सल्ले र तलुवा जोड्ने दुधकोसीमा झोलुंगे पुल शिलान्यास

खोटाङ, ३ माघ /खोटाङको हलेसी तुवाचुङ नगरपालिका-९ सल्ले र ओखलढुंगाको सिद्धिचरण नगरपालिका-१ तलुवा जोड्ने दूधकोसीमा झोलुंगे पुल शिलान्यास गरिएको छ । सल्लेको टिम्मुरे र तलुवाको पिप्ले जोड्ने १०९ मिटर लम्बाई हुने पुल हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राई र उपमेयर विमला राईले शिलान्यास गरेका हुन् ।

संघ सरकारबाट प्राप्त सशर्त अनुदान र नगरपालिकाको गरी ८५ लाख ८२ हजार (भ्याट सहित)मा झोलुङ्गे पुल निर्माण सुरु गरिएको हो । ओखलढुंगा जानआउनका लागि महादेवबेँसी पुगेर नदी तर्न बाध्य सल्लेका नागरिकलाई लक्ष्यित गर्दै टिम्मुरे र पिप्ले जोड्ने पुल निर्माण सुरु गरिएको हो । झोलुंगे पुल बनेपछि टिम्मुरे र नाल्सु (तलुवा)का स्थानीय बढी लाभान्वित हुने नगरपालिकाले जनाएको छ ।

निर्माण कम्पनी नम्बुर अनसुवी अनसुमन जेभीले आगामी असार मसान्तसम्ममा पुरा गर्नेगरी झोलुंगे पुल निर्माणको सम्झौता गरेको हो । झोलुंगे पुल निर्माणका लागि नगरपालिकाले १९ माघ २०७७ मा टेण्डर आव्हान गरेको थियो । कोभिड–१९ को कारण ढिलागरी पुलको काम अघि बढेको मेयर राईले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।