कोरोना भाइरस सङ्क्रमणको बढ्दो जोखिमसँगै सतर्कता अपनाउन आग्रह

मनाङ, १ माघ । जिल्ला प्रशासन कार्यालय मनाङले कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको न्यूनीकरण तथा नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले सूचना जारी गरी कोभिड–१९को नयाँ भेरियन्टको बढ्दो सङ्क्रमणको रोकथाम तथा नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसिसी)को सिफारिस एवं गृह मन्त्रालयको निर्णय, सङ्क्रामक रोग ऐन २०२० को दफा २ ले दिएको अधिकार र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी सकर्तकता अपनाउन आग्रह गर्नुभएको हो ।

कोभिड–१९ को बढ्दो सङ्क्रमणलाई मध्यनजर गरी घर बाहिर वा सार्वजनिकस्थलमा निस्किँदा सबैले मास्कको अनिवार्य प्रयोग गर्नुपर्ने, राजनीतिक, आर्थिक, सामाजिक, व्यावसायिक तथा अन्य गतिविधि सञ्चालन गर्दा नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूर्णरुपमा पालना गरेर मात्र कार्य सञ्चालन गर्न÷गराउन अनुरोध गरिएको छ । त्यस्तै सार्वजनिकस्थलमा सबै प्रकारका राजनीतिक तथा धेरै मानिस उपस्थित हुनेगरी प्रशासनिक तथा सामाजिक एवं यस्ता प्रकृतिका कार्यक्रम नगर्ने÷नगराउने तथा अत्यावश्यक नियमित कार्यक्रमको हकमा स्थानीय प्रशासनको अनुमति लिएर मात्र स्वास्थ्य मापदण्डको पालना गरी गर्ने÷गराउने व्यवस्था मिलाउन प्रशासनले आदेश जारी गरेको छ ।

त्यसैगरी २५ जनाभन्दा बढी मानिसको उपस्थित हुनेगरी कुनै पनि किसिमको मेला, भेला एवं सामाजिक कार्य गर्न पनि प्रशासनले रोक लगाएको सूचनामा उल्लेख छ । जिल्लास्थित सबै सरकारी, सार्वजनिक, गैरसरकारी, बैंक तथा वित्तीय संस्थाले भिडभाड नहुने गरी आलोपालो वा टोकन प्रणालीबाट सेवा प्रवाह गर्न अनुरोध गरिएको छ । सार्वजनिक स्थान (कार्यालय, होटल, रेष्टुरेन्ट, हवाई यात्रा पार्क आदी) मा यही माघ ७ देखि कोभिड–१९ विरुद्धको खोप लगाएको कार्ड हेरेर मात्र प्रवेश दिने व्यवस्था मिलाउनुपर्ने प्रशासनको सूचनामा उल्लेख छ ।
त्यसैगरी फागुन मसान्तसम्म जाडो बिदाका कारण विद्यालयमा जाडो बिदा रहनेछन् । कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्रको सिफारिसमा शिक्षा, विज्ञान तथा मन्त्रालयको सूचनाबमोजिम माघ १५ गतेसम्म भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन नगर्ने÷नगराउने तथा पूर्वनिर्धारित परीक्षा स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गर्नबाहेक कक्षा बन्द रहने जारी सूचनामा उल्लेख छ ।

त्यसैगरी सार्वजनिक सवारीसाधन स्वीकृत सिट क्षमताभन्दा बढी यात्रु नराख्ने तथा सबै यात्रुले अनिवार्यरुपमा मास्क लगाउने, चालक र सहचालकले अनिवार्य मास्क र सवारी साधन दैनिकरुपमा स्यानिटाइज गर्नुपर्ने एवं खोप कार्यक्रमलाई सफल बनाउन स्वास्थ्य सुरक्षा मापदण्डको पालना हुने गरी खोप अभियानलाई सबै स्थानीय तहले तीव्रता दिनुपर्ने सूचनामा भनिएको छ ।कोभिड–१९ को सम्भावित तेस्रो लहरबाट जोगिन उपयुक्त स्वास्थ्य सतर्कता अपनाउने यससम्बन्धी आदेशको प्रभावकारी पालना सम्बन्धमा सुरक्षा निकायबाट नियमित तथा आकस्मिक अनुगमन हुने निर्णय प्रशासनले जनाएको छ । अनुगमनका क्रममा यस आदेशको अवज्ञा भएको पाइएमा सङ्क्रामक रोग ऐन, २०२० अनुसार कारबाही हुने स्थानीय प्रशासनले सबैमा जानकारी गराएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।