फुङ्लिङमा ‘पालाम’ वृतचित्रको विमोचन

खगेन्द्र अधिकारी /ताप्लेजुङ, २ माघ । माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा विमोचन गरिएको छ ।

माघे संक्रान्ति अर्थात् कक्फेक्वा तङ्नामको अवसर पारेर माङ्गेना अनलाइन टिभीले तयार पारेको पालामको प्रदेशसभाका सांसद प्रतापप्रकाश हाङ्गामले बिमोचन गरे । १८ मिनेट लामो पालामभित्र लिम्बू जातिको मौलिक संस्कृति र परम्पराको गाथा गाइएको छ । ‘शिर उठाइ डुली हिड्दा,धर्ती माथि घुमी हिड्दा’भन्ने शब्दबाट सुरु भएको पालामका अधिकांश सेरहरु प्रेमिल भावमा बगेका छन् ।

‘पृथ्वी माथि घुमी हिँड्दा, प्रेमको पर्दा खोली हेर्दा’ यो शब्दले गीतबाटै प्रेमीप्रेमिकाको साइनो जोड्न खोजेको छ । कथाका पात्र र बिषय काल्पनिक बनाएर तयार पारिएको पालममा‘फुलजस्तो जोवन फुलेछौ नी, प्रेममा सुहाउँदो भए छौ नी’ प्रेमीले प्रेमिकालाई यसरी जिस्क्याएका छन् ।प्रेम बराबर हुने तर्क गरिएको पालाममा राजा नापिने ढुङ्गामा पुगेर प्रेमी प्रेमिकाले आफ्नो उचाइ ग्रहण गरेर प्रेमलाइ तराजुमा जोख्न नहुने अडान कसिएको छ । ‘बलेसी पानी तत्प खस्यो, भन्नलाई बात ठ्याक्क बस्यो’अन्तिम सेरमा यसो भन्दै पालामको बिट मारिएको छ । माङ्गेना अनलाइन टिभीका प्रोपाइटर भक्त पालुङ्वा र कौशिला चोङ्वाङको मुख्य अभिनय रहेको पालामको अधिकांश दृश्य दोभानमा पुसेमेलाका क्रममा कैद गरिएको छ ।

धनुषकाँड र बिनायोको प्रयोग देखि ऐतिहासिक मानिएको राजा नापिने ढुङ्गा सम्म पालामको कथाभित्र समेटिएका छन् । विषेशगरी सोल्टी–सोल्टिनी वा साइनो सम्बन्ध नलाग्नेबीच हात समाएर गोलो घेरा बनाएर नाच्नु लिम्बू जातिको विषेशता हो । विवाह, शुद्धाइँ तथा विभिन्न चाडपर्व र मेलाहरुमा नाचिने यस्तो नृत्यलाई याःलाङ अर्थात् धान नाच भनिन्छ । यो नाच लिम्बू समुदायको मौलिक संस्कृतिभित्र पर्ने लोकप्रिय सभ्यता हो ।

सुखदुःखको समयमा साइनो नलाग्ने महिला र पुरुषले हातमा हात समाएर गोलाकार घेरामा घुम्दै अघि पछि सर्दै मुन्धुमको साथमा नाचिने यालाङ नाचको बेला गाइने गीत ‘पालाम’ हो । मेला, उत्सव, विवाह, भोज, बजारमा मायाप्रिती साट्दै दुःखसुख पोख्ने माध्यमको रुपमा नाचिँदै आएको धाननाच पछिल्लो समय उधौली–उभौली पर्व तथा औपचारिक कार्यक्रममा मात्रै सीमित हुन थालेको छ ।

विमोचन कार्यक्रममा किराँत धर्म तथा साहित्य उत्थान संघका जिल्ला अध्यक्ष कर्णबहादुर पालुङ्वा,किराँत याक्थुङ चुम्लुङका प्रदेश सदस्य मोति पालुङ्वा,फुङ्लिङ वडा नं ५ का वडासदस्य सुरेश सिंघक लगायतको उपस्थिति रहेको थियो । पालामको छायाँङ्कन र प्रस्तुतिबारे वडासदस्य सिंघक,पत्रकार महासंघ ताप्लेजुङका पूर्व अध्यक्ष खगेन्द्र अधिकारी,सामाजिक कार्यकर्ता अस्मिता साँवा लगायतले प्रकाश पारेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।