गाउँमै खपत हुन्छ दूध, नबिके छूर्पी

प्रकाश पाक्साँवा/तेह्रथुम, ३ माघ । दुई दशक अघिसम्म दूध उत्पादन गरेर पनि बजारको समस्या थियो । गाउँसम्म पुग्ने कुनै सडक सञ्जाल नहुँदा किसानले उत्पादन गरेको घरमै उपयोग गर्नुको विकल्प नै थिएन ।तेह्रथुम जिल्लाको पश्चिमी क्षेत्रका किसान यी र यस्तै समस्या झेलिएका थिए । यहाँका किसानले उत्पादन गरेको दूध करिब चार घण्टा लामो बाटो बोकेर चित्र बजार सम्म पुर्‍याएर बिक्री गर्नुपर्ने बाध्यता थियो ।

तर,अहिले अवस्था फेरिएको छ । गाउँगाउँमा दूध सहकारी संस्था खुलेका छन् । सहकारीले दूध संकलन गर्ने गरेका छन ।गाउँगाउँमा सडक सञ्जालहरु जोडिएसँगै यहाँका किसानको अवस्था फेरिएको हो । सहकारीले दूध संकलन सुरु गरेपछि बिक्री गर्न समेत सहज बनेको छ ।गाउँमै दूध बिक्री हुन थालेपछि यहाँका किसान व्यावसायिक रुपमा गाईपालन गरी दूध बिक्री गर्दै आएका छन् ।

छथर गाउँपालिका-२ का झमक कटुवालले दैनिक ३० लिटर दूध बिक्री गर्दै आएका छन् । कटुवालले दूध बिक्रीबाटै वार्षिक ३ लाख ५० हजार बढी आम्दानी गर्छन् ।झमकजस्तै यामबहादुर कटुवा पनि दैनिक २५ लिटर दूध बिक्री गर्छन् । उनले वार्षिक ३ लाख आम्दानी गर्ने गरेका छन् । झमक र यामबहादुरजस्तै यहाँका किसानको मुख्य आम्दानीको स्राेत नै दूध उत्पादन बनेको छ । किसानले उत्पादन गरेको दूध गाउँमै खपत गर्ने उद्देश्यले सहकारी संस्थाले छुर्पी उद्योग सुरु गरेका छन् ।

छुर्पी उद्योग सुरु गरेसँगै किसानलाई थप टेवा पुगेको जलकन्या पशुपालन तथा कृषक सहकारी संस्थाका अध्यक्ष तथा छथर छुर्पी समूहका ब्यावस्थापक डम्बर बहादुर भट्टराईले बताए ।दूग्ध उत्पादक जिल्ला सहकारी संस्थाको तथ्यांक अनुसार जिल्लामा दैनिक १७ हजार लिटर दूध उत्पादन हुन्छ । जिल्लाको २८ वटा सहकारीमा आवद्ध किसानले दूध उत्पादन गर्दै जिल्ला सहकारी संघका अध्यक्ष बुद्धिमान खुलालले बताए ।

गत दुई वर्षको तुलनामा जिल्लामा दूध उत्पादन दोब्बरले बढेको छ । संघले जिल्लाका दूग्ध उत्पादक किसानलाई प्रोत्साहन गर्न स्थानीय, प्रदेश र संघ सरकारसँग साझेदारी गरेर अनुदानका कार्यक्रम सञ्चालन गर्दै आएको छ । १४ सय किसानले उत्पादन गर्दै आएको दूध गाउँगाउँमा स्थापना भएका छुर्पी उद्योगमा खपत हुँदै आएको छ । जिल्लाममा खपत भएर बचेको दूध मात्रै दुग्ध संस्थानमा बिक्री हुन्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖