खोटाङमा शिक्षकले नै १४ वर्षीया बालिकालाई यस्तो गरेपछि
खोटाङ, ३ माघ/बालिका ब ला त्का र अभियोगमा खोटाङमा शिक्षक पक्राउ परेका छन् । १४ वर्षीया बालिकालाई ब ला त्का र गरेर ग र्भवती बनाएको आरोपमा रावाबेँसी गाउँपालिका-२ खार्पाका ३१ वर्षीय किशोर पोखरेल पक्राउ परेका हुन् । भाषा आधारभूत विद्यालय खार्पामा कार्यरत पोखरेललाई उदयपुरको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय खोटाङलाई बुझाएको हो ।
छोरीलाई ब ला त्कार गरेको भन्दै पीडितका बुवाले गत बिहीबार उजुरी दिएको आधारमा आरोपित शिक्षकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सागर शाहले बताए । स्वास्थ्य परीक्षणका क्रममा पीडित बालिका २० हप्ताको ग र्भवती रहेको खुलेको आफन्तले बताएका छन् ।
शिक्षक पोखरेलमाथि ९ भदौयता पटक-पटक बा लिकालाई ब ला त्का र गरेको अभियोग छ । उनलाई जिल्ला अदालतबाट आइतबार सात दिनको म्याद थप गरेर हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक शाहले बताए ।
किसानले गरे सम्झौता
तनहुँ, ३ माघ (रासस) ःकृषि ज्ञान केन्द्र तनहुँले एक सय आठ लाभग्राही किसान छनोट गरेकोमा ६४ जनाले सामान खरिद गरी कार्यालयसँग सम्झौता गरेका छन् ।कार्यालयले किसानको उत्पादन लागतमा कमी गराइ उत्पादनमा वृद्धि गराउने उद्देश्यले ५० प्रतिशत अनुदानमा कृषि सामग्री उपलब्ध गराएको हो । हाते ट्र्याक्टर ६२, कुटानीपिसानी २८, ग्रास कटर चार, पावर ट्रिलर तीन, मकै छोडाउने मेसिन दुई, खाडल खन्ने यन्त्र दुईलगायतका सामग्री किसानलाई अनुदानमा प्रदान गरिएको हो ।
सुरुमा किसानसँग निवेदन माग गरी कार्यालयबाट स्थलगत अनुगमन गरेपश्चात् अनुदान मूल्याङकन तथा सिफारिस समितिको संयोजकत्वको बैठकबाठ सदर भएपछि किसानलाई सामग्री खरिद गर्न अनुमति प्रदान गरिनेछ ।
सुरुमा किसानले आफ्नो पूरै लगानीमा सामान खरिद गरेर ल्याएपछि कार्यालयले ५० प्रतिशत रकम किसानको खातामा पठाइदिने व्यवस्था रहेको छ । बाँकी रहेका अन्य किसानले पनि सामान खरिद प्रक्रियामा रही सम्झौता गर्न आउने तयारीमा रहेको कृषि प्रसार अधिकृत राजेश्वर सिलवालले जानकारी दिनुभयो ।
कृषियन्त्र तथा उपकरण कार्यक्रमको लागि रु ५६ लाख बजेट विनियोजन भएकोमा पहिलो चरणाको लागि रु ३८ लाख खर्च भई रु १८ लाख बचत भएकाले पुन ः दोस्रो चरणको १५ दिने सूचना प्रकाशित गरिएको उहाँले बताउनुभयो । दोस्रो चरणको कार्यक्रममा जोत्ने मेसिनलाई प्राथामिकतामा राखिएको छ । उहाँले भन्नुभयो,“उक्त बजेटले धानेसम्म किसानलाई आवश्यक पर्ने सामग्री उपलब्ध गराइनेछ ।”
किसानलाई अनुदानमा कृषियन्त्र तथा उपकरण कार्यक्रम अन्तर्गत कृषि सामग्री प्रदान गर्न थालेपछि व्यावसायिक तरकारी तथा फलफूलखेती तर्फ मानिसको आकर्षण बढ्न थालेको छ । जोत्ने मेसिन दिएपछि बाँझो जग्गा प्रयोगमा ल्याउने र उत्पादनमा वृद्धि गरी आत्मनिर्भर बन्न सहज हुन्छ भन्ने उद्देश्यले मेसिन प्रदान गरिएको कार्यालय प्रमुख वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारीले जानकारी दिनुभयो । जमिन जोत्न प्रयोग गरिने गोरु विस्थापित हुँदै गएको र पाइहाले पनि महँगो शुल्क अनि थोरै जग्गा जोत्ने हुँदा पछिल्लो समय हाते ट्र्याक्टर प्रभावकारी बन्दै गएको उहाँले बताउनुभयो ।


