बाेलेराेले ठ’क्कर दिँदा दुईजना ग’म्भीर घा’इते

ओखलढुंगा, २ माघ /धारामा कपडा धाेइरहेका दुईजनालाई बाेलेराेले ठ’क्कर दिँदा दुईजना ग’म्भीर घा’इते भएका छन् । सिद्धचरण नगरपालिका-२ निशंखेस्थित धारामा कपडा धाेइरहेका चण्डिका फुयाँल र रूपा दाहाललाई सडकमा गुडिरहेकाे बाेलेराे ब्रेक फेल भएर ठ’क्कर दिएकाे थियाे ।

ना१ज ४९५१ नम्बरकाे नाैजना यात्रु बाेकेकाे बाेलेराे ब्रेक फेल भएर अनियन्त्रत हुँदा धारामा कपडा धुने ब्यक्तिलाई ठ’क्कर दिन पुगेकाे जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक उद्धव पाेखरेलले जानकारी दिए । उनका अनुसार अन्य यात्रुलाई भने सामान्य चाे’ट लागेकाे छ । ग’म्भीर घा’इते दुईजनालाई उपचारका लागि सामुदायिक अस्पताल मिसन पठाइएकाे छ । चालक तथा सवारी नियन्त्रणमा लिएर अनुसन्धान थालिएकाे प्रहरीले जनाएकाे छ ।

सरकारी सेवा लिन खोप लगाएको कार्ड अनिवार्य
गलेश्वर, २ माघ (रासस) : म्याग्दीका सरकारी कार्यालयबाट सेवा लिन र होटलमा बस्न कोरोनाविरुद्धको खोप लगाएको कार्ड अनिवार्य देखाउनुपर्ने भएको छ ।

जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैठकले सरकारी सेवा लिन र होटल प्रवेश गर्दा अनिवार्य कोरोनाविरुद्धको खोप लगाएको कार्ड देखाउनुपर्ने निर्णय गरेको हो । यो निर्णय सरकारी तथा गैरसरकारी सङ्घसङ्स्थमा समेत कडाइका साथ लागू गरिने भएको छ । जिल्लाभित्र तथा बाहिरबाट आउने सेवाग्राहीलाई कोरोनाविरुद्धको खोप कार्ड साथमा वा मोबाइमा भए पनि देखाएर मात्रै सेवा लिन निर्देशन दिइएको छ ।

प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले अनुगमनका क्रममा निर्णयको पालना नगरेको पाइएमा कानूनअनुसार कारवाही गरिने बताउनुभयो । जिल्लामा कोरोना सङ्क्रमण बढेसँगै कडाइ गरिएको हो । सदरमुकाम बेनीस्थित होटल तथा रेष्टुराँलाई निर्णय पालना गर्न सार्वजनिक रुपमा अपिल गरिएको छ । स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्सालले बेनी सबैभन्दा जोखिममा रहेकाले स्वास्थ्य मापदण्डको पालना गरी सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो । हाल जिल्लामा कोरोनाका सक्रिय सङ्क्रमति ३२ रहेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।