नारायणहिटी दरबार सङ्ग्रहालयको श्रीसदनका दुई कोठामा दस्तावेज सूचीकृत गरिँदै

काठमाडौँ, २ माघ । राष्ट्रिय अभिलेखालयले नारायणहिटी दरबार सङ्ग्रहालयको श्रीसदनका दुई कोठामा रहेका पूर्वराजा वीरेन्द्र शाहको दस्तावेज सूचीकरण सुरु गरेको छ । अभिलेखालयबाट सेवा निवृत्त दुई कर्मचारी र तीन जना बाहिरबाट करारमा नियुक्त गरी दस्तावेज सूचीकरण थालिएको हो । दस्तावेज सूचीकरणमा सङ्ग्रहालयका एक कर्मचारीको पनि सहभागिता छ । गत आर्थिक वर्षदेखि सूचीकरण सुरु गरिएको हो । अहिलेसम्म जन्मोत्सव, गद्दी आरोहण, पदक तथा विभूषणका एक हजार २७५ दस्तावेज भेटिएको अभिलेख अधिकृत रज्जु हाडाले राससलाई जानकारी दिनुभयो । श्रीसदन लामो समय पूर्वराजा वीरेन्द्रको निजी निवासका रुपमा रहेको थियो ।

उपचार, बिन्ती पत्र, भ्रमण, उत्सव, प्रतिवेदन र राजदूतावाससम्बन्धी दुई हजार २६८ दस्तावेज सूचीकरण गरिएको छ । राजनीतिक गतिविधि, स्वर्गारोहण, गुठी जग्गासम्बन्धी, भर्पाइ, रसिदलगायत दस्तावेज एक हजार ३०३ फेला परेको छ । कर्मचारीको दरबन्दी, राजीनामा, नियुक्ति, व्यक्तिगत विवरण र बैंक स्टेटमेन्टका एक हजार ८८७ दस्तावेज सूचीकृत गरिएको छ । दुई कोठाका दस्तावेज अभिलेखीकरण गर्ने क्रममा नेपाली भाषाका ६५६ र अङ्ग्रेजी भाषाका ८६५ पुस्तक फेला परेका छन् । पुस्तक र दस्तावेजलाई चार भागमा विभाजन गरी सूचीकरण गर्ने काम जारी छ । अभिलेखीकरण सकिएपछि नारायणहिटीमै सुरक्षित राखिने वा अभिलेखालयमा ल्याएर संरक्षण गरिने भन्ने विषयमा छलफल भइरहेको अभिलेख अधिकृत हाडाले बताउनुभयो ।

यो पनि पढ्नुहोस..उर्लाबारी । मोरङ उर्लाबारीका चर्चित युवा व्यवसायी नुतन राई दुवईमा सम्मानित हुने भएका छन्। व्यवसायमा कुशलताका साथैं सफल उद्यमी भएको भन्दै राई सम्मानित हुने भएका हुन् । जसका लागि व्यवसायी राई आज दुवई जाँदैछन्। उनलाई तिरसा नेपालले माघ ३ गते भब्य सम्मान गर्दैछ।२०६४ सालमा एसएलसी उत्तीर्ण गरेपछि भोजपुरको सानोदुम्बाबाट उच्च शिक्षा अध्ययनका लागि १६ वर्षे किशोर नुतन राई तराई झरे। सम्भावनाको खोजिमा तराई झरेका नुतनका थुप्रै आफन्त थिए। कोही कसैको भर खोजेनन्,उनले। आफन्तसँग हार गुहार गर्दा उनको दैनिकी सरल बन्थ्यो। गोजीमा दुई चार पैसा जम्मा हुन्थ्यो। तर, उनले तराईको गर्मीमा एक्लै संघर्ष गरेर स्थापित हुने सपना देखे।

उर्लाबारीमा केही काम गर्ने अनि डेरा बसेर कलेज पढ्ने सपना थियो नुतनको। कलेजमा भर्ना भएपनि उनलाई आर्थिक समस्याले दुख दिनथाल्यो। त्यसपछि नुतन मङ्गलबारेको आइडियल मेमोरियल बोर्डिङ स्कुल पढाउँदै कलेज पढ्न थाले। बोर्डिङको जागिर, थोरै आम्दानी घरभाडा,खानानास्ता, कलेज शुल्क , बाँच्नै गाह्रो। पहाडमा पनि उति राम्रो आर्थिक ब्यवस्था थिएन। त्यसैले घरसँग कहिल्यै पैसाको अपेक्षा गरेनन ,उनले।ओठ माथि भरखर जुँघाको रेखी बस्दै गरेको एउटा किशोर। जातले हो भने बेलैमा लाहुर जानुपर्ने। एसएलसी पास हुना साथ आफन्तले लाहुर लाग्न पनि सुझाए थिए। लाहुर नलागे बैदेशिक रोजगारमा जान आग्रह गरे। तर, नुतनले नेपालमै सम्भावनाको खोजिगर्न छोड्नु भएन। उर्लाबारीको बसाईमा धेरै बाधा उल्झन भएपछि उहाँ नयाँ सम्भावनाको खोजिमा काठमाडौं हानिए।

काठमाडौंमा पनि आफन्त कोही थिएनन्। जागिरका लागि न प्रमाणपत्र थिए। न कुनै तालिम नै लिएको थियो। सबैभन्दा छिट्टो पाइने काम थियो , होटलमा भाडा माझ्ने। उनले बालाजुको एउटा होटलमा भाँडा माझ्न थाले। झण्डै २ वर्ष काम गरेपछि उनी पुनः उर्लाबारी फर्किएर छापाखानामा काम गर्न थाले।छापाखाना र ट्राभल्स कम्पनीमा दिन र रात गरेर १८ घण्टा काम गर्दा नुतनले ३ वर्षको अवधिमा ७६ हजार रुपियाँ बचत गरे। त्यसपछि उनलाई बिदेश गएर धेरै पैसा कमाउने भूत चढ्यो। बिदेश जान सन् २०११ मा राहदानी बनाए।

राहदानी बनाए पनि नुतन बिदेश गएनन्। जहाँ काम गरेका थिए ,त्यही ट्राभल्स कम्पनीका सञ्चालकले कम्पनी बिक्री गर्ने भए। ब्यापारमा सम्भावना देखिरहेका नुतनले स्वदेश मै जोखिम मोल्ने निर्णय गरे। हातमा राहदानी बोकेर उनी पिके ट्राभल्स नामको कम्पनी खरिद गर्ने निर्णयमा पुगे। २०६८ सालमा चारु सुनचाँदी पसलबाट पैसा ब्याजमा लिएर उनले ट्राभल्स कम्पनी सञ्चालन गर्न थाले।एक दशकको बीचमा नुतन राईको कम्पनी पिके ट्राभल्स एण्ड टुर कम्पनी प्रालिमा रुपान्तरण भइसकेको छ। आफ्नै नीजि घरमा श्रीमती र दुईवटा छोरासँगै बस्दै आएका राई संघर्षले जन्माएका ब्यवसायी हुन्।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖