मन्त्री खतिवडा-कोरोनाविरुद्धको खोपको समस्या छैन

विराटनगर, ३ माघ: स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले कोभिड–१९ विरुद्ध खोप अभियान उच्च प्राथमिकताका साथ सञ्चालन भइरहेको जानकारी दिएका छन् । समाजवादी प्रेस सङ्गठन मोरङद्वारा आज आयोजित पत्रकार भेटघाटमा उनले खोप अभियान सात वटै प्रदेशमा तालिका बनाएर अझ प्रभावकारी रुपमा सञ्चालन गर्ने नीति सरकारको रहेको छ भने । मन्त्री खतिवडाले कोरोना विरुद्ध खोपको समस्या नरहेको जनाउँदै अहिले चार करोड डोज खोप रहेको बताए ।समग्र जनसङ्ख्याका आधारमा ४० प्रतिशत जनताले खोप लगाइसकेको जानकारी दिँदै उनले खोपका लागि अस्थायी डेस्क पनि राखिने बताए । उनले भने “बढी भीडभाड हुने सहरमा नियमित खोप सञ्चालन गर्ने सरकारको तयारी छ । हालसम्म दुई करोड ८० लाख डोज खोप लगाइसकिएको छ ।”

उनले गत पुस ४ देखि १२ वर्षमाथि र १८ वर्षमुनिका बालबालिकालाई खोप लगाउने कार्य सञ्चालन भइसकेको बताए । उनका अनुसार अहिलेसम्ममा दुई डोज खोप लगाउने नागरिकको प्रतिशत ६० पुगेको छ ।सरकार ओमिक्रोनको रोकथाम, उपचार एवं नियन्त्रण गर्नका लागि तयारी गरिसकेको जनाउँदै उनले सरकार होल्डिङ सेन्टर निर्माण गर्ने र अस्पतालमा आइसियू, भेन्टिलेटरको व्यवस्थासँगै धेरै अस्पतालमा अक्सिजन प्लान्ट स्थापना भइसकेको छ भने । कोरोनाको महामारीका समयमा नागरिकले गरेको बीमा लाभग्राहीले प्राप्त गर्न सरकार र कम्पनीसँग छलफल भइरहेको जानकारी दिए ।

यो पनि पढ्नुहोस..उर्लाबारी । मोरङ उर्लाबारीका चर्चित युवा व्यवसायी नुतन राई दुवईमा सम्मानित हुने भएका छन्। व्यवसायमा कुशलताका साथैं सफल उद्यमी भएको भन्दै राई सम्मानित हुने भएका हुन् । जसका लागि व्यवसायी राई आज दुवई जाँदैछन्। उनलाई तिरसा नेपालले माघ ३ गते भब्य सम्मान गर्दैछ।२०६४ सालमा एसएलसी उत्तीर्ण गरेपछि भोजपुरको सानोदुम्बाबाट उच्च शिक्षा अध्ययनका लागि १६ वर्षे किशोर नुतन राई तराई झरे। सम्भावनाको खोजिमा तराई झरेका नुतनका थुप्रै आफन्त थिए। कोही कसैको भर खोजेनन्,उनले। आफन्तसँग हार गुहार गर्दा उनको दैनिकी सरल बन्थ्यो। गोजीमा दुई चार पैसा जम्मा हुन्थ्यो। तर, उनले तराईको गर्मीमा एक्लै संघर्ष गरेर स्थापित हुने सपना देखे।

उर्लाबारीमा केही काम गर्ने अनि डेरा बसेर कलेज पढ्ने सपना थियो नुतनको। कलेजमा भर्ना भएपनि उनलाई आर्थिक समस्याले दुख दिनथाल्यो। त्यसपछि नुतन मङ्गलबारेको आइडियल मेमोरियल बोर्डिङ स्कुल पढाउँदै कलेज पढ्न थाले। बोर्डिङको जागिर, थोरै आम्दानी घरभाडा,खानानास्ता, कलेज शुल्क , बाँच्नै गाह्रो। पहाडमा पनि उति राम्रो आर्थिक ब्यवस्था थिएन। त्यसैले घरसँग कहिल्यै पैसाको अपेक्षा गरेनन ,उनले।ओठ माथि भरखर जुँघाको रेखी बस्दै गरेको एउटा किशोर। जातले हो भने बेलैमा लाहुर जानुपर्ने। एसएलसी पास हुना साथ आफन्तले लाहुर लाग्न पनि सुझाए थिए। लाहुर नलागे बैदेशिक रोजगारमा जान आग्रह गरे। तर, नुतनले नेपालमै सम्भावनाको खोजिगर्न छोड्नु भएन। उर्लाबारीको बसाईमा धेरै बाधा उल्झन भएपछि उहाँ नयाँ सम्भावनाको खोजिमा काठमाडौं हानिए।

काठमाडौंमा पनि आफन्त कोही थिएनन्। जागिरका लागि न प्रमाणपत्र थिए। न कुनै तालिम नै लिएको थियो। सबैभन्दा छिट्टो पाइने काम थियो , होटलमा भाडा माझ्ने। उनले बालाजुको एउटा होटलमा भाँडा माझ्न थाले। झण्डै २ वर्ष काम गरेपछि उनी पुनः उर्लाबारी फर्किएर छापाखानामा काम गर्न थाले।छापाखाना र ट्राभल्स कम्पनीमा दिन र रात गरेर १८ घण्टा काम गर्दा नुतनले ३ वर्षको अवधिमा ७६ हजार रुपियाँ बचत गरे। त्यसपछि उनलाई बिदेश गएर धेरै पैसा कमाउने भूत चढ्यो। बिदेश जान सन् २०११ मा राहदानी बनाए।

राहदानी बनाए पनि नुतन बिदेश गएनन्। जहाँ काम गरेका थिए ,त्यही ट्राभल्स कम्पनीका सञ्चालकले कम्पनी बिक्री गर्ने भए। ब्यापारमा सम्भावना देखिरहेका नुतनले स्वदेश मै जोखिम मोल्ने निर्णय गरे। हातमा राहदानी बोकेर उनी पिके ट्राभल्स नामको कम्पनी खरिद गर्ने निर्णयमा पुगे। २०६८ सालमा चारु सुनचाँदी पसलबाट पैसा ब्याजमा लिएर उनले ट्राभल्स कम्पनी सञ्चालन गर्न थाले।एक दशकको बीचमा नुतन राईको कम्पनी पिके ट्राभल्स एण्ड टुर कम्पनी प्रालिमा रुपान्तरण भइसकेको छ। आफ्नै नीजि घरमा श्रीमती र दुईवटा छोरासँगै बस्दै आएका राई संघर्षले जन्माएका ब्यवसायी हुन्।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।