‘सरकारी विद्यालय सुधारिएको छ’

विराटनगर, ४ माघ (रासस) :नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले नगर क्षेत्रका सबै सरकारी विद्यालयलाई सुधार गरी पठनपाठनको राम्रो वातावरण तयार भएको बताउनुभएको छ ।उहाँले कतिपय विद्यालयका पूर्वाधार जीर्ण भई शिक्षाको क्षेत्रमा नराम्रो प्रभाव परेको थियो, त्यस्ता विद्यालयलाई आफू नगरप्रमुख भइसकेपछि सुधार गरी अहिले नगर क्षेत्रको शैक्षिक क्षेत्रमा धेरै प्रगति भएकामा खुशी व्यक्त गर्नुभयो । सञ्चारकर्मीसँगको भेटघाटमा उहाँले नगर क्षेत्रमा अहिलेसम्म १५० किमी बाटोमा कालोपत्र भइसकेको छ भने प्रायः सबै वडा कार्यालयको भवन निर्माण गरी नगरपालिकाले वितरण गर्ने सेवामा लाभग्राहीलाई सहज भएको बताउनुभयो ।

विराटनगर क्षेत्रमा रहेका वीरेन्द्र सभागृहलाई अत्याधुनिक बनाउन सुरु गरिएको काममा ७० प्रतिशत प्रगति भएको बताउँदै नगरप्रमुख पराजुलीले विराटनगरको महेन्द्र चोकबाट पूर्वको बाटो र विमानस्थलमार्गलाई पनि इभिनिङ स्ट्रिट बनाई त्यसक्षेत्रका होटल, पसल एवं रेस्टुरेन्ट रातभरि सञ्चालनमा ल्याउने तयारी भएको जानकारी दिनुभयो ।

धेरै जना प्रधानमन्त्री भएको इतिहास बोकेको विराटनगरमा निकट भविष्यमै प्रधानमन्त्री उद्यान बनाउने, बजरङ्गी मन्दिर क्षेत्रलाई सौन्दर्यकरण गर्ने, पुरानो गुद्री बजारमा अत्याधुनिक व्यापारिक भवन बनाउने योजना अघि बढिसकेको जानकारी दिँदै उहाँले विराटनगर क्षेत्रमा फोहरको समस्या हुन नदिन र आम नागरिकलाई सुशासनको अनुभूति दिलाउने किसिमका काममा जोड दिएको बतानुभया ।

‘धार्मिक महत्व बोकेको विराट राजाको दरवारलाई व्यवस्थित एवं धार्मिक पर्यटकीयस्थल निर्माण गर्न प्रदेश र सङ्घीय सरकारको साथ र सहयोगबाट निर्माण गर्ने योजना अघि बढेको छ’ भन्दै प्रमुख पराजुलीले राजवंशी चोकलाई सौन्दर्यकरण गरिने र घोगाको बाटोलाई सेफजोन बनाइ विकासका योजना अघि सारेको जानकारी दिनुभयो । उहाँले रु २० लाखको योजना वडास्तरबाटै निर्माण सुरु गराउने अधिकार दिइसकेको भन्दै निकट भविष्यमै जापानी जाइका नामक संस्थाले विराटनगरमा बृहत् खानेपानीको योजना सुरु गर्ने बताउनुभयो ।

उहाँले जनप्रनिधि भएपछि हरेक पल र समय जनताकै निम्ति खर्च गरिरहेको भन्दै विराटनगरमा एक व्यवस्थित बधशाला पनि निर्माण हुने र यसबाट उपभोक्तालाई स्वस्थ्यकर मासु खान सहज हुने बताउनुभयो । प्रमुख पराजुलीले विराटनगरको विकासका निम्ति भएका कमी–कमजोरीलाई सञ्चारकर्मीले औँल्याइदिन आग्रह गर्दै आफ्नो कम समय भए पनि अत्यधिक समय नगरको विकासमै केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।