पार्टीमा कुनै असहजता छैन–केन्द्रीय सदस्य गच्छदार

विराटनगर, २ माघ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले भर्खरै सम्पन्न नेपाली कांग्रेसको १४औँ महाधिवेशनपछि पार्टीमा कुनै असहजता नरहेको बताउनुभएको छ ।विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरागर्दै उहाँले पार्टी सभापति शेरबहादुर देउवाले पहिलो चरणमा केन्द्रीय समितिमा केहीलाई मनोनित गरिसक्नुभएको प्रसङ्ग उल्लेख गर्नुभयो । उहाँले अधिवेशनको दौरानमा पार्टीका कार्यकर्ताबीचमा देखिने दूरी स्वभाविक भएको र यो विस्तारै कम हुँदै जाने विश्वास व्यक्त गर्नुभयो ।पार्टीमा स्थानीय तहदेखि केन्द्रसम्म स्वस्थ प्रतिस्पर्धा भएकोले केही उतार चढाव हुनु स्वभाविक हो भन्दै यसलाई आफूले पनि स्वाभाविक रुपमा लिएको स्पष्ट गर्नुभयो ।
उहाँले आगामी निर्वाचनमा पार्टी एकढिक्का भएर लाग्नुपर्ने धारणा पनि राख्नुभयो । उहाँले तीनै तहको निर्वाचन एकै पटक वा अलगअलग गर्ने भन्ने विषयमा निर्वाचन आयोगले तयारी गरिरहेको पनि बताउनुभयो । अधिवेशनका दौरानमा देखिएका नकारात्मक कुरालाई विर्सेर नेतृत्व पङ्क्ति एवं आम कार्यकता र नेताहरु आगामी दिनमा एक ढिक्का भइ अघि बढ्नुपर्ने उहाँको सुझाव थियो ।

यो पनि पढ्नुहोस..उर्लाबारी । मोरङ उर्लाबारीका चर्चित युवा व्यवसायी नुतन राई दुवईमा सम्मानित हुने भएका छन्। व्यवसायमा कुशलताका साथैं सफल उद्यमी भएको भन्दै राई सम्मानित हुने भएका हुन् । जसका लागि व्यवसायी राई आज दुवई जाँदैछन्। उनलाई तिरसा नेपालले माघ ३ गते भब्य सम्मान गर्दैछ।२०६४ सालमा एसएलसी उत्तीर्ण गरेपछि भोजपुरको सानोदुम्बाबाट उच्च शिक्षा अध्ययनका लागि १६ वर्षे किशोर नुतन राई तराई झरे। सम्भावनाको खोजिमा तराई झरेका नुतनका थुप्रै आफन्त थिए। कोही कसैको भर खोजेनन्,उनले। आफन्तसँग हार गुहार गर्दा उनको दैनिकी सरल बन्थ्यो। गोजीमा दुई चार पैसा जम्मा हुन्थ्यो। तर, उनले तराईको गर्मीमा एक्लै संघर्ष गरेर स्थापित हुने सपना देखे।

उर्लाबारीमा केही काम गर्ने अनि डेरा बसेर कलेज पढ्ने सपना थियो नुतनको। कलेजमा भर्ना भएपनि उनलाई आर्थिक समस्याले दुख दिनथाल्यो। त्यसपछि नुतन मङ्गलबारेको आइडियल मेमोरियल बोर्डिङ स्कुल पढाउँदै कलेज पढ्न थाले। बोर्डिङको जागिर, थोरै आम्दानी घरभाडा,खानानास्ता, कलेज शुल्क , बाँच्नै गाह्रो। पहाडमा पनि उति राम्रो आर्थिक ब्यवस्था थिएन। त्यसैले घरसँग कहिल्यै पैसाको अपेक्षा गरेनन ,उनले।ओठ माथि भरखर जुँघाको रेखी बस्दै गरेको एउटा किशोर। जातले हो भने बेलैमा लाहुर जानुपर्ने। एसएलसी पास हुना साथ आफन्तले लाहुर लाग्न पनि सुझाए थिए। लाहुर नलागे बैदेशिक रोजगारमा जान आग्रह गरे। तर, नुतनले नेपालमै सम्भावनाको खोजिगर्न छोड्नु भएन। उर्लाबारीको बसाईमा धेरै बाधा उल्झन भएपछि उहाँ नयाँ सम्भावनाको खोजिमा काठमाडौं हानिए।

काठमाडौंमा पनि आफन्त कोही थिएनन्। जागिरका लागि न प्रमाणपत्र थिए। न कुनै तालिम नै लिएको थियो। सबैभन्दा छिट्टो पाइने काम थियो , होटलमा भाडा माझ्ने। उनले बालाजुको एउटा होटलमा भाँडा माझ्न थाले। झण्डै २ वर्ष काम गरेपछि उनी पुनः उर्लाबारी फर्किएर छापाखानामा काम गर्न थाले।छापाखाना र ट्राभल्स कम्पनीमा दिन र रात गरेर १८ घण्टा काम गर्दा नुतनले ३ वर्षको अवधिमा ७६ हजार रुपियाँ बचत गरे। त्यसपछि उनलाई बिदेश गएर धेरै पैसा कमाउने भूत चढ्यो। बिदेश जान सन् २०११ मा राहदानी बनाए।

राहदानी बनाए पनि नुतन बिदेश गएनन्। जहाँ काम गरेका थिए ,त्यही ट्राभल्स कम्पनीका सञ्चालकले कम्पनी बिक्री गर्ने भए। ब्यापारमा सम्भावना देखिरहेका नुतनले स्वदेश मै जोखिम मोल्ने निर्णय गरे। हातमा राहदानी बोकेर उनी पिके ट्राभल्स नामको कम्पनी खरिद गर्ने निर्णयमा पुगे। २०६८ सालमा चारु सुनचाँदी पसलबाट पैसा ब्याजमा लिएर उनले ट्राभल्स कम्पनी सञ्चालन गर्न थाले।एक दशकको बीचमा नुतन राईको कम्पनी पिके ट्राभल्स एण्ड टुर कम्पनी प्रालिमा रुपान्तरण भइसकेको छ। आफ्नै नीजि घरमा श्रीमती र दुईवटा छोरासँगै बस्दै आएका राई संघर्षले जन्माएका ब्यवसायी हुन्।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।