मोरङमा श्रीमति कु’टपि’ट गरी ह’त्या गरेको आरोपमा श्रीमान पक्राउ

मोरङ, माघ २ । मोरङको पथरी शनिश्चरे नगरपालिका-२ का ३३ बर्षीय जय शर्मालाई श्रीमति कु’ट’पिट गरी ह त्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

गत पौष ३० गते शर्माको कु’टाईबाट घा’इते भएकी १९ बर्षीया श्रीमती पुजा बि.क.लाई उपचारको लागि नोवेल अस्पताल बिराटनगर लगिएकोमा निजको अस्पतालमा उपचार हुन नसकि घर लाने क्रममा बाटोमै मृ त्यु भएको थियो । उक्त घटनामा संलग्न शर्मालाई इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

धर्मशाला निर्माणमा दोषी देखिएकालाई कारबाही गरिने
काठमाडौँ, २ माघ ९रासस० ःसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बतास समूहले सञ्चालन गर्दै आएको गौशालास्थित नेपाल भारत पशुपति मैत्री धर्मशाला निर्माणमा दोषी देखिएकालाई कारबाहीको दायरामा ल्याइने बताउनुभएको छ । आज उक्त धर्मशाला निरीक्षण गर्दै उहाँले नियम विपरीत धर्मशाला निर्माणलगयत अन्य काम गर्नेलाई कानुनी दायरामा ल्याइने प्रतिबद्धता जनाउनुभएको हो । मन्त्री आलेले भन्नुभयो,“धर्मशालाको निरीक्षण गरेको छु, भोलि समितिको प्रतिबेदन पनि पेश हुँदै छ, गलत देखिएका विषयमा कानुन बमोजिम कारबाही गरिन्छ ।”

उहाँकै निर्देशनमा पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको संयोजगत्वमा गत पुस २३ गते एक छानबिन समिति गठन गरिएको थियो । उक्त समितिले भोलि ९सोमबार० आफ्नो प्रतिवेदन पेस गर्ने तयारी गरिरहेको छ ।
निरीक्षणकै क्रममा मन्त्री आलेले धर्मशाला सेभेन स्टार होटलजस्तो भएको देखेर आफू स्तब्ध भएको सञ्चारकर्मीलाई प्रतिक्रिया दिनुभएको थियो ।त्यहाँ बाथटपदेखि जिम हलसम्म सञ्चालनका लागि आवश्यकपर्ने सामग्री राखिएका थिए।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।