौं, ३० पुस/लुम्बिनी प्रदेशमाथि सात विकेटको जित निकाल्दै अपराजित एपीएफ क्लब प्रधानमन्त्री (पीएम) कप टी २० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । शुक्रबार मुलपानी क्रिकेट मैदानमा भएको दोस्रो खेलमा लुम्बिनीले दिएको १०५ रनको लक्ष्य एपीएफले ११ ओभरमा मात्र तीन विकेट गुमाएर पूरा गर्‍याे ।

एपीएफको जितमा आसिफ शेखले सर्वाधिक ४३ रन बनाए । २६ बल खेलेका आसिफले चार चौका र तीन छक्का प्रहार गरे । त्यस्तै प्रदीप ऐरीले ३६ रनमा बनाउँदा लोकेश बम सात र सन्दीप जोरा ९ रनमा अविजित रहे ।

लुम्बिनीका बसिर अहमेदले दुई र सिद्धान्त साहीले एक विकेट लिए ।यसअघि टस हारेर ब्याटिङ गरेको लुम्बिनी प्रदेशले निर्धारित २० ओभरमा अल आउट हुँदै १०४ रनको योगफल तयार पारेको थियो ।

लुम्बिनीका देव खनालले सर्वाधिक ४३ रन बनाएका थिए । त्यस्तै सुशान्त थापाले १८ र कप्तान कृष्ण कार्कीले १३ रनको योगदान गर्दा अन्य ब्याटरले दोहोरो अंक बनाएनन् । एपीएफका कमलसिंह ऐरी, किशोर महतो, अविनाश बोहरा र दीपक बोहराले समान दुई विकेट लिएका थिए । त्यस्तै कप्तान शरद भेषावकरको नाममा एक विकेट रह्यो ।

एपीएफले समूह बी का चार खेलबाट आठ अंक जोड्यो। तीन खेलमध्ये एकमा जित र दुईमा हारको नतिजा आत्मसाथ गरेकाे लुम्बिनी भने तालिकाको चौथो स्थानमा छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।